Khabarpato logo

         

राजनीति

बुटवलमा एमालेबाट बाबुराम भट्टराईको उम्मेदवारी दर्ता

खबरदाता

खबरदाता

बुटवलमा एमालेबाट बाबुराम भट्टराईको उम्मेदवारी दर्ता

बुटवल उपमहानगरपालिकाको प्रमुखमा एमालेका बाबुराम भट्टराईले तामझामसहित उम्मेदवारी दर्ता गराएका छन् । उनी उम्मेदवारी दर्ता गराउन पार्टी उपाध्यक्ष विष्णु पौडेलको साथमा निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए ।

पौडेललगायत थुप्रै केन्द्रीय तहका नेताका साथमा उम्मेदवारी दर्ता गराउने क्रममा ठूलो संख्यामा कार्यकर्ताको उपस्थिति थियो । बुटवल पौडेलको गृहनगर हो । उम्मेदवारी दर्ता गराएपछि भट्टराईले बुटवलको विकासमा काँचुली फेर्नेगरी योजना ल्याउने बताए ।

बुटवलको सडक निर्माणमा समन्वय गरी आवश्यक पहलकदमी लिने, विगतमा एमाले नेतृत्वले अगाडि सारेका विकासका योजनालाई अगाडि बढाउने, दीर्घकालीन योजनासहित समृद्ध बुटवलको सपना साकार पार्ने योजना उनले सुनाए । 

त्यसैगरी उपप्रमुखमा सावित्रा अर्यालले उम्मेदवारी दर्ता गराएकी छन् । उनी एमाले केन्द्रीय सदस्य हुन् । उनले बुटवलमा पाका उमेरका महिलाहरूले पढ्ने साधना महिला विद्यालय स्थापना गरी शैक्षिक अभियानसमेत चलाएकी छन् ।

यसअघि कांग्रेसका खेलराज पाण्डेले प्रमुखमा उम्मेदवारी दर्ता गराएका थिए । उनी गठबन्धनबाट उम्मेदवार भए पनि मनोनयन दर्ताका क्रममा कांग्रेसबाहेकका दल उपस्थित थिएनन् । भागबन्डालाई लिएर बढेको असन्तुष्टिका कारण अन्य दल कांग्रेससँग टाढिएर मनोनयन दर्तामा एकसाथ गएका हुन् । उपप्रमुखमा भने नेकपा (एकीकृत समाजवादी)का चिनबहादुर गुरुङले उम्मेदवारी दर्ता गराएका छन् ।

एकीकृत समाजवादीका नेता सिद्धिचरण भट्टराईले सम्मानजनक स्थान नदिएकाले गठबन्धनभित्र मतभेद रहेको स्वीकारेका छन् ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएको प्रक्रिया असंवैधानिक रहेको भन्दै ने…

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्च अदालतले कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरेको छ । स…

PM Prachanda bats for collective efforts to end ill-practices

PM Prachanda bats for collective efforts to end ill-practices

Prime Minister Pushpa Kamal Dahal 'Prachanda' has said that his governm…

Dr.  Rana complains of media trial in fake Bhutanese refugees scam

Dr. Rana complains of media trial in fake Bhutanese refugees scam

Nepali Congress leader and member of the House of Representatives, Dr Arzu Rana…