Khabarpato logo

कला/साहित्य

नेपाली निर्देशक भट्टले गरे सुनिल शेट्टीलाई फिल्म अफर

एजेन्सी

एजेन्सी

नेपाली निर्देशक भट्टले गरे सुनिल शेट्टीलाई फिल्म अफर

एक्सन र थ्रिलर जनरमा फिल्म निर्देशन गर्दै आइरहेका मुकुन्द भट्टले आफ्नो नयाँ फिल्म ‘एक्स ९’ लाई बृहत् बनाउने तयारी थालेका छन् ।

नेपाली फिल्म नगरीका मह‌गा अभिनेता अनमोल केसीलाई लिड रोलमा अनुबन्ध गरेका मुकुन्दले बलिउड अभिनेता सुनिल शेट्टीलाई फिल्म अफर गरेका छन् । फिल्मको कुराकानी विभिन्न माध्यमबाट गरे पनि हालै उनले मुम्बईमा भेटेर अफर गरेका हुन् । पछिल्लो समय बलिउड तथा दक्षिण भारतीय फिल्ममा भिलेनको भूमिकामा देखिने गरेका सुनिललाई एन्टागोनिस्टकै भूमिका अफर गरिएको छ ।

मुकुन्दले सुनिलसँगको मौखिक कुराकानी सकारात्मक रहेको जनाउँदै सामाजिक संजालमार्फत केही दिनमा यसबारे बताउने उल्लेख गरेका छन् ।

'उहाँले मेरो पछिल्लो निर्देशित फिल्म हेर्नुभयो र मैले अपनाएको शैलीको तारिफ गर्नुभयो', निर्देशक भट्टले लेखेका छन्, 'उहाँ आफ्नो भूमिकालाई लिएर उत्साहित हुनुहुन्छ ।' यद्यपि, फिल्ममा उनी अनुबन्धित भने भइसकेका छैनन् । फिल्मको छायांकन नेपाल, भारत र युरोपमा गर्ने तयारी भइरहेको जनाउँदै निर्देशक भट्टले सुनिलले दैनिक पारिश्रमिकमा काम गर्ने जनाए । उनले एक सातामै उनको काम सक्ने तयारीसमेत थालेका छन् । 

नेपाली फिल्मलाई नयाँ लेभलको बनाउने सोचअनुसार यस पटक कथा पनि सोहीअनुसार तयार पारेको मुकुन्द बताउँछन् । तिहारपछि यसको छायांकन सुरु गर्ने योजना निर्माण पक्षको छ ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि