Khabarpato logo

         

राजनीति

एमाले बैठक आज: के गर्ला माधव खेमाका सांसदको स्पष्टीकरणबारे ?

खबरदाता

खबरदाता

एमाले बैठक आज: के गर्ला माधव खेमाका सांसदको स्पष्टीकरणबारे ?

नेपाल कम्युनिस्ट पार्टी (एमाले)को विवाद र मतभेद जारी रहेकै बेला आज महाधिवेशन आयोजक समितिको बैठक बस्दै छ । आज विहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको हो । 

संस्थापन अध्यक्ष केपी शर्मा ओली खेमाले असन्तुष्ट माधव नेपाल खेमाका नेतालाई स्पष्टीकरण सोध्ने र माधव खेमा समानान्तर गतिविधि गरिरहने 'खेल' खेलिरहेका छन् । नेपाल खेमाका नेतालाई कारबाही गरेर ओलीले केही समयअघि आफ्नो खेमाका नेताको मात्र केन्द्रीय कमिटीलाई महाधिवेशन आयोजक कमिटीमा परिणत गरेका थिए ।

आजको बैठक ६ वैशाखकै बैठकको निरन्तरता हो । ६ गतेको बैठकले माधव नेपाल पक्षका २७ जना संघीय सांसद र कर्णाली प्रदेशसभाका ५ जना सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । सोहीअनुसार उनीहरूमाथि स्पष्टीकरण पनि सोधिइसकेको छ । केहीले ओलीको प्रतिकारसहित कडा प्रश्न गर्दै जबाफ दिइसकेका छन् ।

आजको बैठकमा सोही स्पष्टीकरणका बारेमा पनि छलफल हुने बताइएको छ । बैठकले स्पष्टीकरण सोधिएका नेताहरूका जबाफबारे कस्तो निर्णय लिनेछ भनेर आमचासो बनेको छ ।

स्पष्टीकरण सोधिएपछि अध्यक्ष ओली र माधव नेपालबीच बुधबार र बिहीबार २ पटक भेट वार्ता भसकेका छन् । तर, उक्त भेट वार्ता चिया-चमेना गर्ने र धरहरा हेर्नेभन्दा बढी उपलब्धिमूलक हुन नसकेको माधव खेमाले बताउँदै आएको छ ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएको प्रक्रिया असंवैधानिक रहेको भन्दै ने…

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्च अदालतले कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरेको छ । स…

PM Prachanda bats for collective efforts to end ill-practices

PM Prachanda bats for collective efforts to end ill-practices

Prime Minister Pushpa Kamal Dahal 'Prachanda' has said that his governm…

Dr.  Rana complains of media trial in fake Bhutanese refugees scam

Dr. Rana complains of media trial in fake Bhutanese refugees scam

Nepali Congress leader and member of the House of Representatives, Dr Arzu Rana…