Khabarpato logo

         

खेलकुद

आईपीएल: राजस्थानमाथि बेङ्लोरको १० विकेटको जीत

खबरदाता

खबरदाता

आईपीएल: राजस्थानमाथि बेङ्लोरको १० विकेटको जीत

रोयल च्यालेन्जर्स बेङ्लोरले इन्डियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्सलाई १० विकेटले पराजित गरेको छ ।

ओपनरद्वय देवदत्त पाडिक्कल र कप्तान विराट कोहलीले अविजित शतकीय साझेदारी गरेपछि बेङ्लोरले १७८ रनको लक्ष्य १६.३ ओभर खेल्दै बिनाक्षति १८१ रन बनाएर जीत हात पारेको हो ।

पाडिक्कलले ५२ बल खेल्दै ११ चौका र ६ छक्का मद्धतमा अविजित १०२ रन बनाए । आईपीएलमा उनको यो पहिलो शतक हो ।

यस्तै, कोहलीले ४७ बल खेल्दै ६ चौका र ३ छक्का मद्धतमा अविजित ७२ रन जोडे ।

त्यसअघि मुम्बईस्थित वाङखडे स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १७७ रन बनाएको थियो । राजस्थानका लागि शिभम दुबेले सर्वाधिक ४६ रन बनाए । राहुल तेवाटियाले ४० रन जोडे । रियान परागे २५ र कप्तान सन्जु सामसनले २१ रन बनाए ।

बलिङमा बेङ्लोरका मोहम्मद सिराज र हर्सल पटेलले ३-३ विकेट लिए । केल जेमिसन, केन रिचर्डसन र वासिङ्टन सुन्दरले समान १ विकेट लिए ।

लगातार चौथो जीतपछि ८ अंक जोडेको बेङ्लोर फेरि शीर्ष स्थानमा उक्लेको छ । यस सिजन बेङ्लोर अपराजित एक्लो टोली हो । 

४ खेल खेल्दा तेस्रो हार बेहोरेको राजस्थान २ अंकसहित तालिकाको पुछारमा झरेको छ ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

एसिया कप आजदेखि, कस-कसबीच हुनेछ खेल?

एसिया कप आजदेखि, कस-कसबीच हुनेछ खेल?

एसिया कपको १६औँ संस्करण आज (बुधबार)देखि सुरु हुँदै छ । पाकिस्तानको मुल्तानमा अपराह्…

Taplejung Gold Cup football tournament from Thursday

Taplejung Gold Cup football tournament from Thursday

The Taplejung Gold Cup Football Tournament is to begin from August 31 (Thursday…

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

घरेलु टोली पाकिस्तानले एसिया कप २०२३ को उद्घाटन खेलमा नेपालविरुद्ध खेल्ने पहिलो रोज…

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

म्यानचेस्टर सिटीका फरवार्ड एर्लिङ हालान्डले पीएफए वर्ष खेलाडीको अवार्ड प्राप्त गरेका छन् …