Khabarpato logo

         

खेलकुद

विश्वकप २०२२ र एसियन कप २०२३ छनौट खेलमा नेपाल जोर्डनसँग ०-३ ले पराजित

खबरदाता

खबरदाता

विश्वकप २०२२ र एसियन कप २०२३ छनौट खेलमा नेपाल जोर्डनसँग ०-३ ले पराजित

जाबेर अल-अहमद अन्तर्राष्ट्रिय रंगशालामा सोमबार भएको विश्वकप 2022 र एसियन कप 2023 को छनौट खेलमा नेपाल जोर्डनसँग 0-३ गोलअन्तरले पराजित भयो ।

जोर्डनले बाह फैजल सैफको पेनाल्टी गोलमा २४औं मिनेटमा अग्रता लियो । यसअघि  जोर्डनका मोहमद सुलेमनले १४औं मिनेटमा पेनाल्टी क्षेत्रबाहिरैबाट सशक्त रूपमा प्रहार गरेको बललाई गोलकिपर किरण चेम्जोङले पञ्च गर्दै मुस्किलले बचाएका थिए ।  डिफेन्डर रोहित चन्दले पेनाल्टी क्षेत्रमा सुलेमनलाई फाउल गर्दै लडाएपछि जोर्डनले पेनाल्टीमार्फत गोल गर्ने मौका पाएको थियो ।

फैजलले नै ४२औं मिनेटमा पाएको फ्रिकिकमा करिब ३० यार्डबाट प्रहार गरेको बल उत्कृष्ट गोलमा परिणत भएपछि जोर्डनले २-० को अग्रता लिएको थियो ।

खेलको ६७अौ मिनेटमा तेस्रो गोल यजन अल अरबले गरेपछि जोर्डनले ३-० को अग्रता लिएको थियो ।

नेपालका गोलकिपर किरणले सुलेमनले ४२अौं मिनेटमा नजिकै बाट प्रहार गरेको बलको उत्कृष्ट बचाउ गरेका थिए ।

जोर्डनबिरूद्दको खेलमा प्रशिक्षक अब्दुल्लाहले ताइपेईविरुद्ध खेलेको पहिलो रोजाइमा तीन खेलाडी परिवर्तन गर्दै जोर्डनविरुद्ध नेपाली टिमलाई उतारेका थिए । उनले फरवार्ड आशिष लामााको स्थानमा अभिषेक रिजाललाई अवसर दिए । मिडफिल्डर सुनिल बल र राइटब्याक गौतम श्रेष्ठलाई बेन्च मा राख्दै डिफेन्डरद्वय दिनेश राजवंशी र विकास खवास ल्याएका थिए ।

छनोटमा पाँचौं हारसँगै नेपालको विश्वकप 2022  छनोटको तेस्रो चरणमा प्रवेश गर्ने औपचारिक रूपमा सम्भावना समाप्त भएको छ । त्यस्तै एसियन कप २०२३ छनोटको तेस्रो चरणमा पुग्न पनि समूहमा चौथो हुनेमध्ये उत्कृष्ट चारमा रहनुपर्छ । जोर्डनविरुद्धको हारले यसमा पनि नेपालको सम्भावना गणितीय रूपमा मात्रै बाँकी रहेको छ। चौथो हुनेमध्ये उत्कृष्ट चारमा पर्न नसके नेपालले पुछारका ११ टिममा रहेर एसियन कप छनोटको तेस्रो चरणमा पुग्न प्लेअफ खेल्नुपर्नेछ ।

दोस्रो चरणको छनोटको अन्तिम खेलमा नेपालले शुक्रबार अस्ट्रेलियासँग खेल्नेछ ।  जोर्डन चौथो जितपछि कुवेतलाई तीन अंकले उछिन्दै दोस्रो स्थानमा उक्लिएको छ भने शतप्रतिशत जितसहित अस्ट्रेलिया (१५) शीर्षस्थानमा छ । नेपालले हालसम्म मात्र (६) अंक जोडेको छ ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

एसिया कप आजदेखि, कस-कसबीच हुनेछ खेल?

एसिया कप आजदेखि, कस-कसबीच हुनेछ खेल?

एसिया कपको १६औँ संस्करण आज (बुधबार)देखि सुरु हुँदै छ । पाकिस्तानको मुल्तानमा अपराह्…

Taplejung Gold Cup football tournament from Thursday

Taplejung Gold Cup football tournament from Thursday

The Taplejung Gold Cup Football Tournament is to begin from August 31 (Thursday…

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

घरेलु टोली पाकिस्तानले एसिया कप २०२३ को उद्घाटन खेलमा नेपालविरुद्ध खेल्ने पहिलो रोज…

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

म्यानचेस्टर सिटीका फरवार्ड एर्लिङ हालान्डले पीएफए वर्ष खेलाडीको अवार्ड प्राप्त गरेका छन् …