Khabarpato logo

         

राजनीति

सरकार परिवर्तन प्रयासमा कांग्रेस

खबरदाता

खबरदाता

सरकार परिवर्तन प्रयासमा कांग्रेस

गत ३० फागुनमा कैलाली आएका बेला नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दहाल 'प्रचण्ड'ले सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली कांग्रेस पनि चाँडै नै आउने बताए । प्रचण्डको यस्तो भनाइपछि सुदूरपश्चिम प्रदेश सरकारमा कांग्रेसको सहभागिता भइहाल्छ होला भन्ने धेरैको सोचाइ थियो ।

तर, कांग्रेसमा भने अझै पनि प्रदेश सरकारको मन्त्रिपरिषद्‌मा जाने वा नजाने भन्ने दुविधा छ । ‘पार्टीले अझै पनि कुनै निर्णय पठाएको छैन’, नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता डा. रणबहादुर रावलले भने, ‘कसलाई मन्त्री बनाउने भन्ने पनि टुंगो छैन, हामी केन्द्रको प्रतीक्षामा छौँ ।’ उनले कांग्रेस सरकारमा जाँदा मुख्यमन्त्री नै पाउनुपर्ने दाबीसमेत गरेका छन् । सरकारमा समर्थन दिएर पनि अहिलेसम्म कुनै भाग नमागेका बताउँदै अब मन्त्री परिषद्‌मा जाने स्थिति बने मुख्यमन्त्री नै पाउनुपर्ने बताए । 

नेता रावल त्यसैका लागि काठमाडौं पुगेका छन् । काठमाडौंमा उनले कांग्रेस सभापति देउवालगायतका नेतालाई भेट गरेको र सबैले आफ्ना मागलाई सकारात्मक रूपमा लिएको उनी बताउँछन् । 

यता, नेकपा (एकिकृत समाजवादी) पार्टीले पनि मन्त्रिपरिषद् हेरफेर हुने अवस्था आएमा मुख्यमन्त्रीकै दाबी गरिरहेको छ । 

तर, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भने सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व परिवर्तन नहुने प्रष्ट पारेका थिए । ‘मुख्यमन्त्री परिवर्तनको कुरा नेकपा एसका नेता माधवकुमार नेपालले गरेका हुन्’, अध्यक्ष प्रचण्डले भने, ‘तर, अहिलेको समीकरणअनुसार सत्तारुढ गठबन्धनका ३ दलले २/२ वटा तथा जसपाले एउटा प्रदेशमा नेतृत्व गर्दै आएका छौँ । सुदूरपश्चिमको नेतृत्व परिवर्तन हुनेबित्तिकै सबै प्रदेशमा समीकरण फेरिने देखिएपछि हामी पछि हटेका छौँ ।’

उनले गण्डकी प्रदेशमा माओवादी केन्द्र पहिलो पार्टी भए पनि नेतृत्व नलिएको स्मरण गर्दै सुदूरपश्चिमको हकमा नेकपा एस ठूलो दल भए पनि सहमतिअनुसार जाँदा उसले नेतृत्व पाउन नसक्ने बताए । 

नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले भने तत्काल मन्त्रिपरिषद्‌मा कांग्रेसको सहभागिता नभए प्रतिपक्षमा बस्ने र आगामी गठबन्धनको सबै सम्भवाना सकिने बताए । तर, उनले मुख्यमन्त्रीका लागि भने कांग्रेसले सुदूरपश्चिमममा भाग नमागेको स्पष्ट पारे । गठबन्धन दलको सहमतिअनुसार कांग्रेसले २ वटा प्रदेशको मुख्यमन्त्री पाइसकेको बताउँदै बलायरले सुदूरपश्चिममा नेतृत्व नचाहिएको तर मन्त्री भने चाहिने बताए ।

‘केन्द्रदेखि प्रदेशसम्म गठबन्धन गर्ने निर्णय भए पनि सुदूरपश्चिममा कांग्रेसले अहिलेसम्म केही पाएको छैन', सभापति बलायरले भने, ‘सरकारमा २ दल मिलेको मनोमानी हुँदा कांग्रेस सरकारलाई समर्थन दिएर टुलुटुलु हेरेर बस्न सक्दैन । हामीलाई मन्त्री नदिए तत्काल समर्थन फिर्ता गर्नेछौँ । हामी प्रतिपक्षमा जानेछौँ र आगामी गठबन्धनको औचित्य पनि त्यहीँ समाप्त हुनेछ ।’

उनले सरकामा जाने वा नजाने भन्ने विषय भने केन्द्रको भरमा रहेको बताए । ‘हाम्रो प्रष्ट धारणा हामीले केन्द्रलाई भनेका छौँ’, उनले भने, 'कांग्रेसलाई आगामी दिनमा पनि सँगै लैजाने वा अलगअलग जाने भन्ने टुंगो लगाउने जिम्मा केन्द्रीय नेतृत्वको भरमा छ ।’

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएको प्रक्रिया असंवैधानिक रहेको भन्दै ने…

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्च अदालतले कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरेको छ । स…

PM Prachanda bats for collective efforts to end ill-practices

PM Prachanda bats for collective efforts to end ill-practices

Prime Minister Pushpa Kamal Dahal 'Prachanda' has said that his governm…

Dr.  Rana complains of media trial in fake Bhutanese refugees scam

Dr. Rana complains of media trial in fake Bhutanese refugees scam

Nepali Congress leader and member of the House of Representatives, Dr Arzu Rana…