अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले २ साउनमा २०८औँ भानुजयन्ती समारोह तथा ३० औँ साधारणसभा सम्पन्न गरेको छ । जुम प्रविधिका माध्यमबाट गरिएको उक्त कार्यक्रममा २०० भन्दा बढी आजीवन सदस्यहरूको सहभागिता थियो ।
नेपाल प्रज्ञाप्रतिष्ठानका उपकुलपति जगमान गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न सो समारोहको पहिलो सत्रमा साहित्यकार व्रतराज आचार्यले आदिकवि भानुभक्तका बारेमा प्रकाश पारेका थिए । अनेसास बोर्ड परिषद् अध्यक्ष गीता खत्री, विश्व नेपाली साहित्य परिषद्का अध्यक्ष सुरेन्द्र लिम्बू परदेशी, गैरआवासीय नेपाली संघ भाषा, साहित्य, संस्कृति तथा सम्पदा संवर्द्धन समितिका संयोजक हिक्मत थापा, नेप्लिज एसोसिएसन साउथ इष्ट अनेरिकाका अध्यक्ष विनय अर्याललगायतले भानुभक्तको भाषिक योगदान र अनेसासको साधारणसभाको सफलताको शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रमको दोस्रो सत्रमा अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुवेदी, पूर्वअध्यक्षहरु भीम रेग्मी, वसन्त श्रेष्ठ, सरला श्रेष्ठ, पुरु सुवेदी, पदम विश्वकर्मा, राधेश्याम लेकाली तथा अनेसास केन्द्र र बोर्ड परिषद्का सल्लाहकारहरू प्रा.डा. खगेन्द्रप्रसाद लुइटेल, रोहिणी शर्मा, एलबी क्षेत्री, सुमलकुमार गुरुङ, प्रा.डा. लक्ष्मणप्रसाद गौतम, मोहन सिटौलालगायतले शुभकामना व्यक्त गरेका थिए ।
अनेसासका महासचिव सर्वज्ञ वाग्ले र बोर्ड परिषद्का सचिव शिव लामिछानेले संस्थाको कार्य-प्रगति विवरण प्रस्तुत गरेको उक्त कार्यक्रममा केन्द्रका कोषाध्यक्ष कृष्णकुमार गिरी र बोर्ड परिषद्का कोषाध्यक्ष राम लामा अविनासीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
अनेसासका केन्द्रीय अध्यक्ष प्रकाश पौडेल 'माइला'को सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा अध्यक्ष 'माइला' ले विभिन्न देशमा रहेका अनेसास च्याप्टर तथा आजीवन सदस्यहरू अनेसासको मूल आधार एवं जग भएको बताउँदै आगामी दिनमा केन्द्रले अझै समान्वयात्मक रूपमा काम गर्ने कुरामा जोड दिए ।
कार्यक्रममा अनेसासका पूर्वसल्लाहकार कमला प्रसाईं, केन्द्रीय वरिष्ठ उपाध्यक्ष गोवर्द्धन पूजा, सचिव विमला निरौला, बोर्ड परिषद्का सदस्य तीर्थराज अधिकारी, महिला समिति संयोजक उर्मिला निर्दोषी, पोर्चुगल च्याप्टर अध्यक्ष स्पन्दन विनोद, स्पेन च्याप्टर अध्यक्ष शारदा पौडेल निशा, आजीवन सदस्यहरू शशीकिरण रेग्मी, दुर्गा शाह बाबा, शशी थापा पण्डित, ललिता दोषी, शान्ता अधिकारी घिमिरेलगायतले कार्यक्रमबारे विचार तथा जिज्ञासा राखेका थिए ।