Khabarpato logo

         

स्थानीय विकास

लमजुङमा गएको भूकम्पबाट २४१ घरमा क्षति, परकम्प जारी

खबरदाता

खबरदाता

लमजुङमा गएको भूकम्पबाट २४१ घरमा क्षति, परकम्प जारी

लमजुङको भुलभुलेलाई केन्द्रबिन्दु बनाएर हिजो बिहान गएको भूकम्पको बिगत २४ घण्टामा ८६ पटक परकम्प‌ महसुस गरिएको बताइएको छ ।

बुधबार बिहान ५ बजेर ४२ मिनेटमा ५ दशमलव ८ म्याग्निच्युटको भूकम्प गएको थियो ।

पहिलोपटकको भूकम्प गएयता चार म्याग्नेच्युटमाथिका ६ वटा र सोभन्दा कमका ८२ वटा धक्का महसुस गरिएको    राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । 

प्रहरीका अनुसार अहिलेसम्म भूकम्पका कारण २४१ घरमा क्षति पुगेको छ । जसमध्ये ५० घर पूर्ण रुपमा भत्किएका छन् भने बाँकी घरपनि अहिलेकै अवस्थामा बस्न नमिल्ने अवस्थामा रहेको बताएको छ ।

भूकम्पसँगै भएको बर्षाले जनजिवन अझ अस्तव्यस्त बनाएको र  बर्षा कमभएसँगै क्षतिपुगेका परिवारलाई त्रिपाल लगायत राहत सामाग्री उपलब्ध गराउने तयारी रहेको प्रहरीले जनाएको छ ।

कोरोना महामारीलका कारण निषेधाज्ञा झेलिरहेका लम्जुङवासीहरू भूकम्पको त्रासका कारण रातिको समयमा समेत घरभित्र बस्न सक्ने अवस्था नरहेको बताइएको छ ।

यसैबीच भूकम्प मापन तथा अनुसन्धान केन्द्रले समेत भूकम्पको धक्का अब रोकिन सक्छ वा अझै ठूलो आउन सक्छ भनेर यकिनका साथ भन्न सक्ने अवस्था नभएको जानकारी गराउदै सतर्क रहन आग्रह गरेको छ ।

 

 

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

हटेन बेनी-जोमसोम सडक खण्डमा पहिरोको जोखिम

हटेन बेनी-जोमसोम सडक खण्डमा पहिरोको जोखिम

राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी-जोमसोम-कोरला सडक खण्डमा १० स्थानमा ठूल…

सिँचाइ सुविधापछि बाह्रैमास हरियाली

सिँचाइ सुविधापछि बाह्रैमास हरियाली

चितवनको भरतपुर महानगरपालिका- २९ मा भार्लाङ सिँचाइ योजना निर्माण सम्पन्न भएको छ । मह…

कक्षा १० सम्मका विद्यार्थीलाई दिवा खाजा दिँदै काठमाडौं महानगर

कक्षा १० सम्मका विद्यार्थीलाई दिवा खाजा दिँदै काठमाडौं महानगर

काठमाडौं महानगरपालिकाले कक्षा ६ देखि १० सम्मकाविद्यार्थीलाई दिवा खाजाको व्यवस्था गर्ने…

Efforts on to open Martadi-Kolti road

Efforts on to open Martadi-Kolti road

The Nepali Army is working to help open the Martadi-Kolti road, which remains b…