Khabarpato logo

         

राजनीति

एमालेले निश्कासन गरेका १४ सांसदको फैसला अब पूर्ण इजलासबाट, सर्वोच्चले अन्तरिम आदेश दिएन

खबरदाता

खबरदाता

एमालेले निश्कासन गरेका १४ सांसदको फैसला अब पूर्ण इजलासबाट, सर्वोच्चले अन्तरिम आदेश दिएन

सर्वोच्च अदालतले नेकपा एमालेले निश्कासन गरेका १४ जनम सांसदको मुद्दालाई फैसलाका लागि पूर्ण इजलासमा पठाउन आदेश गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश ईश्वर खतिवडा र कुमार चुँडालको इजलासले फैसलाका लागि पूर्ण इजलासमा पठाउन आदेश दिएको हो । फैसलाका लागि भने मिति तोकिएको छैन । 

सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले उक्त मुद्दा फैसलाका लागि पूर्ण इजलासमा पठाउने आदेश भएको बताए । निवेदकको पक्षबाट बहस गरेका पूर्वमहान्यायाधिवक्ता रमेश बडालले अन्तरिम आदेश नआएको र फैसलाका लागि मिति तोक्ने आदेश भएको बताए । 

‘अन्तरिम आदेश आएको भए १४ सांसदले काम गर्न पाउने थिएनन् । तर, पूर्ण फैसलाका लागि मिति तोक्ने फैसला भएको छ । फैसलाका लागि मिति तोकिन्छ’, बडालले भने । 

एमाले अध्यक्ष केपी ओलीले एमालेले साधारण सदस्य र सांसद सदस्यबाट निश्कासन गरेका १४ जना सांसदलाई पदमुक्त नगरी सभामुखले गैरकानुनी काम गरेको तथा तिनै व्यक्तिको सनाखतबाट नयाँ दल दर्ता भएको भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए । गत १७ भदौमा परेको रिट निवेदनमा पटकपटक सुनुवाइ सर्दै आएको छ । 

पटकपटक पेसी चढेर हेर्न नभ्याइनेमा पर्दै आएको थियो । सर्वोच्चले उक्त मुद्दा उपर निकास नदिँदा संसद्समेत बन्धक छ । एमालेको अवरोधकाबीच संसद्ले आफ्नो कामकारबाही अगाडि बढाउनुपर्ने बाध्यता छ । 

अध्यक्ष ओलीले लुम्बिनी प्रदेशका २ जना सांसद विमला वली र अजय शाहीलाई निश्कासनको कारबाही अघि नबढाएकामा लुम्बिनी प्रदेशका सभामुखलाई समेत विपक्षी बनाएका छन् । एमालेको सूर्य चिह्न लिएर निर्वाचित भएका वली र शाहीलाई निश्कासन गरिएको सूचना सभामुखले प्रकाशन नगरेको भन्दै एमाले अदालत गएको थियो ।  

त्यस्तै, एमालेले २५ साउनमा माधवकुमार नेपालसहित १४ जना सांसदहरूलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निश्कासन गर्ने निर्णय गरेको थियो । उक्त निर्णयको पत्र १ भदौमा संसद् सचिवालय र निर्वाचन आयोगमा पठाएको थियो । 

संसद् सचिवालयले निश्कासनको सूचना टाँस नगरेपछि माधव नेपालले एमालेबाट विभाजनका लागि निर्वाचन आयोगमा निवेदन दिए । आयोगले नेकपा (एकीकृत समाजवादी)लाई दलको मान्यता दिएको थियो । त्यसपछि मात्र संसद् सचिवालयले नयाँ दल दर्ता भइसकेकाले कारबाही गर्नु नपर्ने सूचना टाँसेको थियो । 

कानुनबमोजिम पार्टीले प्रक्रिया पूरा गरेर निश्कासन गरेका सांसदहरूलाई सभामुखले पदमुक्त नगरेको भन्दै अहिले एमालेले संसद् अवरोध गर्दै आएको छ । एमालेले उनीहरूलाई सांसदको रूपमा संसदमा प्रवेश दिएको विरोधमा सदन अवरोध गर्दै आएको छ ।

एमालेले नेकपा एसका सांसद्हरू माधवकुमार नेपाल, विरोध खतिवडा, रामकुमारी झाँक्री, मेटमणि चौधरी, जीवनराम श्रेष्ठ, मुकुन्द न्यौपाने, भवानी खापुङ, कृष्णलाल महर्जन, नीरा जैरु, सरला यादव, पुष्पा कर्ण कायस्थ, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी र कलिला खातुनलाई निश्कासन गरेको थियो ।

१८ भदौदेखि उक्त मुद्दामा निरन्तर बहस चल्दै आएको छ । यसबीचमा ७ पटक हेर्न नभ्याउनेमा परेको थियो भने एक पटक स्थगित भएको थियो ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएको प्रक्रिया असंवैधानिक रहेको भन्दै ने…

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्च अदालतले कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरेको छ । स…

PM Prachanda bats for collective efforts to end ill-practices

PM Prachanda bats for collective efforts to end ill-practices

Prime Minister Pushpa Kamal Dahal 'Prachanda' has said that his governm…

Dr.  Rana complains of media trial in fake Bhutanese refugees scam

Dr. Rana complains of media trial in fake Bhutanese refugees scam

Nepali Congress leader and member of the House of Representatives, Dr Arzu Rana…