Khabarpato logo

         

अर्थ/वाणिज्य

नेप्से हरियाली : ८७.६३ अंकको वृद्धि

खबरदाता

खबरदाता

नेप्से हरियाली : ८७.६३ अंकको वृद्धि

साताको दोस्रो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा हरियाली छाएको छ । आज नेप्से ८७.६३ अंकले बढेर २ हजार ६७२.२५ विन्दुमा पुगेको छ । आइतबार पनि नेप्से २७.५१ अंकले बढेर २ हजार ५८४.५३ विन्दुमा पुगेको थियो ।   

त्यस्तै, आज नेप्सेमा हरियाली छाएसँगै कारोबार रकम पनि बढेको छ । आज नेप्सेमा २२९ कम्पनीको ८ करोड ३९ लाख ५ हजार ८६४ कित्ता शेयर किनबेच हुँदा कुल ४ अर्ब ३० करोड ८८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार २ अर्ब ७७ करोड ३४ लाख रुपैयाँ बराबरमा कारोबार सीमित भएको थियो ।

त्यस्तै, आज सबैभन्दा बढी कारोबार महालक्ष्मी विकास बैंकको भएको छ । यास बैंकको आज १६ करोड २५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।        

आज सबै समूहको सूचकमा हरियाली छाएको छ । आज हाइड्रोपावर र फाइनान्स समूहको सूचक ७ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ भने आज व्यापार समूहको सूचक शून्य प्रतिशतभन्दा धेरैले मात्र उकालो लागेको छ । बाँकी सबै समूहको सूचकमा एक प्रतिशतदेखि ६ प्रतिशतभन्दा धेरैले सुधार आएको छ ।  

नेप्सेका अनुसार आज कारोबार भएका कम्पनीमध्ये १८ वटा कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै, १५ वटा कम्पनीको शेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ भने ९ वटा कम्पनीको शेयर मूल्य ८ प्रतिशतभन्दा धेरैले बढेको छ ।  

नेप्सेका अनुसार आज सबैभन्दा धेरै फाइदा कमाउनेमा हिमाल दोलखा हाइड्रोपावर कम्पनीको लगानीकर्ता रहेका छन् । कम्पनी १० प्रतिशतभन्दा धेरैले फाइदामा गरेको छ । त्यस्तै, आज सबैभन्दा धेरै गुमाउनेमा सांग्रिला डेभलपमेन्ट बैंक डिभेञ्चर २०८७ का लगानीकर्ता रहेका छन् । बैंकको शेयर मूल्य ४ प्रतिशतले ओरालो लागेको छ ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

Minister Rijal asks local levels to remove double taxation

Minister Rijal asks local levels to remove double taxation

Minister for Industry, Commerce and Supply, Ramesh Rijal, has urged the local l…

लम्पी स्किनविरुद्धको खोप अभियान गरिने

लम्पी स्किनविरुद्धको खोप अभियान गरिने

चितवनमा पशु चौपायमा देखिएको लम्पी स्किन रोग नियन्त्रणका लागि खोप अभियान सुरु गरिने …

'Province does not invest in unproductive sectors'

'Province does not invest in unproductive sectors'

Gandaki Province Chief Minister Surendra Raj Pandey has said the province gover…

चल्मलाउन थाल्यो सौराहाको पर्यटन

चल्मलाउन थाल्यो सौराहाको पर्यटन

बर्सातसँगै सडक सञ्जाल जोखिम बनिरहँदा समेत चिनियाँसहित अन्य पर्यटक आएपछि सौराहाका हो…