Khabarpato logo

         

बहस

जसपाको एकताबद्ध भएर ओलीका विरुद्धजाने औपचारिक निर्णय : को बन्ला नयाँ प्रम ?

खबरदाता

खबरदाता

जसपाको एकताबद्ध भएर ओलीका विरुद्धजाने औपचारिक निर्णय : को बन्ला नयाँ प्रम ?


प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर-राजेन्द्र महतो खेमालाई प्रयोग गरेर खेल्दै आएको राजनीतिक खेल तत्कालका लागि समाप्त भएको छ । जसपाको आइतबार बसेको पार्टी पदाधिकारी बैठकले प्रधानमन्त्री ओलीले विश्वासको मत लिंँदा आफ्ना सांसदलाई पक्ष र विपक्षमा मत हाल्न ह्वीप जारी नगर्ने निर्णय गरेको छ । 

पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी नेपाल (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले आइतबार एक ट्विट गर्दै उक्त निर्णय गरिएको बताएका छन् । साथै भट्टराईले ओली नेतृत्वको सरकारको बहिर्गमन सुनिश्चित भएकोसमेत उल्लेख गर्दै यो निर्णयसँगै सबैले आआफ्नो विवेक प्रयोग गरेर प्रतिगमनको केन्द्र बनेको ओली सरकारलाई बिदा गर्ने विश्वास व्यक्त गरेका छन् । 

नेता भट्टराईले ओली सरकारलाई बिदा गरेर अग्रगामी निकास दिन आग्रह गर्दै जसपालाई देशको वैकल्पिक शक्तिको रुपमा विकास गर्नुपर्नेमा पनि जोड दिएका छन् । 

भट्टराईले ट्विटरमा लेखेका छन्, ‘जसपाको पदाधिकारी बैठकले पार्टी एकता कायम राख्दै ओली सरकारको बहिर्गमन सुनिश्चित गर्ने कार्यनीति तय गरेको छ’ । त्यसैगरी उनि अगाडि लेख्छन्, ‘सबैले आआफ्नो विवेक प्रयोग गरेर प्रतिगमनको केन्द्र बनेको ओली सरकारलाई विदा गर्न,देशलाई अग्रगामी निकास  दिन र जसपालाई देशको वैकल्पिक शक्तिको रूपमा विकास गर्न योगदान गरौं' ।

अब प्रधानमन्त्री ओली अल्पमतमा पर्ने पक्का भएको छ । तथापि आगामी सरकारका लागि क-कसको गठवन्धन हुनेछ भन्ने कुरा यकिन भइसकेको छैन । प्रधानमन्त्रीले विश्वासको मत लिनुभन्दा अगाडि नै राजीनामा दिएर नेपालको संविधानको धारा ७६(२) को प्रक्रियाका लागि बाटो खोल्ने सम्भावना पनि उत्तिकै छ । यदि प्रधानमन्त्रीले विश्वासको मत लिनुभन्दा अगाडि नै राजिनामा दिएमा विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको संसदको विषेश अधिवेशनको औचित्य समाप्त हुने जानकारहरू बताउँछन् । राजिनामापछि उल्लेखित संवैधानिक प्रावधानअनुसार राष्ट्रपतिले गठवन्धन बनाएर आएको कुनै दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्नेछन्, र उक्त प्रधानमन्त्रीले एक महिनाभित्रमा विश्वासको मत लिनुपर्नेछ ।

परन्तु अबको गठबन्धनमा सहभागी दलहरूका बीचमा बन्ने समीकरण पनि त्यति सरल नहुने प्रष्ट छ । किनभने जसपा र नेकपा (माओवादी केन्द्र) ले नेपाली कांग्रेसको नेतृत्व स्वीकार गरेर अघि बढ्ने हो भने जसपाका मागको सम्बोधन गर्नै पर्ला । जुन मागको सम्बोधन सबैबाट एक्लिएका वर्तमान प्रधानमन्त्री केपी ओलीले त गर्न सकेनन्, कांग्रेस सभापति शेरबहादुर देउवाले सजिलोसँग गर्लान् भन्न सकिन्न । 

यदि कांग्रेस-माओवादी केन्द्रले जसपालाई नै सरकारको नेतृत्व गर्न अगाडि सारे भने र जसपाभित्र प्रधानमन्त्री बन्ने विषयमा सहमति जुट्यो भने मात्र नयाँ सरकारले खुट्टो टेक्न सक्ने अवस्था आउँछ । केपी ओलीलाई लामो उठबसपछि अचानक धक्का दिएर फर्किएको जसपाको ठाकुर-महतो खेमाले आफ्नै पार्टी नेतृत्वमा सरकार बन्नुपर्ने अडान नलेला भन्न सकिन्न । यदि त्यसो भएमा जसपाभित्र सर्वसम्मत ढंगले नयाँ प्रधानमन्त्रीको उमेदवारका रूपमा कोही अघि सारिइने छ, र कांग्रेस-माओवादीको समर्थन लिन सके जसपाको नेतृत्वमा सरकार बन्नेछ । 

