Khabarpato logo

         

सं‌सार

टीभी पर्सनालिटी सोलोभयोभ भन्छन्: रुसले अब बेलायतमा हमला गर्नुपर्छ

एजेन्सी

एजेन्सी

टीभी पर्सनालिटी सोलोभयोभ भन्छन्: रुसले अब बेलायतमा हमला गर्नुपर्छ

युक्रेनमा जारी द्वन्द्वबीच रुसी टेलिभिजन पर्सनालिटी भ्लादिमिर सोलोभयोभले रुसले अब बेलायतमा आक्रमण गर्नुपर्ने बताएका छन् । मस्कोले बेलायती भूमि स्टोनहेन्ज कब्जा गर्नुपर्ने उनले बताए । 

दि इन्डिपेन्डेन्टको रिपोर्टअनुसार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग निकट रहेका र ‘पुटिनका आवाज’समेत भनेर चिनिने सोलोभयोभले रुसले बेलायतलाई हमला गर्न सक्ने र विदेशमन्त्री लिज ट्रसलाई निशाना बनाउनुपर्ने धारणा व्यक्त गरे ।  रसिया-वान कार्यक्रम इभिनिङ विद भ्लादिमिर सोलोभयोभ मा उनले रुसी हमला स्टोनहेन्जभन्दा टाढासम्म पुग्नुपर्ने बताए । 

युक्रेनी राजनीतिक विश्लेषक भासिल भाकारोभकले रुस आक्रमणका लागि कति टाढा जान इच्छुक छ ? भनी सोधेको प्रश्नमा सोलोभियोभले भने, ‘ठीक छ, जब हामी चाहन्छौँ, तब जान्छौँं ।’

‘हामी कहाँ रोकिने ? ठिक छ, मैले आज भनेको थिएँ । हुन सक्छ स्टोनहेन्ज । लिज ट्रस भन्छिन् कि उनी युद्ध लड्ने व्यक्ति हुन्’, सोलोभियोभलाई उद्धृत गर्दै  इन्डिपेन्डेन्टले अगाडि लेखेको छ । 

पुटिनले युक्रेनको राजधानी किभमा हमला गर्नुपर्ने पनि सोलोभियोभले बताए । बेलायतका विदेशमन्त्री लिज ट्रसले पुटिनसँग सम्झौता गर्न नचाहेको भन्दै रुसी संचार माध्यमले उनको आलोचना गर्दै आएका छन् ।

गत महिना जर्मनीमा आयोजित बैठकमा विदेशमन्त्री ट्रसले जी- ७ र नेटो नेताहरूलाई पुटिनले ‘विश्व मञ्चमा आफूलाई अपमानित गरिरहेको’ आरोप लगाएकी थिइन् ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

घरेलु टोली पाकिस्तानले एसिया कप २०२३ को उद्घाटन खेलमा नेपालविरुद्ध खेल्ने पहिलो रोज…

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

म्यानचेस्टर सिटीका फरवार्ड एर्लिङ हालान्डले पीएफए वर्ष खेलाडीको अवार्ड प्राप्त गरेका छन् …

चन्द्रयान- ३ अभियानमा भारत सफल

चन्द्रयान- ३ अभियानमा भारत सफल

भारतको चन्द्रयान- ३ सफलतापूर्वक चन्द्रमाको दक्षिण धुव्रमा अवतरण भएको छ । नेपाली समयानु…

चन्द्रयान- ३ आज चन्द्रमामा अवतरण गर्दै

चन्द्रयान- ३ आज चन्द्रमामा अवतरण गर्दै

भारतको चन्द्रयान- ३ बुधबार साँझ चन्द्रमाको सतहमा अवतरण हुने भारतीय अन्तरिक्ष अनुसन्धान…