Khabarpato logo

         

खेलकुद

टी-ट्वान्टी विश्वकपका लागि अस्ट्रेलियन क्रिकेट टोली घोषणा, यी छन् खेलाडी

न्युज कारखाना

न्युज कारखाना

टी-ट्वान्टी विश्वकपका लागि अस्ट्रेलियन क्रिकेट टोली घोषणा, यी छन् खेलाडी

यूएई र ओमानले संयुक्त रूपमा आयोजना गर्ने आईसीसी टी- ट्वान्टी विश्वकपका लागि अस्ट्रेलियन क्रिकेट टोलीको घोषणा भएको छ । १७ अक्टोबरदेखि सुरु हुने विश्वकपको लागि अस्ट्रेलियाले घुँडाको चोटबाट फर्किएका आरोन फिन्चको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो । 

फिन्चको कप्तानी टोलीमा डेभिड वार्नर, स्टिभ स्मिथ, ग्लेन म्याक्सवेल, मार्कोस स्टोनिस, प्याट कमिन्स, केन रिचर्डसन जस्ता अनुभवी खेलाडी रहेका छन् । 

अस्ट्रेलियाले विश्वकप अघि अफगानिस्तान र वेष्ट इण्डिजसँग वार्म अप म्याच खेल्ने तयारी गरेको छ । २ समूहमा विभाजन गरिएको सुपर १२ विश्वकपमा अस्ट्रेलिया समूह 'ए'मा रहेको छ । अस्ट्रेलियाले २३ अक्टोबरमा दक्षिण अफ्रिकासँग खेल्दै टी- ट्वान्टी विश्वकप सुरुवात गर्नेछ । 

यस समूहमा अस्ट्रेलियासहित इङ्ग्ल्याण्ड, साउथ अफ्रिका र वेष्ट इण्डिज रहेका छन् भने २ टोली थप हुनेछन् । प्रतियोगिताको फाइनल खेल १४ नोभेम्बरमा हुनेछ । 

अस्ट्रेलियाले घोषणा गरेको टिम 

अस्ट्रेलियाको टिममा आरोन फिन्च, डेभिड वार्नर, स्टिभ स्मिथ, ग्लेन म्याग्स्वेल, मिचल मार्स,  म्याथ्यु वेड,  एस्टन अगर, प्याट कमिन्स, मिचल स्टार्क, केन रिचर्डसन, एडम जाम्पा,  जोस हाजलउड, मार्कोस स्टोनिस, मिचेल स्विप्सन र जोस इङ्ग्लिस रहेका छन् । 

यस्तै, रिजर्भ खेलाडीमा डेनिल क्रिष्टियन, नाथन एलिस र डेनियल साम्स रहेका छन् ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

एसिया कप आजदेखि, कस-कसबीच हुनेछ खेल?

एसिया कप आजदेखि, कस-कसबीच हुनेछ खेल?

एसिया कपको १६औँ संस्करण आज (बुधबार)देखि सुरु हुँदै छ । पाकिस्तानको मुल्तानमा अपराह्…

Taplejung Gold Cup football tournament from Thursday

Taplejung Gold Cup football tournament from Thursday

The Taplejung Gold Cup Football Tournament is to begin from August 31 (Thursday…

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

घरेलु टोली पाकिस्तानले एसिया कप २०२३ को उद्घाटन खेलमा नेपालविरुद्ध खेल्ने पहिलो रोज…

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

म्यानचेस्टर सिटीका फरवार्ड एर्लिङ हालान्डले पीएफए वर्ष खेलाडीको अवार्ड प्राप्त गरेका छन् …