Khabarpato logo

         

राजनीति

जसपाका कारण रोकियो प्रधानमन्त्रीविरुद्धको आज आउने अविश्वास प्रस्ताव

खबरदाता

खबरदाता

जसपाका कारण रोकियो प्रधानमन्त्रीविरुद्धको आज आउने अविश्वास प्रस्ताव

जनता समाजवादी पार्टीको निर्णय पर्खिएर बसेको कांग्रेसले प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ताको कदम नचाल्ने भएको छ । आफ्नो पक्षका सांसदहरूको हस्ताक्षर संकलन गरिसकेको कांग्रेसले जसपाले निर्णय दिएको भए बुधबार प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरेको थियो ।

तर, जसपाका अध्यक्ष उपेन्द्र यादवले जसपाको संसदीय दलको विधान नभएको र कार्यकारिणी समितिको बहुमतले ओलीविरुद्ध उभिने निर्णय गर्ने कांग्रेस सभापति शेरबहादुर देउवालाई वचन दिएका थिए ।

जसपाको बैठक मंगलबार बस्न नसकेपछि प्रधानमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव आज बुधबार आउन नसक्ने भएको हो ।

मंगलबार बिहान बालकुमारीस्थित पार्टी कार्यालयमा शीर्ष नेताहरू जुटेका थिए । बिहान ९ बजे महन्थ ठाकुर, उपेन्द्र यादव, डा. बाबुराम भट्टराई, राजेन्द्र महतो, अशोक राई र राजेन्द्र श्रेष्ठ छलफलका लागि बसेका थिए । तर, उनीहरूबीच बैठक र बैठकका एजेण्डामाथि सामान्य छलफलमै सकिएको थियो ।

जसपाको २ धारमा सहमति जुट्न नसक्दा ५ चैतमा निर्धारित कार्यकारिणी समितिको बैठक पनि रोकिएको थियो । सत्ता समीकरणका विषयमा पनि जसपामा २ धार अलगअलग मान्यतामा रहँदै आएका छन् । महन्थ ठाकुर र राजेन्द्र महतो ओलीलाई नै साथ दिने मुडमा छन् भने भट्टराई र यादव ओलीलाई साथ नदिने पक्षमा देखिएका छन् ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएको प्रक्रिया असंवैधानिक रहेको भन्दै ने…

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्च अदालतले कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरेको छ । स…

PM Prachanda bats for collective efforts to end ill-practices

PM Prachanda bats for collective efforts to end ill-practices

Prime Minister Pushpa Kamal Dahal 'Prachanda' has said that his governm…

Dr.  Rana complains of media trial in fake Bhutanese refugees scam

Dr. Rana complains of media trial in fake Bhutanese refugees scam

Nepali Congress leader and member of the House of Representatives, Dr Arzu Rana…