Khabarpato logo

         

राजनीति

गण्डकीको छलछाम: संसदीय परंपराकै भद्दा मजाक र कुरूप खेल

खबरदाता

खबरदाता

गण्डकीको छलछाम: संसदीय परंपराकै भद्दा मजाक र कुरूप खेल

बुधबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङमाथिको अविश्वास प्रस्तावमा मतदान हुने थियो । अचानक एक जना सांसद 'बेपत्ता' भए । राष्ट्रिय जनमोर्चाले आफ्ना सांसद नभेटिउन्जेल संसदका कारबाही रोक्न भन्यो । सभामुखले सहजै संसद स्थगन गरिदिए ।

पछि थाहा भयो- गण्डकी प्रदेशका जनमोर्चाबाट निर्वाचित सांसद खिमविक्रम शाही पोखराकै एउटा निजी अस्पतालमा 'कोरोना संक्रमित' भएर उपचार गराइरहेका रहेछन्, जुन कुरा 'कसैलाई थाहा थिएन ।' 

रमाइलो त के भने, सबै सांसदको पीसीआर जाँच गर्दा उनको पनि नेगेटिभ आएको थियो सरकारी प्रयोगशालामा तर सोही दिन निजी प्रयोगशालामा जाँच्दा पोजिटिभ आएछ उनको रिपोर्ट । अनि 'हतारहतार' संसद बैठक माया मारेर 'ज्यान बचाउन' उनी निजी अस्पतालतिर दौडिएछन् ।

उनी अस्पतालमा 'सिकिस्तझैँ' भएर उपचार गराइरहेका 'थाहा पाउनेबित्तिकै' मुख्यमन्त्री गुरुङ उनलाई भेट्न अस्पताल पुगे ।

यसरी मुख्यमन्त्री गुरुङको पद नाटकीय ढंगले केही समयलाई जोगियो ।

तर, सांसद शाहीलाई अस्पतालमा बन्दीको रूपमा राखिएको भन्दै उनको स्थिति सार्वजनिक गर्न जनमोर्चाले सरकारसँग अनुरोध गरेको छ । राष्ट्रिय जनमोर्चाले मतदानको बेलामा भएको शाहीको अनुपस्थितिलाई रहस्यमय पनि भनेको छ ।

‘राष्ट्रिय जनमोर्चाका जिम्मेवार केन्द्रीय नेता तथा गण्डकी प्रदेशका सांसदहरू जाँदा पनि उहाँलाई भेट गर्न दिइएको छैन । उहाँलाई एक प्रकारको बन्दीका रुपमा किन राखियो र त्यसको कारण के हो ?’, राष्ट्रिय जनमोर्चाकी प्रवक्ता दुर्गा पौडेलले बिहीबार विज्ञप्ति जारी गर्दै भनेकी छन्, ‘उहाँको स्थिति सार्वजनिक गर्नका लागि सरकारसित अनुरोध गर्दछौँ ।’

विश्लेषकहरूले भने गण्डकी प्रदेशको हिजोको 'खेल' संसदीय परंपराकै भद्दा मजाक र कुरूप खेल भन्दै आएका छन् ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएको प्रक्रिया असंवैधानिक रहेको भन्दै ने…

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्च अदालतले कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरेको छ । स…

PM Prachanda bats for collective efforts to end ill-practices

PM Prachanda bats for collective efforts to end ill-practices

Prime Minister Pushpa Kamal Dahal 'Prachanda' has said that his governm…

Dr.  Rana complains of media trial in fake Bhutanese refugees scam

Dr. Rana complains of media trial in fake Bhutanese refugees scam

Nepali Congress leader and member of the House of Representatives, Dr Arzu Rana…