Khabarpato logo

         

फिचर/स्थानीय विकास

ओलीले विश्वास नगरेका माधव खेमाका यी ९८ नेता

खबरदाता

खबरदाता

ओलीले विश्वास नगरेका माधव खेमाका यी ९८ नेता

फाइल फोटो

नेपाल कम्युनिस्ट पार्टी (एमाले) आन्तरिक किचलो र लफडासँगै दशौँ महाधिवेशनको तयारीमा लागेको छ । अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीलाई महाधिवेशन आयोजक कमिटीमा रूपान्तर गरिसकेका छन् ।

यो कमिटीको पनि आजसमेत २ पटक बैठक बसिसकेको छ । आजको बैठकले केन्द्रीय नेताहरूको कार्यविभाजन गरेको छ । 

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको महाधिवेशन आयोजक समितिको बैठकले असन्तुष्ट माधव नेपाल खेमाका नेताहरूलाई कुनै जिम्मेवारी नदिई अध्यक्ष केपी शर्मा ओली खेमाका नेतालाई मात्र जिम्मेवारी तोकेर कार्यविभाजन गरेको हो ।

ओली खेमाले नेपाल खेमाका नेतालाई पार्टी हित र विधानविपरीत कामकारबाही गरिरहेको भन्दै स्पष्टीकरण सोध्ने र कारबाही गर्ने क्रम जारी राखेको छ ।

आजको बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई स्कुल विभागको जिम्मेवारी दिएको छ भने महासचिव ईश्वर पोख्रेललाई कार्यालय प्रमुख र उपत्यका विशेष कमिटीको इञ्चार्ज बनाइएको छ ।

यस्तै, अग्निप्रसाद खरेललाई निर्वाचन विभाग प्रमुखको जिम्मेवारी दिइएको छ भने गणेशसिंह ठगुन्नालाई सामान्य प्रशासन विभाग प्रमुख र सुदूरपश्चिम प्रदेशको सहइञ्चार्जको जिम्मेवारी दिइएको छ ।

यस्तै, केशवप्रसाद बडाललाई सल्लाहकार परिषद् अध्यक्षको जिम्मेवारी दिइएको छ । 

बैठकले युवा संघको इञ्चार्जको जिम्मेवारी महेश बस्नेतलाई, अनेरास्ववियुको इञ्चार्ज खिमलाल भट्टराई,  प्रेस चौतारीको इञ्चार्ज सूर्य थापा र मजदुर इञ्चार्जको जिम्मेवारी विनोद श्रेष्ठलाई दिने निर्णय पनि गरेको छ ।

तर, माधव नेपाल खेमाका कुनै पनि नेतालाई कुनै पनि जिम्मेवारी नदिई 'सदस्य'का रूपमा मात्र राखिएको छ । माधव खेमाका सबै नेतालाई जिम्मेवारीविहीन बनाइएको छ ।

जिम्मेवारीविहीन बनाइएका नेतामा माधव नेपाल, भीम रावल, घनश्याम भुसाल, वामदेव गौतमलगायत ९८ जना छन् ।

माधव खेमाका भनेर चिनिएका अमृत बोहोरा, अरुण नेपाल, अष्टलक्ष्मी शाक्य, कमलजंग राई दनुवार, कल्याणीकुमारी खड्का, केदारप्रसाद न्यौपाने, कृष्णप्रसाद शर्मा खनाल, खगेन्द्र चुडाल, गणेशकुमारी पहाडी, गंगालाल तुलाधर, गरिमा शाह, गोकर्ण बिष्ट, गौरा प्रसाईं कोइराला, घनश्याम भुसाल, घनेन्द्र बस्नेत, चन्द्र शाही, चूडामणि जंगली, जगन्नाथ खतिवडा, जयन्ती राई, जीवननाथ घिमिरे, जीवनराम श्रेष्ठ, झपट रावल, झलनाथ खनाल, टंकप्रसाद कार्की, ठाकुरप्रसाद गैरे, तुलबहादुर गुरुङ, दिनेशकुमार राई, दिलकुमारी पन्तलाई सदस्य मात्र भनिएको छ ।