अर्कोतिर नेकपा (एमाले) अध्यक्ष ओली 'हातमा दही' जमाएर पक्कै नबस्लान । विपक्षी गठबन्धन जो कसैको नेतृत्वमा सरकार बने तापनि अबको चुनाव गराउने त्यही सरकारले हो, किनकि संसद्को एकपटक विश्वास प्राप्त गरिसकेको प्रधानमन्त्रीका विरुद्ध २ बर्षसम्म अविश्वास प्रस्ताव ल्याउन पाइँदैन । यसर्थ, एमालेले आगामी निर्वाचन गराउन पाउने लाभबाट बन्चित हुनुपर्ने धरातलीय यथार्थलाई मध्यनजर गर्दै अध्यक्ष ओलीले जसपाको नेतृत्व स्वीकार गरी सरकारमा रहिरहने रणनीति नबनाउलान भन्न सकिन्न । जसपाले त्यसैका लागि 'धार' राखेको हुनसक्छ, '…विरुद्धमा हाल्ने वा भोट नै नहाल्ने चाहिँ सांसदको इच्छा हो' । 

यसैबीच आइतबार बसेको नेकपा  (एमाले) को माधवकुमार नेपाल खेमाले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीलाई २ जेठ २०७५ को स्थितिमा फर्काउन र आगामी दिनमा सहमतिका साथ पार्टीलाई अगाडि बढाउन थप १३ घण्टा समय दिएका छन् । नभए कठोर निर्णय गर्ने भन्दै सांसदहरुको राजीनामाको संकेत गरेको छ ।

उता आइतबार नै प्रधानमन्त्री ओलीले एक विज्ञप्ति जारी गर्दै फ्लोर क्रस गर्ने, अविश्वास प्रस्ताव राख्ने, सामूहिक राजीनामा गर्ने जस्ता हानिकारक प्रयास भएको भन्दै त्यस्तो कार्यलाई अपराध भनेका छन् । उनले सामूहिक राजीनामा दिनू अपराध हुने भन्दै यस्ता काममा सहभागी नहुन पार्टीका सांसदहरुलाई आग्रहसमेत गरेका छन् ।

उल्लेखित अवस्थाबाट पारपाएर कदाचित भोलिसम्ममा एमाले एक हुन सक्यो भने एमालेले ओली बाहेक सोही पार्टीको अर्को नेतालाई प्रधानमन्त्री बनाउन प्रयास गर्न सक्दछ । किनभने विश्वास गुमाएको 'दल'ले होइन, 'व्यक्ति'ले हो । त्यसैले प्रधानमन्त्री ओलीले राजीनामा दिएपछि माओवादी या अरू कुनै दलको समर्थन प्राप्त गर्नसक्ने एमालेको अर्को नेता प्रधानमन्त्री बन्ने सम्भावनालाई पनि नकार्न सकिदैन ।

यस्तो अन्योलग्रस्त एवं अनिश्चित राजनीतिक महामारीले कोरोना महामारीलाई समेत पछि पारेको आभास हुन्छ । दैनिक दशौँ हजारको संख्यामा संक्रमित थपिइरहँदा नियन्त्रणको दायित्व भएका सम्पूर्ण निकायहरू सत्ताको बेमौसमी तमासा देखाइरहनु र आम नेपाली जनताको कष्ट पीडामा रत्तिभर साथ दिन नसक्नु तीतो सत्य सबैसामू खित्का छोडेर हाँसिरहेको छ । बुज्रुकहरू भन्छन्, 'अझै धेरै रमिता देखिनेछ' ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

गैरजिम्मेवार राजनीतिका दुष्परिणाम

गैरजिम्मेवार राजनीतिका दुष्परिणाम

थाहा नपाउँदै लोकतान्त्रिक राजनीतिको नशा सुरुभएछ-कक्षा ६ पढ्दा ।सायद मैले पढेको विद्य…

घुसखोरीप्रति कति सहिष्णु बन्ने हामी ?

घुसखोरीप्रति कति सहिष्णु बन्ने हामी ?

सरकारी कामकाजका सिलसिलामा कर्मचारी र सेवाग्राहीका बीच घुसको लेनदेन भएको दाबीका सा…

खाद्य मुद्रास्फीतिमा १ प्रतिशत वृद्धिले १ करोड थप गरिब

खाद्य मुद्रास्फीतिमा १ प्रतिशत वृद्धिले १ करोड थप गरिब

विश्व खाद्य मुद्रास्फीति भनिने नयाँ महामारीको चपेटामा छ । विगत २ वर्षयता कोभिड- १९ म…

खुर्पाले दाह्री काटेजस्तो सूचना प्रविधिको प्रयोग

खुर्पाले दाह्री काटेजस्तो सूचना प्रविधिको प्रयोग

डा. लक्ष्मीप्रसाद खतिवडा डाटाको कुरा गर्दा कम्प्युटर प्रणालीमा गणितीय ढाँचा (फर्म्याट)मा…