Khabarpato logo

         

राजनीति

कुन पदमा उम्मेदवारी दिँदा कति धरौटी राख्नुपर्छ ?

खबरदाता

खबरदाता

कुन पदमा उम्मेदवारी दिँदा कति धरौटी राख्नुपर्छ ?

निर्वाचन आयोगले यही ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा विभिन्न पदमा उम्मेदवारी दिनेहरूका लागि फरकफरक धरौटी रकम राख्नुपर्ने व्यवस्था गरेको छ । 

स्थानीय तह निर्वाचन निर्देशिका, २०७८ मा उम्मेदवारी दिँदा राख्नुपर्ने धरौटी रकमबारे स्पष्ट उल्लेख गरिएको छ । 

वडा सदस्य, वडा अध्यक्ष, उपाध्यक्ष, प्रमुख वा उपप्रमुखलगायतका पदमा उम्मेदवारी दिँदा निश्चित रकम धरौटी राख्नुपर्नेछ । 

निर्देशिकाअनुसार वडा सदस्य पदका लागि ५०० रुपैयाँ र वडा अध्यक्ष पदमा उम्मेदवारी दिँदा १ हजार रुपैयाँ धरौटी राख्नुपर्नेछ । 

यस्तै, अध्यक्ष, उपाध्यक्ष, प्रमुख वा उपप्रमुख पदका लागि १ हजार ५०० रुपैयाँ र गाउँकार्यपालिका वा नगर कार्यपालिका सदस्य पदका लागि ५०० रुपैयाँ धरौटी राख्नुपर्ने निर्देशिकामा उल्लेख छ । 

जिल्ला समन्वय समितिको सदस्य पदका लागि १ हजार ५०० रुपैयाँ र जिल्ला समन्वय समितिको प्रमुख वा उपप्रमुख पदका लागि २ हजार रुपैयाँ धरौटी राख्नुपर्ने प्रावधान राखिएको छ । 

महिला र दलित वा अल्पसंख्यक समुदाय वा आर्थिक रूपले विपन्न व्यक्तिको हकमा धरौटी रकममा ५० प्रतिशत छुट हुने निर्देशिकामा जनाइएको छ । 

‘कुनै एउटा पदको निर्वाचनमा एक व्यक्तिलाई उम्मेदवार मनोनयन गर्नका लागि एकभन्दा बढी मनोनयनपत्र दाखिला गर्नुपरेमा एउटा मनोनयनपत्रका लागि मात्र धरौटी राख्नुपर्नेछ’, निर्देशिकामा भनिएको छ । 

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएको प्रक्रिया असंवैधानिक रहेको भन्दै ने…

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्च अदालतले कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरेको छ । स…

PM Prachanda bats for collective efforts to end ill-practices

PM Prachanda bats for collective efforts to end ill-practices

Prime Minister Pushpa Kamal Dahal 'Prachanda' has said that his governm…

Dr.  Rana complains of media trial in fake Bhutanese refugees scam

Dr. Rana complains of media trial in fake Bhutanese refugees scam

Nepali Congress leader and member of the House of Representatives, Dr Arzu Rana…