Khabarpato logo

         

राजनीति

फेरि सभापतिमा लड्छु : शेरबहादुर देउवा

खबरदाता

खबरदाता

फेरि सभापतिमा लड्छु : शेरबहादुर देउवा

नेपाली कांग्रेसका सभापति शेरहादुर देउवाले अर्को कार्यकाल पार्टीको सभापतिको पद सम्हाल्न इच्छुक रहेको संकेत दिएका छन् । १६-१९ भदौमाा पार्टीको महाधिवेशन गर्ने कार्यतालिका पार्टीले अनुमोदन गरेलगत्तै देउवाले शनिबार बिहान प्रदेश १ का आफू निकट केन्द्रीय सदस्यहरूसँग बूढानीलकण्ठमा छलफल गर्दै आफू सभापतिमा दोहोरिने बताएका हुन् ।

स्रोतका अनुसार छलफलका क्रममा सभापति देउवाले संशोधित कार्यतालिकाअनुसार नै महाधिवेशन हुने र आफू सभापतिमा फेरि लड्ने बताएका थिए । देउवाले आफ्नो नेतृत्वमा संविधान कार्यान्वयन भएको र ३ तहको निर्वाचन गराएको जिकिर गर्दै प्रतिनिधिसभामा कांग्रेसले लोकप्रिय मत सबैभन्दा बढी पाए पनि कम सिट जितेको उल्लेख गरेका थिए । देउवाले आफ्नै नेतृत्वमा पार्टीलाई सबैभन्दा ठूलो बनाउने र सरकारको नेतृत्व गरेर कांग्रेसको नीतिगत बाटोबाट मुलुकलाई अगाडि बढाउने दाबी गरेको स्रोतले जनाएको छ ‌।

सभापति देउवाले महाधिवेशनमा जित्ने गरी काम गर्न केन्द्रीय सदस्यहरूलाई निर्देशनसमेत दिएको बताइएको छ ।

उक्त छलफलमा पार्टीका सहमहामन्त्री सुनिल थापा, केन्द्रीय सदस्यहरू ज्ञानेन्द्रबहादुर कार्की, मीन विश्वकर्मा, सीता गुरुङ, बाबुराम बस्नेत, डा. डीला संग्रौला, सुजाता परियारलगायत नेताहरू सहभागी थिए । 

देउवाले आगामी महाधिवेशनलाई केन्द्रमा राखेर छलफल गर्न सातै प्रदेशका केन्द्रीय सदस्यहरूसँग छुट्टाछुट्टै भेट्ने कार्यक्रम राखेको जनाइएको छ ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएको प्रक्रिया असंवैधानिक रहेको भन्दै ने…

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्च अदालतले कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरेको छ । स…

PM Prachanda bats for collective efforts to end ill-practices

PM Prachanda bats for collective efforts to end ill-practices

Prime Minister Pushpa Kamal Dahal 'Prachanda' has said that his governm…

Dr.  Rana complains of media trial in fake Bhutanese refugees scam

Dr. Rana complains of media trial in fake Bhutanese refugees scam

Nepali Congress leader and member of the House of Representatives, Dr Arzu Rana…