Khabarpato logo

         

खेलकुद

ओमान ८४ रनले पराजित, सन्दीप र कुशलले बनाए कीर्तिमान

खबरदाता

खबरदाता

ओमान ८४ रनले पराजित, सन्दीप र कुशलले बनाए कीर्तिमान

एसीसी मेन्स प्रिमियर क्रिकेट कपअन्तर्गत दोस्रो खेलमा पनि नेपालले शानदार जित हात पारेको छ ।

शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले ओमानमाथि ८४ रनको शानदार जित हात पारेको हो ।

४६.३ ओभरमा ९ विकेट गुमाएको ओमानका ११औँ नम्बर ब्याट्सम्यानले चोटका कारण ब्याटिङ गर्न नआएपछि ओमान २२६ रनमा अलआउट भएको थियो ।

नेपालको जितमा कुशल मल्लले कीर्तिमानी शतक प्रहार गरे । कुल १०८ रन बनाएका उनले ६९ बलमै शतक बनाएका हुन् । आफ्नो एक दिवसीय करियरकै पहिलो शतक प्रहार गरेका उनी नेपालका लागि एक दिवासीय अन्तर्राष्ट्रियमा छिटो शतक प्रहार गर्ने खेलाडीको कीर्तिमान पनि बनाएका छन् । शतक हान्ने क्रममा उनले ९ चौका र १० छक्का प्रहार गरे ।

यस्तै, सोमपाल कामीले पनि उत्कृष्ट ब्याटिङ गर्दै ६३ रनको योगदान गरे । ४८ बल खेलेका उनले ९ चौका प्रहार गरे । भीम सार्कीले ३३ रन बनाउँदा आरिफ शेख र करण केसीले समान २९ रन जोडे ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ३१० रनको विशाल योगफल तयार पारेको थियो ।

जबाफी ब्याटिङ गरेको ओमानले ओभरमा विकेटको क्षतिमा रन मात्र जोड्न सक्यो । ओमानका लागि महोमद नदिमले सर्वाधिक ६५ रन बनाए । सन्दीप गौडले ४६ रन बनाउँदा ओपनर कक्षेप प्रजापतिले २५ रन जोडे ।

नेपालका लागि सन्दीप लामिछाने र करण केसीले समान ३ विकेट लिए । आजको खेलमा विकेट लिएसँगै सन्दीपले एक दिवसीय अन्तर्राष्ट्रियमा छिटो सय विकेट लिने खेलाडीको कीर्तिमान पनि बनाएका छन् । यसअघि यो कीर्तिमान अफगानिस्तानका रसिद खानको नाममा थियो ।

रसिदले ४४ खेलबाट सय विकेट लिएका थिए । सन्दीपले भने ४२ खेलबाटै सय विकेट लिँदै कीर्तिमान बनाएका हुन् ।

अब नेपाल अर्को खेल ११ वैशाखमा साउदी अरबसँग खेल्नेछ । खेल मूलपानी क्रिकेट मैदानमा हुनेछ ।

प्रतियोगिता ५ देखि १८ वैशाखसम्म कीर्तिपुरस्थित त्रिवि मैदान र मूलपानी मैदानमा हुनेछ ।

नेपाल समूह ‘ए’मा परेको छ । नेपालको समूहमा ओमान, कतार, मलेसिया र साउदी अरेबिया छन् । समूह ‘बी’मा यूएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन छन् ।

समूहका शीर्ष २ टिम सेमिफाइनल पुग्नेछन् । प्रतियोगिताको विजेता टिम आगामी सेप्टेम्बरमा हुने एसिया कपका लागि छनोट हुनेछ ।

एसिया कपमा एसियाका ५ वटा टेस्ट राष्ट्र र एसीसी प्रिमियर कपको विजेताबीच प्रतिस्पर्धा हुनेछ । एसिया कपको समूह ‘ए’मा भारत, पाकिस्तान र प्रिमियर कप विजेता तथा समूह ‘बी’मा अफगानिस्तान, बंगलादेश र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

एसिया कप आजदेखि, कस-कसबीच हुनेछ खेल?

एसिया कप आजदेखि, कस-कसबीच हुनेछ खेल?

एसिया कपको १६औँ संस्करण आज (बुधबार)देखि सुरु हुँदै छ । पाकिस्तानको मुल्तानमा अपराह्…

Taplejung Gold Cup football tournament from Thursday

Taplejung Gold Cup football tournament from Thursday

The Taplejung Gold Cup Football Tournament is to begin from August 31 (Thursday…

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

घरेलु टोली पाकिस्तानले एसिया कप २०२३ को उद्घाटन खेलमा नेपालविरुद्ध खेल्ने पहिलो रोज…

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

म्यानचेस्टर सिटीका फरवार्ड एर्लिङ हालान्डले पीएफए वर्ष खेलाडीको अवार्ड प्राप्त गरेका छन् …