Khabarpato logo

         

राजनीति

एमाले बैठक: ओलीको जोड निर्वाचनमै

खबरदाता

खबरदाता

एमाले बैठक: ओलीको जोड निर्वाचनमै


नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा वैकल्पिक सरकार गठनको संभावना नदेखिएको भन्दै आफ्ना नेता, कार्यकर्तालाई निर्वाचनका लागि तयार रहन भनेका छन् ।

आज सुरु भएको महाधिवेशन आयोजक कमिटीको बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै एमाले अध्यक्षसमेत रहेका प्रधानमन्‍त्री ओलीले मुलुक ताजा जनादेश अर्थात् निर्वाचनतर्फ उन्मुख भएको बताएका हुन् ।

प्रतिनिधिसभाले सरकारलाई काम गर्ने वातावरण नदिएकाले र वैकल्पिक सरकारसमेत निर्माण गर्न नसक्ने गरी अकर्मण्यतामा फसेकाले मुलुक त्यसतर्फ अघि बढेको ओलीको बुझाइ छ । सत्ता टिकाउन आफूले अलोकतान्त्रिक र असंवैधानिक गतिविधि नगर्ने पनि उनले उल्लेख गरेका छन् ।

प्रतिनिधिसभा विघटन गर्ने विगतको आफ्नो निर्णयको बचाउ गर्दै ओलीले त्यसको औचित्य समय क्रममा थप पुष्टि हुँदै आएको दाबी गरेका छन् । 'यति हुँदाहुँदै पनि, हाम्रो पार्टी सविधानको सर्वोच्चता, विधिको शासन, शक्ति पृथकीकरणको सिद्धान्त एवं स्वतन्त्र न्यायपालिकामा विश्वास गर्ने पार्टी हुनाले आफ्ना कतिपय पृथक विश्लेषण र तर्क हुँदाहुँदै पनि अदालतको उक्त फैसलालाई कार्यान्वयन गर्ने निर्णय गरेको छ’, प्रतिवेदनमा भनिएको छ ।

प्रतिवेदनमा अध्यक्ष ओलीले नेता माधव नेपालप्रति आक्रोश व्यक्त गरेका छन् । पार्टी नेतृत्वलाई कमजोर बनाएर प्रचण्डको अस्वाभाविक महत्त्वाकांक्षालाई मलजल नेता नेपालले गरेको उनको आरोप छ ।

सही विचार, सही धार र नेतृत्वलाई समाप्त पार्ने योजनाअनुरूप प्रतिक्रियावादी शक्तिहरूसँगको साँठगाँठमा रहेका नेताहरूलाई कारबाही गर्दै आएको प्रतिवदनमा उल्लेख गरेका छन् ।

केही नेताहरूका निहित स्वार्थ, गुटगत क्रियाकलाप र विभाजनकारी गतिविधिका कारण पार्टी मात्र नभई देश नै संकटमा फसेको उनले बताएका छन् ।

२०७८ मंसिरमा पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनको निर्णय भएको भन्दै समयमै पार्टी सदस्यता नवीकरण, र टोल र प्रारम्भिक कमिटीदेखि नै अधिवेशन सम्पन्न गर्दै पार्टीलाई नयाँ जिम्मेवारीका साथ अघि बढाउने योजना ओलीले अघि सारेका छन् । 

प्रारम्भिक कार्यतालिकाअनुसार ५ भदौ २०७८ मा  वडा अधिवेशन, १५ भदौमा पालिका अधिवेशन, ३० भदौमा जिल्ला अधिवेशन, २३ असोजमा २३ अधिवेशन गर्ने तय भएको छ ।

आजको बैठकमा माधव नेपाल खेमाका सांसदहरूले दिएको स्पष्टीकरणबारे पनि छलफल र निर्णय हुने बताइएको छ ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएको प्रक्रिया असंवैधानिक रहेको भन्दै ने…

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्च अदालतले कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरेको छ । स…

PM Prachanda bats for collective efforts to end ill-practices

PM Prachanda bats for collective efforts to end ill-practices

Prime Minister Pushpa Kamal Dahal 'Prachanda' has said that his governm…

Dr.  Rana complains of media trial in fake Bhutanese refugees scam

Dr. Rana complains of media trial in fake Bhutanese refugees scam

Nepali Congress leader and member of the House of Representatives, Dr Arzu Rana…