Khabarpato logo

         

राजनीति

८६ वटा दललाई निर्वाचन आयोगको स्पष्टीकरण, दर्ता खारेजसम्मको कारबाही हुन सक्ने

खबरदाता

खबरदाता

८६ वटा दललाई निर्वाचन आयोगको स्पष्टीकरण, दर्ता खारेजसम्मको कारबाही हुन सक्ने

लेखापरीक्षण प्रतिवेदन नबुझाउने ८६ वटा राजनीतिक दलहरूलाई निर्वाचन आयोगले स्पष्टीकरण माग गर्ने निर्णय गरेको छ ।

आयोगको ६-८ वैशाखको निर्णयअनुसार लगातार ३ आर्थिक वर्षसम्म आयोगमा लेखापरीक्षण प्रतिवेदन नबुझाउने ४६ वटा राजनीतिक दल र नियमित रूपमा लेखापरीक्षण प्रतिवेदन नबुझाउने ४० वटा राजनीतिक दललाई लेखापरीक्षण प्रतिवेदन नबुझाउनुको औचित्यपूर्ण र चित्तबुझ्दो कारणसहित ७ दिनभित्र स्पष्टीकरण पेस गर्न भनिएको छ । 

राजनीतिक दल सम्बन्धी ऐन, २०७३ बमोजिम आयोगमा दर्ता भएका राजनीतिक दलहरूले आफ्नो आय र व्ययको वास्तविक हिसाब किताब देखिने गरी लेखा राख्नुपर्ने, अभिलेख राख्ने प्रयोजनका लागि दलले जिम्मेवार पदाधिकारी तोकी त्यसको जानकारी आयोगलाई गराउनुपर्ने, आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र आफ्नो आय र व्ययको लेखापरीक्षण कानुनबमोजिम इजाजतप्राप्त लेखापरीक्षकबाट लेखापरीक्षण गराई १ महिनाभित्र आयोगमा पेस गर्नुपर्ने र दलले आयोगमा पेस गरेको लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गर्नुपर्ने कानुनी प्रावधानको पालना नगर्ने राजनीतिक दलहरूलाई स्पष्टीकरण सोधेको आयोगले जनाएको छ । 

लेखापरीक्षण प्रतिवेदन पेस गर्नुपर्ने समय अवधि समाप्त भएको ४५ दिनभित्र आयोगले लेखापरीक्षण प्रतिवेदन पेस नगर्ने दललाई लेखापरीक्षण प्रतिवेदन पेस नगर्नुको कारणबारे स्पष्टीकरण सोध्न सक्ने कानुनी व्यवस्था छ ।

कानुनी प्रावधान: २०-५० हजार जरिमानादेखि दर्ता खारेजसम्म

राजनीतिक दलले तोकिएबमोजिम लेखा नराखेमा, लेखापरीक्षण नगराएमा वा लेखापरीक्षण प्रतिवेदन आयोगमा नबुझाएमा वा माग गरेबमोजिम स्पष्टीकरण पेस नगरेमा २० हजार रुपैयाँसम्म जरिमाना गर्न सक्ने व्यवस्था छ । 

लगातार ३ वर्षसम्म लेखापरीक्षण प्रतिवेदन आयोगमा नबुझाउने राजनीतिक दललाई आयोगले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५४ को उपदफा (१) बमोजिम ५० हजार रुपैयाँसम्म जरिमाना गर्नुका साथै दललाई त्यस्तो काम कारबाही ६ महिनाभित्र सच्याउन आदेश दिन सक्नेछ । तर, तोकिएबमोजिमको जरिमाना नबुझाएमा वा तोकिएको अवधिभित्र कामकारबाही नसच्याएमा त्यस्तो दललाई आयोगले तत्काल हुने एक निर्वाचनमा भाग लिन नपाउने गरी आदेश दिन सक्ने व्यवस्था छ । 

ऐनबमोजिमको कसुर एक पटकभन्दा बढी गरेमा वा दिएको आदेश १ वर्षभित्र पालना नगरेमा वा तोकिएको जरिमाना नबुझाएमा आयोगले त्यस्तो दलको दर्ता खारेज गर्न सक्नेसमेत व्यवस्था छ ।

यसरी लेखापरीक्षण प्रतिवेदन नबुझाउनेमा ऋषि कट्टेलको नेपाल कम्युनिस्ट पार्टी, गोपाल किरातीको नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रसमेत छन् ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएको प्रक्रिया असंवैधानिक रहेको भन्दै ने…

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्च अदालतले कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरेको छ । स…

PM Prachanda bats for collective efforts to end ill-practices

PM Prachanda bats for collective efforts to end ill-practices

Prime Minister Pushpa Kamal Dahal 'Prachanda' has said that his governm…

Dr.  Rana complains of media trial in fake Bhutanese refugees scam

Dr. Rana complains of media trial in fake Bhutanese refugees scam

Nepali Congress leader and member of the House of Representatives, Dr Arzu Rana…