Khabarpato logo

         

अर्थ/वाणिज्य

नेप्सेले बनायो अल टाइम हाई रेकर्ड, कारोबार रकम ११ अर्बमाथि

खबरदाता

खबरदाता

नेप्सेले बनायो अल टाइम हाई रेकर्ड, कारोबार रकम ११ अर्बमाथि

साताको तेस्रो दिन शेयर बजारमा नेप्से परिसूचक तथा कारोबार रकमले नयाँ रेकर्ड राख्दै आजसम्मकै नयाँ इतिहास रचेको छ । यस दिन नेप्से परिसूचक ३४ अंकले वृद्धि भई २७९३.९० को विन्दुमा पुगेको छ भने ११ अर्ब ३५ करोड ९३ लाख ६० हजार ९१.९६ रुपैयाँ बराबरको कारोबार भएको छ । 

यस दिन बजारमा २१५ वटा कम्पनीको २ करोड ३१ लाख ३१ हजार ६१५ कित्ता शेयर कारोबार भयो । सबैभन्दा बढी करोबार हुनेमा पुनर्बीमा कम्पनी लिमिटेड रहेको छ । यस कम्पनीको ६७ करोड रुपैयाँभन्दा बढी कारोबार भएको छ । नेसनल लाइफ इन्स्योरेन्स लिमिटेड, अरुण काबेली पावर कम्पनी कारोबारका हिसाबले दोस्रो र तेस्रो स्थानमा रहे । नेसनल लाइफ इन्स्योरेन्सको ३१ करोड ५६ लाख र अरुण काबेली पावरको ३१ करोड ४३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।  

यस दिन १३ उपसूचकमध्ये १२ उपसूचकको सूचकमा हरियाली छाएको छ भने उत्पादनमूलक उपसमूहमा ज्यादै झिनो अंकले गिरावट आएको छ । विशेषत: होटल फाइनान्स हाइड्रोपावर र विकास बैंकमा लगानीकर्ताको आकर्षण रहेको देखिन्छ । यस दिन ११ वटा कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ भने २३ वटा कम्पनीको शेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ ।

९० प्रतिशतभन्दा बढीले अनलाइनमार्फत कारोबार गर्नु, नयाँ लगानीकर्ताको प्रवेश, लकडाउनका कारण अन्य क्षेत्रमा लगानीको वातारण नहुनु, बैंकको व्याजदर कम हुनु जस्ता कारणले शेयर बजार वृद्धि भएको विज्ञहरू बताउँछन् ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

Minister Rijal asks local levels to remove double taxation

Minister Rijal asks local levels to remove double taxation

Minister for Industry, Commerce and Supply, Ramesh Rijal, has urged the local l…

लम्पी स्किनविरुद्धको खोप अभियान गरिने

लम्पी स्किनविरुद्धको खोप अभियान गरिने

चितवनमा पशु चौपायमा देखिएको लम्पी स्किन रोग नियन्त्रणका लागि खोप अभियान सुरु गरिने …

'Province does not invest in unproductive sectors'

'Province does not invest in unproductive sectors'

Gandaki Province Chief Minister Surendra Raj Pandey has said the province gover…

चल्मलाउन थाल्यो सौराहाको पर्यटन

चल्मलाउन थाल्यो सौराहाको पर्यटन

बर्सातसँगै सडक सञ्जाल जोखिम बनिरहँदा समेत चिनियाँसहित अन्य पर्यटक आएपछि सौराहाका हो…