Khabarpato logo

         

स्वास्थ्य

अबका स्वास्थ्यमन्त्री: अपजस अरूले पाए, जस यिनले लिनेछन्

खबरदाता

खबरदाता

अबका स्वास्थ्यमन्त्री: अपजस अरूले पाए, जस यिनले लिनेछन्

सर्वोच्च अदालतले कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएसँगै नयाँ प्रधानमन्त्रीका रूपमा देउवाले मंगलबार नै शपथ लिएका छन् । देउवासँगै अन्य ४ मन्त्रीले पनि शपथ लिइसकेका छन् ।

यससँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि नयाँ मन्त्री पाउने भएको छ। 
 
कोरोना संक्रमणले माहामारीले थला परेका बेला पछिल्लो समय स्वास्थ्य मन्त्रालय आकर्षणको मन्त्रालयमा पर्ने गरेको छ । कोरोनासँग जुध्ने 'फ्रन्टलाइनर' मन्त्रालयका रूपमा रहेको स्वास्थ्य मन्त्रालयको जिम्मेवारी केपी शर्मा ओली प्रधानमन्त्री भएको ३ वर्षयताको समयमा 
५ जना मन्त्रीले सम्हालिसकेका छन् । उपेन्द्र यादव, भानुभक्त ढकाल र हृदयेश त्रिपाठी कोरोना संक्रमणले माहामारीकै रूप लिएको बेला स्वास्थ्यमन्त्रीको जिम्मेवारीमा मन्त्रालय छिरेका थिए। 

कोरोनाको पहिलो लहर सुरु भएको बेला तत्कालीन स्वास्थ्यमन्त्री भानुभक्त ढकाल स्वास्थ्य सामग्री जुटाउनै सकसमा परेका थिए भने स्वास्थ्य सामग्री खरिदमा (ओम्नी प्रकरण)मा सरकार विवादमा तानियो ।

तथापि, पहिलो र दोस्रो लहरको बीचमा सरकारले एचडीयू, आईसीयू र भेन्टिलेटर किन्न निकासा गरेको बजेट समयमा नै अस्पतालहरूले खरिद नगर्दा दोस्रो लहरका सुरुवाती दिन निकै कष्टकर रहन पुगे । दोस्रो लहर आउनुअघि नै सरकारले सुरु गरेको खोप अभियान भारतमा रहेको सेरम इन्टिच्युटलेले रकम लगेर पनि १० लाख डोज खोप नदिँदा सरकार धेरै आलोचित बन्न पुग्यो । 

खोपको विश्व बजारको व्यापारीकरणका कारण पनि खोप उपलब्धता अप्ठ्यारो अवस्थामा पुगेको थियो । पटकपटक मन्त्री परिवर्तन तथा महामारीको चपेटामा पनि केही राम्रा काम भने नभएका होइनन् । यसरी हेर्दा विगत झन्डै २ वर्षको समयमा कोरोना संक्रमणले गर्दा सधैँ सबैको ध्यान स्वास्थ्य मन्त्रालयमा रह्यो ।

संक्रमणको पहिलो लहरमा स्वास्थ्यकर्मीहरूले लगाउने पीपीई, मास्कसमेत जुटाउन नसकेर आलोचित भएको स्वास्थ्य मन्त्रालयले अहिले दोस्रो लहर सकिँदा स्वास्थ्य सामग्रीदेखि कोरोनाविरुद्धको खोपसमेत धेरै मात्रामा ल्याएर खोप अभियान सुरु गरिसकेको छ । यस्तो अवस्थामा अब स्वास्थ्यको जिम्मेवारी सम्हाल्न आउने जुनसुकै मन्त्रीलाई पनि काम गर्न सहज हुने देखिन्छ । 

नेपालमा हाल ५५ लाख जनतालाई पुग्ने कोरोनाविरुद्धको खोपको सुनिश्चितता भइसको अवस्था छ। पछिल्लो समय सरकारले चीनबाट ४० लाख डोज भेरोसेल खोप खरिद गर्न सम्झौता गरिसकेको छ, जसमा ८ लाख डोज आइसकेको छ भने बाँकी क्रमश: आउने प्रक्रियामा छ । यस्तै, केही दिनअघि मात्र अमेरिकाबाट १५ लाख डोजभन्दा बढी जोन्सन जोन्सन खोप आइसकेको अवस्था छ । 

यसरी खोप आउँदै गएपछि सरकारले अबको ३ महिनामा यसअघि  ३३ प्रतिशत जनतालाई खोप लगाउने घोषणा गरेअनुसार खोप लगाउन सकिने देखिन्छ, जसले गर्दा अब आउने मन्त्रीले सिधा जस पाउनेछन् । 

पछिल्लो समय सरकारले कोरोनाविरुद्ध लड्न भन्दै स्वास्थ्य क्षेत्रको कुल बजेटको ७ प्रतिशतभन्दा माथि पुर्‍याएको छ । यसले गर्दा पनि अब आउने मन्त्रीले बजेट अभावकै कारण काम गर्न नपाउने भन्ने देखिँदैन ।

गत मंसिरमा केपी ओली सरकारले हरेक स्थानीय तहमा कोभिड अस्पताल निर्माण गर्ने भन्दै निर्माण कार्य सुरु गरेको छ । ची अस्पतालहरूको निर्माण समयमा नै सकिएर
वीर अस्पतालको जनशक्ति र संरचनागत व्यवस्था सम्पन्न भएको छ । तत्काल ८३१ कर्मचारी थप्ने जस नयाँ मन्त्रीले पाउनेछन् ।  

सीडीसी, प्रत्यायन प्राधिकरण, प्रतिष्ठान छाता ऐन र अस्पताल विकास समिति छाता ऐनको मस्यौदा अन्तिम चरणमा छ । त्यो संसदबाट पास गराए अब बन्ने मन्त्रीले नै जस पाउनेछन् ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

विश्वकै सबैभन्दा प्रदूषित शहर बन्यो काठमाडौं

विश्वकै सबैभन्दा प्रदूषित शहर बन्यो काठमाडौं

देशभर डढेलो लागिरहेका बेला काठमाडौंको वायु प्रदूषण खतरनाक अवस्थामा पुगेको छ । विश्…

बेलायतमा यौन सम्पर्कबाट जोगिन सरकारको निर्देशन

बेलायतमा यौन सम्पर्कबाट जोगिन सरकारको निर्देशन

बेलायतका मंकीपक्सका थप ७१ जना संक्रमित भेटिएका छन् । यससँगै मंकीपक्सबाट संक्रमितको स…

स्वास्थ्य रणनीति बनाउँदै सरकार: सरकारी अस्पताल नभएको ठाउँमा मात्र निजी अस्पताल

स्वास्थ्य रणनीति बनाउँदै सरकार: सरकारी अस्पताल नभएको ठाउँमा मात्र निजी अस्पताल

सरकारले सरकारी अस्पताल नभएका ठाउँमा मात्र निजी अस्पताल खोल्ने गरी नयाँ नीति ल्याउन ल…

भारत र चीनमा कोरोना संक्रमण बढेपछि नेपालले गरायो सचेत

भारत र चीनमा कोरोना संक्रमण बढेपछि नेपालले गरायो सचेत

भारत र चीनमा कोरोनासंक्रमण बढेपछि नेपालले संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रभाव…