Khabarpato logo

         

राजनीति

एमसीसीबारे भ्रम चिर्दै कांग्रेस

खबरदाता

खबरदाता

एमसीसीबारे भ्रम चिर्दै कांग्रेस

स्थानीय निर्वाचनको संघारमा पनि कांग्रेस नेताहरू अमेरिकी सहयोग परियोजना एमसीसीबारे प्रष्टीकरण दिइरहेका छन् । परियोजना १५ माघमा संघीय संसद्ले अनुमोदन भएको हो ।

हाल कार्यान्वयनको चरणमा रहेको परियोजनाबारे निर्वाचन केन्द्रित कार्यक्रममा पनि कांग्रेस नेताहरू अधिक समय लिएर बोल्ने गरेका छन् ।

सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार नुवाकोटको तादी गाउँपालिका पुगेर एमसीसी राष्ट्रहितमा रहेको दाबी गरे, जुन कुरा जनताले भोलि देख्ने उनको भनाइ छ ।

सोही दिन महामन्त्री गगनकुमार थापाले पनि एमसीसी पारित गराउन पार्टीले गरेको अगुवाइको प्रतिरक्षा गरे । 

उनले एमाले र माओवादी कार्यकर्ताले एमसीसी कांग्रेसले पास गरेको भनिए पार्टीका अध्यक्षहरूलाई प्रश्न गर्न लगाउनुपर्ने बताए ।

प्रधानमन्त्री देउवा र महामन्त्री थापा मात्र होइन, पार्टीका अन्य पदाधिकारी, कार्यसम्पादन समिति सदस्य, सांसद र केन्द्रीय सदस्यहरूले पनि एमसीसीबारे प्रष्टीकरण दिने गरेका छन् । 

सहमहामन्त्री भीष्मराज आङ्देम्बे कम्युनिस्ट पार्टीहरूले एमसीसीबारे जनतालाई पूरै भ्रमित बनाएको बताए । त्यही भ्रमलाई कांग्रेस नेताहरूले निर्वाचनको मुखमा चिर्नुपरेको स्पष्ट पारे ।

‘विभिन्न कालखण्डमा कम्युनिस्टहरूले पनि एमसीसीलाई बोकेर ल्याएका हुन् तर माछा देख्दा दुलोभित्र हात हाल्ने र सर्प देख्दा बाहिर निकाल्ने वा सत्तामा बस्दा एउटा कुरा गर्ने र बाहिर हुँदा अर्को कुरा गर्ने कम्युनिस्टहरूको चरित्र देखियो । यस्तो चरित्र पनि उदांगो पार्ने काम हुँदै छ’, आङ्देम्बे बताउँछन् ।

कांग्रेसले एमसीसीलाई देश विकासको आधार मानेको छ । सरकारको प्राथमिकतामा परेको आयोजना भन्ने गरेको छ । महामन्त्री थापा त अनुदान सहयोग अमेरिकाले मात्र नभई अन्य देशले दिए पनि सहर्ष स्वीकारेर लिनुपर्ने पक्षमा छन् । 

एमसीसीबारे कांग्रेसले बुकलेट नै तयार गरेको छ, जुन स्थानीय तहसम्मै पठाइसकेको छ । बुकलेटले भ्रम चिर्न सहयोग पुग्ने विश्वास कांग्रेसको छ । भ्रम चिर्न नसके स्थानीय निर्वाचनमा असर पर्न सक्ने बुझाइका आधारमा बुकलेट तयार गरेको कांग्रेसले जनाएको छ ।

तर, १५ माघमा ब्याख्यात्मक घोषणामार्फत एमसीसीको पक्षमा नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) पनि उभिएका थिए ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएको प्रक्रिया असंवैधानिक रहेको भन्दै ने…

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्च अदालतले कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरेको छ । स…

PM Prachanda bats for collective efforts to end ill-practices

PM Prachanda bats for collective efforts to end ill-practices

Prime Minister Pushpa Kamal Dahal 'Prachanda' has said that his governm…

Dr.  Rana complains of media trial in fake Bhutanese refugees scam

Dr. Rana complains of media trial in fake Bhutanese refugees scam

Nepali Congress leader and member of the House of Representatives, Dr Arzu Rana…