Khabarpato logo

         

अर्थ/वाणिज्य

पिपुल्स पावर कम्पनीको आईपीओ खुल्दै

खबरदाता

खबरदाता

पिपुल्स पावर कम्पनीको आईपीओ खुल्दै

पिपुल्स पावर कम्पनीले बुधबारदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि आईपीओ निष्कासन गर्ने भएको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ६ लाख ३२ हजार ६ सय कित्ता साधारण शेयर स्थानीयलाई बिक्री गर्न लागेको हो । यसमध्ये अतिप्रभावित क्षेत्र इलाम जिल्लाको इलाम नगरपालिकाको वडा- १ र ४ का बासिन्दालाई १ लाख ८९ हजार ७८० कित्ता शेयर बिक्री गर्नेछ । यसैगरी इलाम जिल्लाका बासिन्दाका लागि ४ लाख ४२ हजार ८२० कित्ता आईपीओ जारी हुनेछ ।

यसमा २२ असारसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिसम्म सबै शेयर बिक्री नभएमा ५ साउनसम्म आवेदन दिन सकिनेछ । इच्छुक खरिदकर्ताहरूले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन पाउनेछन् । लगानीकर्ताले नेपाल बंगलादेश बैंक र ग्लोबल आईएमई बैंकको फिक्कल शाखा, प्रभु बैंकको सन्दकपुर शाख र प्राइम कमर्सियल बैंकको राँके शाखाबाट आवेदन दिन सक्नेछन् ।.

यसबाहेक सी-आस्बन प्राप्त बैंक तथा वित्तीय संस्थामार्फत उक्त आईपीओमा आवेदन दिन सक्नेछन् । बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल लिमिटेडले गरेको छ । कम्पनीलाई केयर रेटिङ नेपालले वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्ने ‘केयरएनपी डबल बी आईएस’ रेटिङ प्रदान गरेको छ ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

Minister Rijal asks local levels to remove double taxation

Minister Rijal asks local levels to remove double taxation

Minister for Industry, Commerce and Supply, Ramesh Rijal, has urged the local l…

लम्पी स्किनविरुद्धको खोप अभियान गरिने

लम्पी स्किनविरुद्धको खोप अभियान गरिने

चितवनमा पशु चौपायमा देखिएको लम्पी स्किन रोग नियन्त्रणका लागि खोप अभियान सुरु गरिने …

'Province does not invest in unproductive sectors'

'Province does not invest in unproductive sectors'

Gandaki Province Chief Minister Surendra Raj Pandey has said the province gover…

चल्मलाउन थाल्यो सौराहाको पर्यटन

चल्मलाउन थाल्यो सौराहाको पर्यटन

बर्सातसँगै सडक सञ्जाल जोखिम बनिरहँदा समेत चिनियाँसहित अन्य पर्यटक आएपछि सौराहाका हो…