Khabarpato logo

         

खेलकुद

'मोटरसाइक्लिङ सेफ्टी'सम्बन्धी ३ महिने अभियान संचालनमा

खबरदाता

खबरदाता

'मोटरसाइक्लिङ सेफ्टी'सम्बन्धी ३ महिने अभियान संचालनमा

फेडरेसन अफ इन्टरनेसनल डेल मोटोसाइक्लिजम (एफआईएम_को सहयोगमा नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल)को समन्वय र बीमा नेपालको व्यवस्थापनमा 'सेफ्टी राइडिङ इनिसिएटिभ'को २ साउनमा काठमाडौँमा शुभारम्भ गरिएको छ । 

नेपाल अटोमोबाइल्स एसोसिएसनका अनुसार ललितपुरको सातदोबाटोस्थित नासा नेपालको कार्यालयमा एक विशेष कार्यक्रमका बीच राष्ट्रिय खेलकुद परिषद्का सदस्य तथा माउन्टेन स्पोर्ट्स फेडरेसन नेपालका अध्यक्ष गोविन्द भट्टराई र नासा नेपालका अध्यक्ष दशरथ रिसालले सो अभियानको सुरुवात गरेका हुन् ।

कार्यक्रममा बीमा नेपालकी संयोजक सुनिता देशारले मोटरसाइकल राइडिङको टर्मिनोलोजी र टुल्स, सेफ्टी राइडिङको महत्त्व तथा नासा नेपाल तथा एफआईएमको अभियान  र नासा नेपालका उपाध्यक्ष अनिल बरालले नासा नेपाल तथा बीमा नेपालको सहकार्यका बारेमा प्रस्तुतीकरण दिएका थिए । अभियानका सदस्य प्रमोद श्रेष्ठ ‘गुफी’ र बीमा नेपालकी कोषाध्यक्ष सोनी तण्डुकारले कार्यक्रमका बारेमा राइडरहरूलाई जानकारी गराएका थिए ।

कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्यद्वय सुवास श्रेष्ठ र सम्पन्न श्रेष्ठ, सगरमाथा आरोही तथा राइडर कल्पना महर्जन, नासा नेपालका कार्यसमिति सदस्य दिप्रश शाक्यलगायतको उपस्थिति रहेको थियो । उक्त अवसरमा सहभागी राइडर तथा अफिसियलहरूलाई सेफ्टी राइडिङको प्रयोगात्मक अभ्याससमेत  गराइएको थियो । 

यस अभियानअन्तर्गत देशभरका १ हजार महिला मोटरसाइकल र स्कुटर राइडरहरूलाई अनुशिक्षण प्रदान गरिनेछ । राइडरहरूले ट्राफिक रुल्स एन्ड रेगुलेसन, मेकानिकल एन्ड टेक्निकल तथा मोटरसाइकल सेफ्टी एन्ड सस्टेनेबिलिटीका बारेमा आवश्यक जानकारी प्राप्त गर्नेछन् । नेपालभर झापा, धरान, निजगढ, हेटौँडा, तुलसीपुर, कावासोती, नारायणगढ, पोखरा, सुर्खेत, धनगढी र काठमाडौँलगायतका विभिन्न शहरमा उक्त कार्यक्रम संचालन गरिने बताइएको छ  । 

एफआईएमको टु टायर सिस्टमअन्तर्गत स्पोर्ट्स र वियोन्ड स्पोर्ट्स रहेकामा सो अभियान वियोन्ड स्पोर्ट्सअन्तर्गत नासा नेपालको विशेष टिमले संचालन गर्नेछ । उक्त विशेष टिममा गोविन्द भट्टराई, सन्तोष न्यौपाने, प्रकाश कपुरी, विनोद तुण्डकार, प्रमोद श्रेष्ठ ‘गुफी’, सुनिता देशार, रवि थापा र विपीन गौतमलगायतका व्यक्तित्वहरू संलग्न रहेको नेपाल अटोमोबाइल्स एसोसिएसनले उल्लेख गरेको छ । 

