१. १० भदौ २०७६ मा नेपालमा पहिलो पटक बालविवाहमुक्त घोषणा गर्ने बुद्धभूमि नगरपालिका कुन जिल्लामा पर्छ ?
(क) कपिलवस्तु (ख) रूपन्देही
(ग) नवलपरासी पश्चिम (घ) बाँके
उत्तर: (क) कपिलवस्तु
२. ८ हजार मिटर अग्ला संसारका सबैभन्दा धेरै १४ वटा हिमाल आरोहण गर्ने क्रममा सबैभन्दा कम समय ६ महिना ६ दिनमा आरोहण गरेर विश्व कीर्तिमान बनाउने नेपाली आरोही को हुन् ?
(क) दिनेश पुर्जा मगर (ख) निर्मल पुर्जा मगर
(ग) राकेश गर्बुजा (घ) रमेश खर्बुजा
उत्तर: (ख) निर्मल पुर्जा मगर
३. संसदको राज्य व्यवस्था तथा सुशासन समितिको २८ कात्तिक २०७६ को बैठकले निजामती कर्मचारीको सेवा अवधि कति बनाउने निर्णय गरेको छ ?
(क) ५६ वर्ष (ख) ५८ वर्ष्
(ग) ६० वर्ष (घ) ६५ वर्ष
उत्तर: (ग) ६० वर्ष । समिति बैठकले हरेक ६/६ महिनामा थप गरेर ६० वर्ष पुर्याउने निर्णय गरेको ।
४. सन् २०१९ नोभेम्बर २ तारिख जापानमा रग्बी विश्वकपको उपाधि कुन देशले जित्यो ?
(क) दक्षिण अफ्रिका (ख) इङ्गल्याण्ड
(ग) न्युजिल्याण्ड (घ) स्पेन
उत्तर: (क) दक्षिण अफ्रिका ।
५. नेपालमा कति प्रतिशत नागरिकमा वित्तीय पहुँच पुगेको छ ?
(क) ५२.९ (ख) ५६.९
(ग) ६०.९ (घ) ६४.९
उत्तर: (ग) ६०.९
६. हाल नेपालमा 'क' वर्गका बैंकको संख्या कति रहेको छ ?
(क) २५ वटा (ख) २६ वटा
(ग) २७ वटा (घ) २८ वटा
उत्तर: (ग) २७ वटा
७. नेपाली कामदार शून्य लागतमा यूएई जान पाउने व्यवस्था कहिलेदेखि कार्यान्वयनमा आएको हो ?
(क)१० कात्तिक २०७६ (ख) १३ कात्तिक २०७६
(ग) १६ कात्तिक २०७६ (घ) १९ कात्तिक २०७६
उत्तर: (घ) १९ कात्तिक २०७६
८. नेपाल र अस्ट्रेलियाबीच द्विपक्षीय हवाईसेवा सम्झौतामा प्रारम्भिक हस्ताक्षर कहिले भएको हो ?
(क) १० असोज २०७६ (ख) १४ असोज २०७६
(ग) १८ असोज २०७६ (घ) २२ असोज २०७६
उत्तर: (ख) १४ असोज २०७६
९. सोलुखुम्बूका ४९ वर्षीय कामीरिता शेर्पा २४औँ पटक सगरमाथाको चुचुरोमा पुगेर कहिले विश्व कीर्तिमान बनाएका हुन् ?
(क) ५ जेठ २०७६ (ख) ७ जेठ २०७६
(ग) ९ जेठ २०७६ (घ) ११ जेठ २०७६
उत्तर: (ख) ७ जेठ २०७६
१०. नेपालमा आयोजना गरिएको १३औँ साग खेलकुदमा कतिवटा खेल समावेश गरिएको थियो ?
(क) २१ वटा (ख) २४ वटा
(ग) २७ वटा (घ) ३० वटा
उत्तर: (ग) २७ वटा
११. मन्त्रिपरिषद्ले १५औँ पञ्चवर्षीय योजनाको आधारपत्र कहिले स्वीकृत गर्यो ?
(क) १३ वैशाख २०७६ (ख) १५ वैशाख २०७६
(ग) १६ वैशाख २०७६ (घ) १९ वैशाख २०७६
उत्तर: (घ) १९ वैशाख २०७६
१२. केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको श्रमशक्ति सर्वेक्षण, २०१९ अनुसार हाल नेपालको बेरोजगारी दर कति रहेको छ ?
(क) ९.४ (ख) ११.४
(ग) १३.४ (घ) १५.४
उत्तर: (ख) ११.४ प्रतिशत
१३. २४ मे २०१९ मा समलिंगी विवाहलाई कानुनी मान्यता दिने पहिलो एसियाली राष्ट्र कुन हो ?
(क) जापान (ख) थाइल्याण्ड
(ग) ताइवान (घ) सिंगापुर
उत्तर: (ग) ताइवान
१४. नेपालमा पहिलो पटक २८ वैशाख २०७६ मा रोबोटले कार्यक्रम सञ्चालन गरेको थियो । उक्त कार्यक्रम सञ्चालन गर्ने रोबोटको नाम के राखिएको छ ?
(क) सान्नानी (ख) हीरामाया
(ग) ठूलकान्छी (घ) फूलमाया
उत्तर: (घ) फूलमाया
१५. मध्यपहाडी लोकमार्गअन्तर्गत विछ्याइने अप्टिकल फाइबर कति जिल्लामा बिस्तार गरिने भएको छ ?
(क) २६ जिल्लामा (ख) २९ जिल्लामा
(ग) ३२ जिल्लामा (घ) ३५ जिल्लामा
उत्तर: (ग) ३२ जिल्लामा (स्रोत: विभिन्न सामान्य ज्ञानका पुस्तक)