Khabarpato logo

         

राजनीति

प्रधानमन्त्रीलाई धक्का : ठाकुर-महतोले नदिने विश्वासको मत! के हुन्छ विश्वास गुमाए ?

खबरदाता

खबरदाता

प्रधानमन्त्रीलाई धक्का : ठाकुर-महतोले  नदिने विश्वासको मत! के हुन्छ विश्वास गुमाए ?

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आइतबार बिहान बालुवाटारमै भेटेर विश्वासको मत नदिने जानकारी गराएका छन् ।

जसपा नेताहरूका अनुसार प्रधानमन्त्री ओलीले विश्वासको मत दिन आग्रह गरेकोमा आफ्ना मागसमेत पूरा नगरेको र पार्टीभित्र पनि अप्ठेरो पर्ने भएकाले आफूहरूले प्रधानमन्त्रीलाई विश्वासको मत दिन नसक्ने, बरू तटस्थ बस्ने जवाफ दिएको बताए । 

यसअघि आइतबार बिहान नै जसपा नेताहरूले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटघाट गरेकाअ थिए । ठाकुर-महतोले देउवालाई पनि आफूहरु तटस्थ बस्ने जवाफ दिएका थिए ।

नेपाली कांग्रेसले विपक्षमा रहने निर्णय गरिसकेको र नेकपा (माओवादी केन्द्र) ले समर्थन फिर्ता लिइसकेको अवस्थामा यदि जसपाको उक्त खेमाले विश्वासको मत नदिए प्रधानमन्त्रीले संसद्को विश्वास गुमाउने निश्चितप्रायः छ ।

राजनीतिक खेलका ज्ञाताहरूका अनुसार यसले एमालेको माधवकुमार नेपाल-झलनाथ खनाल खेमाको 'वार्गेनिङ' को औचित्य पनि समाप्त पारिदिएको छ । किनभने एमालेका सम्पूर्ण १२१ सांसदमा थप १५ जना नथपिए बहुमत अथवा १३६ पुग्दैन, र प्रधानमन्त्रीलाई विश्वास प्राप्त हुन सक्दैन ।

यसरी नेकपा बिभाजनसँगै प्रधानमन्त्री ओलीको नजिक रहेर आफ्ना पार्टीका थुनिएका नेताकार्यकर्तालाई रिहाइ गराउनसमेत पहल गराइसकेको जसपाको ठाकुर-महतो खेमाले विश्वासको मत नदिने निर्णय प्रधानमन्त्रीका लागि 'धोका' भएको एकथरी बिश्लेषकको राय छ ।

प्रधानमन्त्रीले विश्वास नपाए के हुन्छ?
माओवादी केन्द्रले समर्थन फिर्ता नलिउन्जेलसम्म नेपालको संविधान, २०७२ को धारा ७६(१) बमोजिम नियुक्त बहुमतप्राप्त दलको प्रधानमन्त्री थिए केपी शर्मा ओली ।
माओवादी केन्द्रले समर्थन फिर्ता लिइसकेपछि अल्पमतमा परेका प्रधानमन्त्री ओलीले भोलि २७ बैशाखमा विश्वास प्राप्त गर्न नसके संविधानको सोही धाराको उपधारा (२) को प्रक्रिया अगाडि बढ्छ । उक्त उपधाराको प्रावधान अनुसार गठवन्धन सरकार निर्माणका लागि राष्ट्रपतिद्वारा आव्हान गरिन्छ र सोही अनुसार बहुमत पुर्याउन सक्ने कुनै दलको संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गरिनेछ । नवनियुक्त प्रधानमन्त्रीले नियुक्त भएको एक महिनाभित्र संविधानको सोही धाराको उपधारा (४) बमोजिमको विश्वासको मत लिनु पर्दछ । यदि उक्त प्रधानमन्त्रीले पनि विश्वासको मत लिन सकेनन् भने मात्र प्रक्रिया संविधानको उपधारा (३) मा प्रवेश गर्छ, जसअनुसार राष्ट्रपतिबाट  संसदमा कायम सबैभन्दा ठूलो दलको संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गरिने छ ।

त्यसर्थ, अहिले विश्वासको मत गुमाएमा प्रधानमन्त्रीले फेरि संसद विघटन गर्छन् या गर्न सक्छन भन्ने कतिपयको आँकलन सही होइन । किनभने संवैधानिक प्रक्रिया बाँकी छँदै संसद विघटन गर्नु भनेको यसअघि प्रधानमन्त्रीले गरेको विघटन जस्तै हो । त्यसैले प्रधानमन्त्रीले विश्वास गुमाउने पक्का जस्तै भइसकेको अवस्थामा एक महिनाका लागि भए पनि नयाँ सरकार बन्ने झन्डै निश्चित भएको छ ।

 

 

 

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएको प्रक्रिया असंवैधानिक रहेको भन्दै ने…

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्च अदालतले कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरेको छ । स…

PM Prachanda bats for collective efforts to end ill-practices

PM Prachanda bats for collective efforts to end ill-practices

Prime Minister Pushpa Kamal Dahal 'Prachanda' has said that his governm…

Dr.  Rana complains of media trial in fake Bhutanese refugees scam

Dr. Rana complains of media trial in fake Bhutanese refugees scam

Nepali Congress leader and member of the House of Representatives, Dr Arzu Rana…