नेपालमा हाल ४० लाखभन्दा बढी सवारी साधन दर्ता भएको यातायात व्यवस्था विभागको तथ्यांक रहेकामा तीमध्ये ८० प्रतिशत हाराहारी मोटरसाइकल रहेका छन् । प्रत्येक दिन हुने सवारी दुर्घटनामा मोटरसाइकल र स्कुटर जस्ता टु ह्विलरको सङ्ख्या अत्यधिक रहेको आँकडा छ । पछिल्लो दिनमा महिला राइडरहरू बढ्दै गएको परिप्रेक्ष्यमा उनीहरूसमेत दुर्घटनामा पर्ने सम्भावना अत्यधिक देखिएको र यस कारण पनि महिला राइडरहरूका लागि यस किसिमका जागरण अभियान संचालन गर्नुपर्ने आवश्यकता रहेको भट्टराईले बताए । 

विश्वव्यापी रूपमा संयुक्त राष्ट्र संघले नै रोड सेफ्टी दशक (२०२०–२०३०) संचालन गरिरहेको छ । यसअन्तर्गत हाल सडक दुर्घटनाबाट हुने १३ लाख मृत्यु दरको संख्यालाई १० वर्षमा आधा घटाउने घोषणासहितको कार्ययोजना सार्वजनिक गरेको छ । विभिन्न सदस्य राष्ट्रहरूले यसैअनुसारको रणनीति तयार गरेका छन् । नेपाल सरकारले पनि रोड सेफ्टी एक्सन प्लान २०२०-२०३० को प्रस्ताव सार्वजनिक बहसमा ल्याएको छ तर  यसलाई नेपाल सरकारले अनुमोदन गरी कार्यान्वयनमा ल्याउन सकेको छैन । 

मोटरसाइकलबाट हुने दुर्घटनाका कारण अत्यधिक मात्रामा टाउकोमा चोट लाग्ने गरेको पाइन्छ र यसको मुख्य कारण गुणस्तरीय हेलमेटको अभाव देखिन्छ साथै ठिक ढङ्गले हेलमेट तथा राइडिङ गियर नहुनु पनि यसको अर्को कारण मान्न सकिने भट्टराईको भनाइ छ । 'अझ अधिकांश दुर्घटनामा पिलिएन राइडर अर्थात् पछिल्लो भागमा बस्ने राइडरलाई बढी क्षति पुगेको पाइन्छ । यसले गर्दा पिलिएन राइडरलाई पनि गुणस्तरीय हेलमेट अनिवार्य गर्न ढिलाइ भइसकेको छ', उनी भन्छन् ।

नेपाल गुणस्तर तथा नापतौल विभागले नासा नेपालको लामो लबिङपश्चात् हेलमेटको राष्ट्रिय गुणस्तर मापदण्ड निर्धारण गरिसकेको र यसलाई ऐनमार्फत बाध्यकारी बनाएर कार्यान्वयन गर्नका लागि दबाब दिनु यस क्षेत्रमा संलग्न सबैको दायित्व भएको अभियानकर्मीहरू बताउँछन् ।

देशव्यापी रूपमा संचालन गरिने सेफ्टी राइडिङ इनिसिएटिभ अभियानअन्तर्गत मोटरसाइकलको महत्त्व र फाइदा, मोटरसाइकलमार्फत महिला सशक्तीकरण, मोटरसाइक्लिङ स्पोर्ट्स, टु ह्विल टुरिङ र ई-बाइकका बारेमा समेत आधारभूत जानकारी प्रदान गरिने नेपाल अटोमोबाइल्स एसोसिएसनले जनाएको छ  ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

एसिया कप आजदेखि, कस-कसबीच हुनेछ खेल?

एसिया कप आजदेखि, कस-कसबीच हुनेछ खेल?

एसिया कपको १६औँ संस्करण आज (बुधबार)देखि सुरु हुँदै छ । पाकिस्तानको मुल्तानमा अपराह्…

Taplejung Gold Cup football tournament from Thursday

Taplejung Gold Cup football tournament from Thursday

The Taplejung Gold Cup Football Tournament is to begin from August 31 (Thursday…

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

घरेलु टोली पाकिस्तानले एसिया कप २०२३ को उद्घाटन खेलमा नेपालविरुद्ध खेल्ने पहिलो रोज…

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

म्यानचेस्टर सिटीका फरवार्ड एर्लिङ हालान्डले पीएफए वर्ष खेलाडीको अवार्ड प्राप्त गरेका छन् …