Khabarpato logo

समाचार

दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको माग गर्दै निजगढमा रिले अनसन

खबरदाता

खबरदाता

दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको माग गर्दै निजगढमा रिले अनसन

सर्वोच्च अदालतले दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न रोक लगाएको विरोधमा बाराको निजगढ नगरपालिकास्थित शहीद चोकमा मंगलबारदेखि सुरु भएको रिले अनसन दोस्राे दिन बुधबार पनि जारी छ ।

निजगढ सार्वजनिक सरोकार समिति र निजगढ स्वतन्त्र युवा विद्यार्थीहरूले विमानस्थल निर्माण नगर्ने अदालतको फैसला पुनरावलोकन हुनुपर्ने माग गर्दै निजगढमा रिले अनसन सुरु गरेका हुन् । 

फैसलाको विरोधमा १४ दिनदेखि सडकमा चक्काजाम र धर्ना दिँदै आएको सरोकार समिति र युवा विद्यार्थीहरूले मंगलबारको पूर्वनिर्धारित कार्यक्रमअनुसार राजमार्गमा धर्ना र चक्काजाम गरेपछि साँझ ५ बजेदखि रिले अनसन सुरु गरेका हुन् । 

धर्नामा सरोकार समितिका संयोजक एकबहादुर श्रेष्ठ, निजगढ नगरपालिकाकी पूर्वउपप्रमुख लीलादेवी लामिछाने, पद्मबहादुर भण्डारी, भोलाप्रसाद गौतम, कृष्ण खरेल, बासुदेव तिमल्सिना, खडकप्रसाद उप्रेती, मोजहर मन्सुर, गोपाल लम्साल, चण्डिका उप्रेती, भीमप्रसाद सापकोटा, लक्ष्मी गौतम, जोसीमाया तामाङ, आशा चौलागाईंलगायत १५ जना छन् । 

धर्नाकारीहरूले अन्न नखाई २४ घन्टासम्म पालैपाले अनसन बस्ने समितिका निजगढ सार्वजनिक सरोकार समितिका संयोजक एकबहादुर श्रेष्ठले जानकारी दिए । उनले विमानस्थल निर्माण गराउन सडक र संसदीय आन्दोलनलाई पनि सँगै अघि बढाउने बताए । उनका अनुसार केही दिनभित्र प्रधानमन्त्री शेरबहादुर देउवालगायत विभिन्न दलका शीर्ष नेताहरूसँग भेटघाट गरेर आफ्ना माग पेस गर्न काठमाडाैंमा डेलिगेस जाने तयारी गरेको पनि जानकारी दिए ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि