Khabarpato logo

         

खेलकुद

नेपाल र साउदीबीचको खेल वर्षाले प्रभावित

खबरदाता

खबरदाता

नेपाल र साउदीबीचको खेल वर्षाले प्रभावित

एसीसी प्रिमियर कपअन्तर्गत नेपाल र साउदी अरेबियाबीचको खेल वर्षाले प्रभावित भएको छ । 

मूलपानी मैदान बिहान ९ बजे सुरु हुने पर्ने वर्षाले प्रभावित भएको हो ।खेलअघि गरिने टस वर्षाका कारण ढिलाइ भएको छ । हिजो साँझदेखि परेको वर्षाका कारण मैदान भिजेको छ । 

अहिले पिचमा कभर लगाइएको छ । सो कभर हटाइएपछि मात्र टसबारे निर्णय हुनेछ । बिहान साढे ११ बजेसम्म २ पटक कभर हटाइए पनि फेरि वर्षा भएका कारण कभरले पिच छोपिएको छ ।

दिउँसो २ बजेसम्म पनि टस हुन नसके खेल रद्द हुनेछ । खेल रद्द भएमा नेपाल सेमिफाइनल पुग्नेछ ।

नेपालले अन्तिम खेलमा बिहीबार कतारसँग खेल्नेछ । सो खेलमा जित हात पारे नेपाल समूह विजेता बन्नेछ ।

नेपालले मूलपानी मैदानमा पहिलो अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो ।

समूह ‘ए’मा रहेको नेपालले यसअघि दुवै खेलमा जित हात पारेको थियो । कीर्तिपुरमा नेपालले मलेसिया र ओमानमाथि जित हात पारेको थियो ।

समूहको शीर्ष स्थानमा रहेको नेपालले आजको खेलमा जित हात पारे सेमिफाइनल पुग्नेछ ।

नेपाल र साउदीबीच सन् २०१२ पछि प्रतिस्पर्धा हुन लागेको हो । सन् २०१२ मा अबुधावीमा एसीसी ट्रफीको खेलमा नेपालले ९ विकेटको जित हात पारेको थियो ।

सो खेलमा ज्ञानेन्द्र मल्लले २३ बलमा नटआउट ६१ रन जोडेका थिए । पहिले ब्याटिङ गरेको साउदी १३१ रनमै अलआउट भएको थियो, जुन लक्ष्य नेपालले १३.१ ओभरमै पार गरेको थियो ।

१ दशकपछिको साउदी टिममा निकै सुधार आइसकेको छ । साउदीले जारी प्रतियोगिताको पहिलो खेलमा कतारमाथि ७ विकेटको जित हात पारेको थियो ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

एसिया कप आजदेखि, कस-कसबीच हुनेछ खेल?

एसिया कप आजदेखि, कस-कसबीच हुनेछ खेल?

एसिया कपको १६औँ संस्करण आज (बुधबार)देखि सुरु हुँदै छ । पाकिस्तानको मुल्तानमा अपराह्…

Taplejung Gold Cup football tournament from Thursday

Taplejung Gold Cup football tournament from Thursday

The Taplejung Gold Cup Football Tournament is to begin from August 31 (Thursday…

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

घरेलु टोली पाकिस्तानले एसिया कप २०२३ को उद्घाटन खेलमा नेपालविरुद्ध खेल्ने पहिलो रोज…

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

म्यानचेस्टर सिटीका फरवार्ड एर्लिङ हालान्डले पीएफए वर्ष खेलाडीको अवार्ड प्राप्त गरेका छन् …