Khabarpato logo

         

खेलकुद

अर्शदीपको ४ विकेटमा हार्‍यो मुम्बई

एजेन्सी

एजेन्सी

अर्शदीपको ४ विकेटमा हार्‍यो मुम्बई

अर्शदीप सिंहले ४ विकेट लिएपछि पञ्जाब किंग्सले मुम्बई इन्डियन्सलाई हराएको छ । 

इन्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत वाङ्खेडे स्टेडियममा गए राति भएको खेलमा पञ्जाब १३ रनले विजयी भएको हो । 

पञ्जाबले दिएको २१५ रनको लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा ६ विकेट गुमाउँदै २०१ रन मात्र बनाउन सक्यो । मुम्बईका लागि क्यामरुन ग्रिन र सूर्यकुमार यादवले अर्धशतक प्रहार गरे । 

ग्रिनले ४३ बलमा ६ चौका र ३ छक्का प्रहार गर्दै ६७ रन बनाउँदा यादवले  २६ बलमा ७ चौका र ३ छक्का प्रहार गर्दै ५७ रनको योगदान गरे ।

कप्तान रोहित शर्माले २७ बलमा ४ चौका र ३ छक्कासहित ४४ रन बनाए । टिम डेभिडले नटआउट २५ रनको योगदान गरे । 

बलिङतर्फ पञ्जाबका अर्शदीप सिंहले ४ विकेट लिँदा नाथन इलिस र लियम लिभिङ्स्टोनले १/१ विकेट लिए । 

टस हारेर ब्याटिङको निम्तो पाएको पञ्जाबले ८ विकेटको क्षतिमा २१५ रन बनाएको थियो ।

पञ्जाबका लागि कप्तान साम कुरानले २९ बलमा ५ चौका र ४ छक्काको मद्दतबाट ५५ रन बनाए । 

हरप्रीत सिंहले २८ बलमा ४ चौका र २ छक्का प्रहार गरी ४१ रन बनाए । अथर्व ताइडेले २९, प्रभसिम्रन सिंहले २६, जितेस शर्माले २५ र म्याथ्यु सर्टले ११ रनको योगदान गरे । 

बलिङमा मुम्बईका क्यामरुन ग्रिन र पियुस चावलाले २ विकेट लिए ।  अर्जनु तेन्डुलकर, जेसन बेरेन्ड्रफ र जोफ्रा आर्चरले समान १/१ विकेट लिए । 

जितसँगै पञ्जाब ८ अंकसहित तालिकाको पाँचौँ स्थानमा पुगेको छ । मुम्बई ६ अंकसहित सातौँ नम्बरमा छ ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

एसिया कप आजदेखि, कस-कसबीच हुनेछ खेल?

एसिया कप आजदेखि, कस-कसबीच हुनेछ खेल?

एसिया कपको १६औँ संस्करण आज (बुधबार)देखि सुरु हुँदै छ । पाकिस्तानको मुल्तानमा अपराह्…

Taplejung Gold Cup football tournament from Thursday

Taplejung Gold Cup football tournament from Thursday

The Taplejung Gold Cup Football Tournament is to begin from August 31 (Thursday…

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

घरेलु टोली पाकिस्तानले एसिया कप २०२३ को उद्घाटन खेलमा नेपालविरुद्ध खेल्ने पहिलो रोज…

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

म्यानचेस्टर सिटीका फरवार्ड एर्लिङ हालान्डले पीएफए वर्ष खेलाडीको अवार्ड प्राप्त गरेका छन् …