Khabarpato logo

         

राजनीति

भ्रातृ संघ तथा शुभेच्छुक संस्थाका विधानमाथि छलफल गर्दै कांग्रेस

खबरदाता

खबरदाता

भ्रातृ संघ तथा शुभेच्छुक संस्थाका विधानमाथि छलफल गर्दै कांग्रेस

नेपाली कांग्रेसको पदाधिकारी बैठक बुधबार बस्दै छ । सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १ बजे बैठक बस्ने सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिए  । 

उनका अनुसार बैठकमा पार्टीका भ्रातृ संघ तथा शुभेच्छुक संस्थाका विधानमाथि छलफल हुनेछ । केन्द्रीय सदस्य एनपी साउद नेतृत्वको समितिले तयार पारेको मस्यौदा भ्रातृ संघ तथा शुभेच्छुक संस्थाका विधानका रूपमा पारित भइसकेपछि पदाधिकारी बैठकमा छलफल भइरहेको छ । पदाधिकारी बैठकमा छलफल गरेर विधानमाथि सुझाव दिने सहमहामन्त्री पाण्डेले बताए । 

केही दिनदेखि जारी छलफलमा दलित संघ, महिला संघलगायत ६ वटा भ्रातृसंघका विधानमाथि छलफल गरेर सुझाव दिने नेता साउदले बताए । ‘मेरो नेतृत्वको समितिले तयार पारेको विधानको ड्राफ्टमथि छलफल गरेर विधानको रूपमा पारित भइसकेको छ, सोही विधानलाई पार्टी पदाधिकारीले अध्ययन गरेर सुझाव दिने काम भइरहेको छ’, नेता साउदले भने ।

पार्टीको केन्द्रीय समिति बैठकमा उठेका सुझावलाई समावेश गरेर विधान पारित भइसकेको हो । नेपाली कांग्रेसले म्याद सकिएका सबै भ्रातृ तथा शुभेच्छुक संस्थाको महाधिवेशन गर्न विधान तयार पारेर पदाधिकारी बैठकमा छलफल भइरहको छ । 

कांग्रेसले भ्रातृ संघ तथा शुभेच्छुक संस्थाको अधिवेशन विधानअनुसार गर्न नसक्दा आलोचना हुँदै आएको छ भने भ्रातृसंघले गति लिन नसक्दा ऊर्जाहीन भएका छन् । पार्टीको १४औँ महाधिवेशनमार्फत शेरबहादुर देउवा सभापतिमा दोहोरिएपछि म्याद गुज्रिएका सबै भ्रातृ तथा शुभेच्छुक संघको अधिवेशन गर्ने कांग्रेसले तयारी गरेको छ ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएको प्रक्रिया असंवैधानिक रहेको भन्दै ने…

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्च अदालतले कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरेको छ । स…

PM Prachanda bats for collective efforts to end ill-practices

PM Prachanda bats for collective efforts to end ill-practices

Prime Minister Pushpa Kamal Dahal 'Prachanda' has said that his governm…

Dr.  Rana complains of media trial in fake Bhutanese refugees scam

Dr. Rana complains of media trial in fake Bhutanese refugees scam

Nepali Congress leader and member of the House of Representatives, Dr Arzu Rana…