Khabarpato logo

         

अर्थ/वाणिज्य

अर्थमन्त्रीमाथि सांसदका प्रश्नै प्रश्न

खबरदाता

खबरदाता

अर्थमन्त्रीमाथि सांसदका प्रश्नै प्रश्न

अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको मुलुकको आर्थिक स्थितिसम्बन्धी वक्तव्यमाथि राष्ट्रियसभाका सांसदहरूले बजेटलाई प्रतिस्थापन गर्ने विधेयक कहिले आउँछ ? भनी प्रश्न गरेका छन् । 

सांसद डा. खिमलाल देवकोटाले अर्थमन्त्रीले वैदेशिक ऋण बढेको उल्लेख गरेकाले उनलाई ऋणबिना नै अघि बढ्न लागिएको हो ? भनी प्रश्न गरे । नेपाली कांग्रेसका प्रकाश पन्थले अपाङ्गता भएकाहरूले सामाजिक सुरक्षा भत्ता पाउनुपर्नेमा जोड दिए । 

सांसद प्रमिला देवीले पछाडि परेका नागरिकका लागि विशेष व्यवस्था हुनुपर्ने बताइन् भने सांसद उदया शर्मा पौडेलले गरी खाने वर्गले खोप पाउनुपर्ने माग गरिन् । सांसद रामनारायण बिडारीले कृषिमा वैदेशिक लगानी भित्र्याउने कि यो क्षेत्रलाई आत्मनिर्भर बनाउने ? भनी सरकार प्रष्ट हुनुपर्ने बताए । सांसद ठगेन्द्रप्रकाश पुरीले अध्यादेश बजेट प्रतिस्थापन विधेयक कहिले आउँछ ? भनी प्रश्न गर्दै त्यसमा राप्ती लोकमार्गले प्राथकिता पाउनुपर्नेमा जोड दिए ।

सांसद देवेन्द्र दाहालले प्रतिस्थापन विधेयकमा यसअघिको सरकारले ल्याएको बजेटभन्दा नयाँ बजेट ल्याउन लागेको कि त्यही बजेटको आकार मात्र बढाउन लागिएको हो ? भनी प्रश्न गरे । नेपाल कम्युनिस्ट पार्टी (एमाले)की तुलसाकुमारी दाहालले पहिलो पटक कोरोनाको परीक्षण हङकङमा पठाइएकामा अहिले परीक्षण र उपचारमा नेपाल धेरै अघि बढिसकेको बताइन् ।

सांसद भैरवसुन्दर श्रेष्ठ श्वेतपत्रमा यो सरकार ५ दलीय गठबन्धन भन्ने उल्लेख भएको भन्दै ती दल कुनकुन हुन् ? भनी प्रश्न गरे । नेपाली कांग्रेसकी अनिता देवकोटाले यसअघिको सरकारले अध्ययन नै नगरी भर्चुअल उद्घाटन भएका सडकको अवस्थाका बारेमा जिज्ञासा राखिन् । नेकपा (एमाले)की सांसद भगवती न्यौपानेले माओवादी केन्द्र पटक पटक सरकारमा संलग्न भएकाले विगतमा भएका कमजोरीको जिम्मेवारी पनि लिनुपर्नेमा जोड दिइन् । 

सांसद डा. विमला राई पौडेलले ४ महिनाभन्दा बढी समय भारतले गरेको नाकाबन्दीले अर्थतन्त्रमा नकारात्मक असर गरेको उल्लेख गर्दै गत आर्थिक वर्षमा कोभिड संक्रमणका कारण राजस्व कम र खर्च बढ्दा संचिती घटेको उल्लेख गरिन् । सांसद कोमल वलीले कोभिडको प्रभाव कृषि, उद्योग, पर्यटनमा कति परेको र त्यसविरुद्ध लड्न सरकारको तयारी के छ भन्ने विषयमा अर्थमन्त्री शर्मासँग जानकारी मागिन् ।

सांसद विमला घिमिरेले सामाजिक सुरक्षा कार्यक्रममा के कुरा दोहोरिएको छ ? भनी प्रश्न गर्दै अघिल्लो सरकारले स्वास्थ्यमा छुट्याएको बजेटले निरन्तरता पाउँछ या पाउँदैन भनी जिज्ञासा राखिन् ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

Minister Rijal asks local levels to remove double taxation

Minister Rijal asks local levels to remove double taxation

Minister for Industry, Commerce and Supply, Ramesh Rijal, has urged the local l…

लम्पी स्किनविरुद्धको खोप अभियान गरिने

लम्पी स्किनविरुद्धको खोप अभियान गरिने

चितवनमा पशु चौपायमा देखिएको लम्पी स्किन रोग नियन्त्रणका लागि खोप अभियान सुरु गरिने …

'Province does not invest in unproductive sectors'

'Province does not invest in unproductive sectors'

Gandaki Province Chief Minister Surendra Raj Pandey has said the province gover…

चल्मलाउन थाल्यो सौराहाको पर्यटन

चल्मलाउन थाल्यो सौराहाको पर्यटन

बर्सातसँगै सडक सञ्जाल जोखिम बनिरहँदा समेत चिनियाँसहित अन्य पर्यटक आएपछि सौराहाका हो…