यसरी नै डा. देउमान सम्बाहाम्फे, देवशंकर पौडेल, धर्मनाथप्रसाद साह, धर्मराज निरौला, नरेश खरेल, नागेन्द्रप्रसाद चौधरी, निरज आचार्य, नीरादेवी जैरु, परशुराम मेघी गुरुङ, पशुपति चौलागाईं, प्रकाश ज्वाला, प्रकाशबहादुर शाह, प्रतापलाल श्रेष्ठ, प्रदीप नेपाल, प्रेमलकुमार खनाल, प्रेमेशकुमार हमाल, बलदेव चौधरी, बलराम बाँस्कोटा, वसन्त मानन्धर, वेदुराम भुसाल, भागवत विश्वासी नेपाली, भानुभक्त जोशी, भास्कर काफ्ले, भीम आचार्य, भीम रावल, ममता गिरी, महमद महफुज अन्सारी, महेश रेग्मी, माधव नेपाल, माधवप्रसाद अर्याल, मुकुन्द न्यौपाने, मेटमणि चौधरी, यदुवंश झा, यज्ञराज सुनुवारलाई पनि कुनै जिम्मेवारी तोकिएको छैन ।

योगेश भट्टराई, युवराज ज्ञवाली, रघुजी पन्त, रचना खड्का, रत्नेश्वर गोइत, रवीन्द्र अधिकारी (नवलपुर), रविन कोइराला, राजन राई, राजबहादुर बुढाक्षेत्री, राजेन्द्रकुमार राई, राजेन्द्रप्रसाद पाण्डे, रामकुमारी झाँक्री, रामचन्द्र साह तेली, रामप्रीत पासवान, लक्ष्मण पौडेल, वामदेव गौतम, डा. विजयकुमार पौडेल, विजय गुरुङ, विक्रमबहादुर शाही, विरोध खतिवडा, विश्वनाथ प्याकुरेल, शत्रुघन महतो, शारदाप्रसाद सुवेदी, शेरबहादुर केसी, श्रीनाथ बराल, श्रीप्रसाद साह, श्रीमाया थकाली, सरलाकुमारी यादव, सावित्राकुमारी भुसाल, सीता गिरी ओली, सुधीरप्रसाद साह, सुरेन्द्र पाण्डे, सुरेन्द्र मानन्धर, सोमप्रसाद पण्डेय, हरिबहादुर राई, हंसबहादुर शाही पनि जिम्मेवारीविहीन 'सदस्य' मात्र बनेका छन् ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

हटेन बेनी-जोमसोम सडक खण्डमा पहिरोको जोखिम

हटेन बेनी-जोमसोम सडक खण्डमा पहिरोको जोखिम

राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी-जोमसोम-कोरला सडक खण्डमा १० स्थानमा ठूल…

सिँचाइ सुविधापछि बाह्रैमास हरियाली

सिँचाइ सुविधापछि बाह्रैमास हरियाली

चितवनको भरतपुर महानगरपालिका- २९ मा भार्लाङ सिँचाइ योजना निर्माण सम्पन्न भएको छ । मह…

गोठाटार स्कुलमा कवितालेखन कार्यशाला

गोठाटार स्कुलमा कवितालेखन कार्यशाला

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा रहेको गोठाटार इंग्लिस सेकेन्डरी स्कुलले विद्…

कक्षा १० सम्मका विद्यार्थीलाई दिवा खाजा दिँदै काठमाडौं महानगर

कक्षा १० सम्मका विद्यार्थीलाई दिवा खाजा दिँदै काठमाडौं महानगर

काठमाडौं महानगरपालिकाले कक्षा ६ देखि १० सम्मकाविद्यार्थीलाई दिवा खाजाको व्यवस्था गर्ने…