Khabarpato logo

         

राजनीति

निर्वाचन आयोगले ठाकुर खेमासँग माग्यो लिखित जबाफ

खबरदाता

खबरदाता

निर्वाचन आयोगले ठाकुर खेमासँग माग्यो लिखित जबाफ

निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर-राजेन्द्र महतो खेमासँग लिखित जवाफ मागेको छ ।

अस्ति ४ असार मा उपेन्द्र यादव खेमाले केन्द्रीय कार्यकारिणी समितिको निर्णयसहित आधिकारिकतासम्बन्धी विवाद निरुपण गरिपाउँ भनी निर्वाचन आयोगमा निवेदन दिएपछि आइतबार आयोगले उक्त दावीबारे महन्थ ठाकुर खेमासँग लिखित जवाफ माग गरेको हो ।

आयोगले यादव खेमाका दावीको विषयमा लिखित जवाफ पेश गर्न महन्थ ठाकुर खेलालाई १५ दिनको सूचना दिएको छ । 

आयोगको आदेशमा भनिएको छ, '... राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४३ को खण्ड (ग) बमोजिम ... विवाद निरुपण गरिपाउँ भन्नेसमेत व्यहोराको निवेदन २०७८/३/४ मा दर्ता हुन आएकाले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४४ को उपदफा २ बमोजिम निवेदन दावीका सम्बन्धमा लिखित जवाफ पेश गर्नका लागि यस्तो दावी तथा प्रमाणको प्रतिलिपी संलग्न गरी जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुर पक्षलाई १५ दिनको सूचना दिने ... ।

जसपाको उपेन्द्र यादव र महन्थ ठाकुर खेमाले एक अर्को खेमालाई कारबाही गरी दल दर्ता किताबमा रहेको विवरण सच्याउन यसअघि दिएको निवेदनलाई दुबै पक्षको दावी नपुग्ने भनी आयोगले खारेज गरेको थियो । साथै उक्त विवाद दलको आधिकारिकतासम्बन्धी भएको भन्दै आयोगले राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ अनुसार गरी आउन दुवै खेमालाई आग्रह गरेको थियो । आयोगको उक्त आग्रहपछि उपेन्द्र यादव खेमाले ४ असारमा केन्द्रीय कार्यकारिणी समितिको निर्णयसहित दलको आधिकारिकता दावी गर्दै निवेदन दिएको थियो ।

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४४ (१) मा 'दफा ४३ वमोजिम दलको नाम, छाप, झण्डा वा चिन्हसम्बन्घी विवाद भए त्यस्तो नाम, छाप, विधान, झण्डा वा चिन्ह दावी गर्ने दलले र दलको पदाधिकारी, केन्द्रीय समिति वा केन्द्रीय समितिको आधिकारिकतासम्बन्धी विवाद भए त्यस्तो पदाधिकारी, केन्द्रीय समिति वा केन्द्रीय समितिको निर्णयको आधिकारिता दावी गर्ने पक्षले दलको केन्द्रीय समितिको चालीस प्रतिशत सदस्यको हस्ताक्षरसहित विवाद प्रारम्भ भएको मितिले ३० दिनभित्र आयोगमा आधार र प्रमाणसहित दावी पेश गर्नुपर्नेछ' लेखिएको छ ।

त्यस्तै, सोही दफाको उपदफा (२) मा आयोगले उक्त दलको अर्को  खेमालाई लिखित जवाफ पेश गर्न १५ दिने सूचना दिने प्रावधान राखिएको छ भने उपदफा (३) मा उपदफा (२) बमोजिमको लिखित जवाफ आधार प्रमाणसहित पेश गर्नुपर्ने भन्ने व्यवस्था गरिएको छ ।

 

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएको प्रक्रिया असंवैधानिक रहेको भन्दै ने…

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्च अदालतले कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरेको छ । स…

PM Prachanda bats for collective efforts to end ill-practices

PM Prachanda bats for collective efforts to end ill-practices

Prime Minister Pushpa Kamal Dahal 'Prachanda' has said that his governm…

Dr.  Rana complains of media trial in fake Bhutanese refugees scam

Dr. Rana complains of media trial in fake Bhutanese refugees scam

Nepali Congress leader and member of the House of Representatives, Dr Arzu Rana…