Khabarpato logo

         

राजनीति

एमालेभित्र नेता तानातानको शृंखला सुरु

न्युज कारखाना

न्युज कारखाना

एमालेभित्र नेता तानातानको शृंखला सुरु

औपचारिक विभाजनको बाटोमा गएको नेपाल कम्युनिस्ट पार्टी (एमाले)भित्र नेता तानातानको शृंखला सुरु भएको छ । 

वरिष्ठ नेता माधव नेपाल र झलनाथ खनालले नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ताको प्रक्रिया अघि बढाएपछि विगतमा नेपाल खेमाबाट टाढिएका उनका सम्धी सोमप्रसाद पाण्डे पुनः नेपालतिरै फर्किएका छन् । 

उता, माधव नेपाललाई साथ दिने बताउँदै आएका एमाले उपाध्यक्ष वामदेव गौतम भने दुवै पार्टीका बैठकमा सहभागी भएका छैनन् । 

चन्द्रागिरि रिसोर्टमा जारी प्रस्तावित नेकपा (एकीकृत समाजवादी) पार्टीको बैठकमा विगतमा एमालेमै रहेका भनिएका पाण्डे, माया ज्ञवाली, रामप्रीत पासवानलगायतका नेता सहभागी भएको सो पार्टीका नेता जगन्नाथ खतिवडाले बताए । 

उपाध्यक्ष गौतम भने हिजोदेखि जारी नेपाल पक्षधर नेताहरूको बैठकमा सहभागी भएनन् भने तुल्सीलाल स्मृति प्रतिष्ठानमा जारी स्थायी कमिटी बैठकमा समेत सहभागी भएका छैनन् । एमाले पार्टी कार्यालयका शेरबहादुर तामाङका अनुसार गौतम अहिलेसम्म बैठकमा सहभागी हुन पुगेका छैनन् । 

विगतमा नेपाललाई साथ दिँदै आएका १० जना स्थायी कमिटी सदस्य जारी बैठकमा सहभागी भए पनि गौतम हालसम्म बैठकमा उपस्थित भइ नसकेको तामाङले जानकारी दिए । 

पार्टी विभाजनको कसरत भइरहेका वेला दुवैतर्फबाट केन्द्रीय सदस्य पनि तानातान चलिरहेको छ । निर्वाचन आयोगले बुधबार नेकपा एकीकृत समाजवादी पार्टी दर्ताका लागि सनाखत गर्न साढे २ घन्टाको समय छुट्याएको छ ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएको प्रक्रिया असंवैधानिक रहेको भन्दै ने…

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्च अदालतले कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरेको छ । स…

PM Prachanda bats for collective efforts to end ill-practices

PM Prachanda bats for collective efforts to end ill-practices

Prime Minister Pushpa Kamal Dahal 'Prachanda' has said that his governm…

Dr.  Rana complains of media trial in fake Bhutanese refugees scam

Dr. Rana complains of media trial in fake Bhutanese refugees scam

Nepali Congress leader and member of the House of Representatives, Dr Arzu Rana…