Khabarpato logo

         

स्वास्थ्य

पछिल्लो २४ घन्टामा ९ हजार बढी संक्रमित, ५० को मृत्यु

खबरदाता

खबरदाता

पछिल्लो २४ घन्टामा ९ हजार बढी संक्रमित, ५० को मृत्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार १९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । उक्त अवधिमा १९ हजार ९८७ पीसीआर परीक्षणमा ९ हजार २३ र ४९५ एन्टिजेन परीक्षणमा ७३ जनामा संक्रमण पुष्टि भएको थियो ।

सोही अवधिमा काठमाडौं उपत्यकामा ४ हजार १०० जनामा कोरोना संक्रमण पुष्टि भएको छ, जसमध्‍ये ३ हजार ८९ काठमाडौँका, ३७४ भक्तपुरका  र ६४३ ललितपुरका रहेका छन् ।

त्यसरी नै पछिल्लो २४ घन्टामा ५० जनाको मृत्यु भएको छ भने २ हजार ९०५ जनामा संक्रमणमुक्त भएका छन् ।

यस्तै शुक्रबारसम्म नेपालमा कोरोना भाइरसबाट सक्रिय संक्रमितको संख्या ७८ हजार ६२९ पुगेको छ । संक्रमितमध्ये ७२८ जना आईसीयूमा र २३१ जना भेन्टिलेटरमा उपचाररत छन् ।

कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या हालसम्म ३ हजार ५७९ पुगेको छ ।  

कोरोना महामारीले मुलुकलाई नै आक्रान्त तुल्याएको छ । सक्रिय संक्रमितको संख्या मुलुकका स्वास्थ संस्थाहरूले धान्न नसक्ने अवस्थामा पुगिसकेको छ । यस्तो परिस्थितिमा महामारी रोकथाममा ध्यान केन्द्रित गर्नुको सट्टा नेपाल सरकार र अन्य मुख्य राजनीतिक दलहरू सत्ता जोगाउने र हत्त्याउने लडाइँ गर्नमा व्यस्त छन् ।

यसैबीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सेराम इन्स्टिच्युटसँग ५० लाख खोप खरिद हाललाई 'सम्भव नभएको' बताएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शुक्रबार जारी गरेको विज्ञप्ति अनुसार नेपालले खरिद गरेर आउन बाँकी १० लाख डोज आपूर्तिलाई मात्र प्राथमिकतामा राखेको जानकारी सेरमले दिएको बताइएको छ ।

 

 

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

विश्वकै सबैभन्दा प्रदूषित शहर बन्यो काठमाडौं

विश्वकै सबैभन्दा प्रदूषित शहर बन्यो काठमाडौं

देशभर डढेलो लागिरहेका बेला काठमाडौंको वायु प्रदूषण खतरनाक अवस्थामा पुगेको छ । विश्…

बेलायतमा यौन सम्पर्कबाट जोगिन सरकारको निर्देशन

बेलायतमा यौन सम्पर्कबाट जोगिन सरकारको निर्देशन

बेलायतका मंकीपक्सका थप ७१ जना संक्रमित भेटिएका छन् । यससँगै मंकीपक्सबाट संक्रमितको स…

स्वास्थ्य रणनीति बनाउँदै सरकार: सरकारी अस्पताल नभएको ठाउँमा मात्र निजी अस्पताल

स्वास्थ्य रणनीति बनाउँदै सरकार: सरकारी अस्पताल नभएको ठाउँमा मात्र निजी अस्पताल

सरकारले सरकारी अस्पताल नभएका ठाउँमा मात्र निजी अस्पताल खोल्ने गरी नयाँ नीति ल्याउन ल…

भारत र चीनमा कोरोना संक्रमण बढेपछि नेपालले गरायो सचेत

भारत र चीनमा कोरोना संक्रमण बढेपछि नेपालले गरायो सचेत

भारत र चीनमा कोरोनासंक्रमण बढेपछि नेपालले संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रभाव…