Khabarpato logo

         

राजनीति

माधव खेमाका सांसदको स्पष्टीकरण: कसले कस्तो दिए जबाफ ?

खबरदाता

खबरदाता

माधव खेमाका सांसदको स्पष्टीकरण: कसले कस्तो दिए जबाफ ?

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)भित्रको सबाल-जबाफको क्रम जारी छ । अध्यक्ष केपी शर्मा ओलीले असन्तुष्ट माधव नेपाल खेमाका नेताहरूलाई स्पष्टीकरण सोधिरहने र नेपाल खेमाका नेताहरूले प्रतिकारपूर्ण स्पष्टीकरण दिइरहने सिलसिला पनि रोकिएको छैन ।

यसैबीच ओलीले स्पष्टीकरण सोधेका २७ मध्ये ५ जना सांसदले अध्यक्ष ओली नै पार्टी विभाजनका लागि सक्रिय रहेका र पार्टीभित्र अवैधानिक कामकारबाही गरिरहेका जबाफ दिएका छन् ।

बिहीबार पार्टीले सोधेको स्पष्टीकरणको जबाफ फर्काउँदै घनश्याम भुसालले भनेका छन्, ‘पार्टीमा देखा परेका विभाजनको खतरालाई टार्न अध्यक्ष र संसदीय दलको नेताको हिसाबले तपाईंले खेल्नुपर्ने भूमिका महत्त्वपूर्ण छ ।' पार्टीलाई विभाजनबाट रोक्न प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई महत्त्वपूर्ण भूमिका खेल्न आग्रह पनि गरेका छन् भुसालले ।

नेकपा एमालेका नेता झलनाथ खनालले पनि कार्यकर्तामाथि कारबाहीको डण्डा देखाइनु 'विनाशकाले विपरीत बुद्धि' भएको बताएका छन् ।

आफूले पार्टी एकताको रक्षाका लागि राष्ट्रपति विद्यादेवी भण्डारीमार्फत पठाएको एकता प्रस्तावलाई ओलीले नै बेवास्ता गरेको भन्दै स्पष्टीकरणपत्रमा खनालले भनेका छन्,
'तर, विनाशकाले विपरीत बुद्धि भनेजस्तै तपाईं पार्टीका नेता र कार्यकर्ताहरूलाई कथित् अनुशासनका कारबाही गर्दै पार्टी विभाजन र विसर्जनतिर लागिरहेको देख्दा मलाई अत्यन्त दुःख लागेको छ ।'

खनालले कुनै पनि बेला पार्टीको एकता स्वेच्छा प्रकट गरेर वा टाउको जोडेर मात्र नहुने पनि उल्लेख गरेका छन् । पार्टीको एकता सही, वैचारिक र राजनीतिक कार्यादिशामा, सिद्धान्त र लक्ष्यका आधारमा हुने उनको जिकिर छ ।

ओली नै पार्टी एकताको विपक्षमा रहेको भन्दै उनले पार्टी एकतामा प्रतिबद्ध हुन आग्रह गरेका छन् ।

यसरी नै नेता सुरेन्द्र पाण्डेले प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणको जबाफमा अध्यक्ष ओलीले चालेका पछिल्ला कदमहरू पार्टीको विधानविपरीत भएको आरोप लगाएका छन् ।

'अध्यक्ष कमरेड केपी ओलीले हाल चालिरहेका कदमहरू पार्टी विधानविपरीत त छन् नै, सोभन्दा पनि बढी नेपालको कम्युनिस्ट आन्दोलन नै समाप्त पार्ने प्रकृतिका भएकाले यो सबै प्रक्रिया अविलम्ब रोकी पार्टीलाई एकताबद्ध गर्न आवश्यक पहल गर्नसमेत आह्वान गर्न चाहन्छु', पाण्डेको स्पष्टीकरणपत्रमा भनिएको छ, 'अन्यथा यसले निम्त्याउने दुष्परिणामको भागीदार पार्टी अध्यक्ष नै हुनुपर्नेछ ।’

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएको प्रक्रिया असंवैधानिक रहेको भन्दै ने…

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्च अदालतले कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरेको छ । स…

PM Prachanda bats for collective efforts to end ill-practices

PM Prachanda bats for collective efforts to end ill-practices

Prime Minister Pushpa Kamal Dahal 'Prachanda' has said that his governm…

Dr.  Rana complains of media trial in fake Bhutanese refugees scam

Dr. Rana complains of media trial in fake Bhutanese refugees scam

Nepali Congress leader and member of the House of Representatives, Dr Arzu Rana…