Khabarpato logo

         

राजनीति

देउवा भन्छन्: 'महाधिवेशन गर्ने अवस्था छैन, म्याद थप्ने सुविधा छैन'

खबरदाता

खबरदाता

देउवा भन्छन्: 'महाधिवेशन गर्ने अवस्था छैन, म्याद थप्ने सुविधा छैन'

कांग्रेस सभापति शेरबहादुर देउवाले आगामी भदौभित्रै पार्टीको १४औँ महाधिवेशन गर्नुपर्नेमा प्रतिबद्ध रहेको बताएका छन् । 

पार्टीको महाधिवेशन र समसामयिक राजनीतिक विषयमा छलफल गर्न देउवा निवास बूढानीलकण्ठ पुगेका कंग्रेसका युवा नेताहरूसँग देउवाले यस्तो बताएका हुन् । अरू समय थप्ने सुविधा नभएकाले भदौभित्रै अधिवशन गर्नुपर्ने देउवाको भनाइ थियो । तर, कोरोनाको प्रकोपका कारण अप्ठ्यारो भएको देउवाले ती युवानेतासँग बताएका थिए ।

देउवाले महाधिवेशनका विषयमा केही दिनभित्रै पदाधिकारी बैठक बोलाएर छलफल गर्ने बताएका भेटमा सहभागी एक युवानेताले जानकारी दिए ।

युवा नेताहरूले पार्टीको महाधिवेशन साझा दायित्व भएको भन्दै पार्टीमा छलफल गरेर कार्यतालिकामा आवश्यक परिमार्जन गर्न र महामारीका बीच महाधिवेशन गर्ने वैकल्पिक उपायबारे छलफल गर्न आग्रह गरेका छन् । नेताहरूले क्रियाशील सदस्यता छानबिन समितिलाई सक्रिय बनाउन पनि भनेका छन् । 

कांग्रेसले यस पटक अनलाइनमार्फत क्रियाशील सदस्यता नवीकरण र नयाँ सदस्यताको विवरण संकलन गरेको छ । अहिलेसम्म ८ लाखभन्दा बढी सदस्यको विवरण प्राप्त भएको बताइएको छ । समितिले अन्तिम पटक मौका स्वरूप जिल्ला र क्षेत्रीय समितिहरूलाई मंगलबार राती १२ बजेभित्र क्रियाशील सदस्यताको विवरण अपडेट गरिसक्ने म्याद दिएको छ । 

तर, प्राप्त विवरणमाथि छानबिनको काम सुरु भएको छैन, जबकि क्रियाशीलको विवादकै कारण पार्टीको महाधिवेशन प्रभावित हुँदै आएको छ ।

यस पटक त्यसको करिब दोब्बर क्रियाशील सदस्य छन्, तर त्यसमाथि छानविनका लागि समय छैन । अहिलेको रमेश लेखक नेतृत्वको छानबिन समितिले क्रियाशील छानबिनका लागि थोरैमा पनि १ महिना लाग्ने अनुमान गरिरहेको छ । यसअघि निर्धारित कार्यतालिकाअनुसार १७ जेठभित्र छानबिन समितिले क्रियाशील छानबिन गरी केन्द्रीय समितिलाई बुझाइसक्नुपर्ने थियो ।

पार्टीको महाधिवेशन र अन्य राजनीतिक विषयमा छलफलका लागि कांग्रेसका युवा नेताहरू चन्द्र भण्डारी, धनराज गुरुङ, गुरुराज घिमिरे, गगन थापा, जीवन परियार, बद्री पाण्डे, प्रदीप पौडेललगायत नेताहरू मंगलबार बिहान देउवा निवासमा पुगेका थिए ।

पूर्वनिर्धारित कार्यतालिकाअनुसार वडा तहको अधिवेशनको मिति आउन अब १० दिन मात्रै बाँकी छ । ५ असारमा वडा र ७ असारमा पालिकास्तरको अधिवेशन गर्ने कांग्रेसको कार्यतालिका छ । यो मितिमा अब महाधिवेशन नहुने निश्चित भइसकेको छ । 

सभापति देउवासमक्ष युवा नेताहरूले वडा र स्थानीय तहस्तरको अधिवेशनको मितिलाई परिमार्जन गरेर महामारीकै बीचमा भए पनि वैकल्पिक उपायमार्फत पार्टीको जीवनलाई जीवन्त राख्नुपर्ने सुझाब राखेका छन् । ‘राष्ट्रिय महाधिवेशनका लागि केही समस्या हुन सक्छ, त्यसका लागि वैकिल्पक माध्यमबारे छलफल गर्नुपर्ने हो । नभए तल्ला तहको अधिवेशनका लागि ठूलो समस्या देखिँदैन । थोरै–थोरै सख्ंयामा जम्मा भएर महाधिवेशन गर्न सकिन्छ भन्ने कुराहरू राख्यौँ,’ केन्द्रीय सदस्य जीवन परियारले भने, ‘उहाँले पनि सकारात्मक प्रतिक्रिया दिनुभएको छ ।’ नेता परियारले केन्द्रीय महाधिवेशनलाई जिल्लाबाटै मतदान गर्ने व्यवस्था गर्न सकिने वा अन्य विकल्पबारे छलफल गर्नुपर्ने बताएका छन् । ‘महाधिवेशन पार्टीको साझा दायित्व हो, यो वा त्यो गुट वा नेताले काम गरेन भन्ने आधारमा महाधिवेशनलाई छल्नु हँुदैन,’ उनले भने । 

मंगलबारबाट क्रियाशीलको विवरण अपडेट गर्ने काम सकिएपछि त्यसैका आधारमा छानबिन समितिको बैठक बसेर एउटा निर्णयमा पुग्नुपर्ने उनले बताए । कांग्रेसले भदौ ७ देखि १० गतेसम्म काठमाडौंमा १४औँ महाधिवेशन गर्ने गरी तल्ला तहको अधिवेशन तोकेको छ । 

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएको प्रक्रिया असंवैधानिक रहेको भन्दै ने…

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्च अदालतले कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरेको छ । स…

PM Prachanda bats for collective efforts to end ill-practices

PM Prachanda bats for collective efforts to end ill-practices

Prime Minister Pushpa Kamal Dahal 'Prachanda' has said that his governm…

Dr.  Rana complains of media trial in fake Bhutanese refugees scam

Dr. Rana complains of media trial in fake Bhutanese refugees scam

Nepali Congress leader and member of the House of Representatives, Dr Arzu Rana…