Khabarpato logo

समाचार

प्रहरी महानिरीक्षक सिंह र सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले लगाए फुली

खबरदाता

खबरदाता

प्रहरी महानिरीक्षक सिंह र सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले लगाए फुली

२ सुरक्षा निकायका प्रमुखहरूलाई दर्ज्यानी चिह्न (फुली) प्रदान गरिएको छ । नेपाल प्रहरीका महानिरीक्षक धीरजप्रताप सिंह र सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालले दर्ज्यानी चिह्न लगाएका हुन् । 

सोमबार गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गृह सचिव टेकनारायण पाण्डेले नवनियुक्त प्रहरी महानिरीक्षकहरूलाई फुली लगाइदिएका हुन् ।आइतबार बसेको मन्त्रिपरिषद् बैठकले २ एआईजी सिंह र सशस्त्र प्रहरीका एआईजी अर्याललाई प्रहरी महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको थियो । 

सिंहको नियुक्तिमा प्रहरीका एआईजीद्वय विश्वराज पोखरेल र सहकुलबहादुर थापा असन्तुष्ट देखिएका छन् । सशस्त्र प्रहरीबाट भने अर्याल एक्ला दाबेदार थिए ।२ जना अदालत जाने तयारीमा छन् । उनीहरू अदालत जान सक्ने सम्भावनालाई मध्यनजर गर्दै दर्ज्यानी चिह्न प्रदान गर्ने कार्यक्रम बिहानै राखिएको हो । 

२०७७ मंसिरमा पोखरेल प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएका थिए । उनीपछि गत वर्षको असारमा सहकुल थापा एआईजीमा बढुवा भएका थिए । सिंह भने गत चैतमा मात्र एआईजीमा बढुवा भएका थिए ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि