Khabarpato logo

समाचार

प्रतिकूल मौसमका कारण जहाज खोजीमा कठिनाइ, स्थलमार्गबाट सेना र प्रहरी पठाइयो

खबरदाता

खबरदाता

प्रतिकूल मौसमका कारण जहाज खोजीमा कठिनाइ, स्थलमार्गबाट सेना र प्रहरी पठाइयो

नेपाल नागरिक उड्डयन प्राधिकरणले सम्पर्कविहीन रहेको तारा एयरको ट्विनअटर ‘नाइन एनएईटी’ जहाजको खोजी कार्यमा मौसम बाधक बनेको जनाएको छ । 

प्राधिकरणले एक विज्ञप्ति जारी गर्दैै प्रतिकूल मौसमका कारण खोजीमा गएको फिस्टेल एयरको हेलिकोप्टर पुनः जोमसोम फर्किएको बताएको छ । 

तारा एयरको ट्विनअटर ‘नाइन एनएईटी’ जहाज आज बिहान पोखराबाट जोमसोम जाने क्रममा सम्पर्कविहीन बनेको थियो । जहाजमा चालक दलका ३ सदस्यसहित २२ जना यात्रु छन् । जहाजमा रहेका यात्रुमा १६ जना नेपाली, ४ जना भारतीय र २ जना जर्मन छन् । 

प्राधिकरणका अनुसार जहाज बिहान पोखराबाट ९ः५५ बजे जोमसोमका लागि उडेको थियो । जहाज अन्तिम पटक जोमसोम टावरसँग १०ः०५ बजे घोडेपानी भन्ने स्थानमा सम्पर्कमा आएको थियो । सोपश्चात् विमान सम्पर्कविहीन भएको प्राधिकरणले जनाएको छ । 

‘काठमाडौं, पोखरा तथा जोमसोम विमानस्थलमा खोज तथा उद्धार कार्यका लागि थप हेलिकोप्टरहरू स्ट्याण्ड बाई रूपमा रहेकाले मौसममा सुधार आउनासाथ हवाईमार्गबाट खोज कार्य पुनः सुरु गरिनेछ । स्थलमार्गबाट खोजी कार्य गर्न नेपाली सेना र नेपाल प्रहरीसमेत त्यसतर्फ प्रस्थान गरिसकेका व्यहोरा जानकारी गराइन्छ’, प्राधिकरणले विज्ञप्तिमा भनेको छ ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि