Khabarpato logo

         

राजनीति

देउवालाई विश्वासको मत पक्का, यसरी पुग्ने भयो बहुमत

खबरदाता

खबरदाता

देउवालाई विश्वासको मत पक्का, यसरी पुग्ने भयो बहुमत

जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुर खेमाले पनि विश्वासको मत दिने भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाउने पक्का भएको छ । 

मतदानको अन्तिम समयमा आएर महन्थ खेमाले देउवालाई विश्वासको मत दिने भएको हो । अब एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल खेमाबिना नै देउवाले विश्वासको मत प्राप्त गर्ने भएका छन् । 

सर्वोच्च अदालतको परमादेशपछि प्रधानमन्त्री बनेका देउवाले १ महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधानअनुसार आजै केहीबेरमा विश्वासको मत लिँदै छन् । उनले विश्वासको मत पाउन प्रस्तावका पक्षमा १३६ मत आवश्यक पर्छ । 

त्यसका लागि कांग्रेसका ६३ मध्ये ६१ जना सांसदले मत दिन पाउँछन् । कांग्रेसका २ जना सांसद विजयकुमार गच्छदार र मोहम्मद अफ्ताब आलम निलम्बित अवस्थामा भएकाले मत दिन पाउनेछैनन् तर कायम सांसद संख्यामा भने उनीहरूको गणना हुनेछ ।

त्यसैगरी, नेकपा माओवादी केन्द्रका ५३ सांसदमध्ये चार जना बर्खास्त भएका छन् । नेकपा (एमाले)मै रहेकाले माओवादी केन्द्रका ४ जना सांसद टोपबहादुर रायमाझी, प्रभु साह, लेखराज भट्ट र गौरीशंकर चौधरीलाई माओवादीले बर्खास्त गरेको थियो ।

स्वतन्त्र रूपमा जितेका १ जना सांसद छक्कबहादुर लामा पनि अहिले माओवादी केन्द्रमै रहेकाले माओवादीका ४९ जना सांसदले मत दिन पाउनेछन् ।

जनता समाजवादी पार्टीमा जम्मा ३२ जना सांसद छन् । ३४ जनामध्ये २ जना रेशम चौधरी र हरिनारायण रौनियार निलम्बित भएकाले मतदान गर्न पाउनेछैनन् । जसपाका ३२ जनाले नै देउवालाई विश्वासको मत दिने भएका छन् । 

एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल खेमामा रहेका २३ जना सांसदमध्ये अधिकांशले संसद् जोगाउन देउवाको पक्षमा हस्ताक्षर गरेका थिए । त्यसमध्ये केहीबाहेकले देउवालाई विश्वासको मत दिने बताएका छन् ।  

प्रतिनिधिसभामा एमालेका तर्फबाट १२१ जना सांसद छन् । ओली खेमाबाहेक अरू सबै एक ठाउँमा उभिएका छन् ।

संसदमा तत्काल कायम संख्या २७१ जनाको बहुमत अर्थात् १३६ मत देउवाले ल्याउनैपर्ने हुन्छ। त्यसका लागि अहिलेसम्म कांग्रेसका ६१, माओवादी केन्द्रका ४९, जसपाका २०, राष्ट्रिय जनमोर्चाका १ जना सांसद रहेका छन् ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएको प्रक्रिया असंवैधानिक रहेको भन्दै ने…

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्च अदालतले कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरेको छ । स…

PM Prachanda bats for collective efforts to end ill-practices

PM Prachanda bats for collective efforts to end ill-practices

Prime Minister Pushpa Kamal Dahal 'Prachanda' has said that his governm…

Dr.  Rana complains of media trial in fake Bhutanese refugees scam

Dr. Rana complains of media trial in fake Bhutanese refugees scam

Nepali Congress leader and member of the House of Representatives, Dr Arzu Rana…