Khabarpato logo

         

अर्थ/वाणिज्य

व्यावसायिक रेशम किरा खेतीमा ज्यामिस्वाँरा

खबरदाता

खबरदाता

व्यावसायिक रेशम किरा खेतीमा ज्यामिस्वाँरा

गोरखाको शहीद लखन गाउँपालिकामा पहिलो पटक व्यावसायिक रूपमा रेशम किराको खेती गरिएको छ । 

गाउँपालिकाको वडा- ६ घैरुङस्थित ज्यामिस्वाँरामा मनकामना रेशम खेती कृषि समूहले रेशम किराको व्यावसायिक खेती गर्न सुरु गरेको गाउँपालिकाका कृषिशाखाका ऋषि रोकाले जानकारी दिए ।

गण्डकी प्रदेश सरकार र गाउँपालिकाको आर्थिक सहयोगमा स्थानीय
कृषकले मिलेर समूहमार्फत रेशम किराको खेती गर्न सुरु गरेको उनले बताए । 'पालिकाले समूहलाई रेशम किराको खेती गर्न सहयोग पुर्‍याउने उद्देश्यले फलामका र्‍याक निर्माण र जग्गा भाडामा आर्थिक सहयोग गर्दै आएको छ', शाखा प्रमुख रोकाले भने, 'त्यसबाहेकको सहयोग समूहलाई प्रदेश सरकारले गर्दै आएको छ ।'

'पहिलो पटक उत्पादन थाल्दा ५ किलो मात्र कोकुन उत्पादन भएको थियो', उनले भने, 'यस पटक ५० किलो उत्पादन हुने अनुमान गरिएको छ ।' धागो नै निकालेर बिक्री गर्दा बढी फाइदा हुने भए पनि प्रशोधनको काम भने सुरु भई नसकेकाले समूहले अहिले कोकुन नै बिक्री गर्दै आएको शाखा प्रमुख रोकाले बताए ।  धागो उत्पादन गरेर बिक्री गर्न सके प्रतिकेजी ५ हजारमा बिक्री हुन सक्ने उनको भनाइ छ ।

फार्ममा यस पटक ६० हजार रेशम किरा हालिएको मनकामना रेशम खेती कृषि समूहकी सदस्य लिना थापामगरले बताइन् । 'किराले २८ दिनदेखि नै कोकुन हाल्न सुरु गर्छ', उनले भने, 'लगभग ४० दिनभित्रमा आम्दानी आइसक्ने अवस्थामा पुग्छ ।' किरा राख्नुअघि घाँसको बगैँचा तयार गर्नसके महिनैपिच्छे किरा हालेर उत्पादन लिन सकिने उनले जानकारी दिए ।

'रेशम किरा पाल्नका लागि फार्मलगायतका संरचना निर्माण गर्न भने थोरै जग्गा भए पनि हुन्छ', उनले भने, 'घाँस (किम्बु) खेतीका लागि धेरै जग्गा आवश्यक पर्ने हुँदा समूहले करिब सय रोपनी जग्गा समूहले भाडा लिएर घाँस खेती गर्दै आएको छ ।'

करिब ७१ रोपनी जमिनमा घाँस उत्पादन राम्रो रहेको भए पनि बाँकी जमिनमा मल पुर्‍याउन नसक्दा घाँस राम्रो उत्पादन गतिलो हुन नसकेको उनको भनाइ छ ।

समूहले रेशम किराको व्यावसायिक खेती गर्न सुरु गरेपछि एक पटक मात्र उत्पादन लिएको उनले जानकारी दिए । 'अब हुने उत्पादन यो दोस्रो पटक हो, पहिलो पटक अनुभव नहुँदा राम्रो आम्दानी लिन सकिएन', उनले भने, 'यस पटक भने धेरै न ज्ञान प्राप्त भएको छ, अब राम्रो हुन्छ भन्ने विश्वास छ ।'

रेशम किराको खेती हेर्नका लागि गाउँपालिकाभित्र र बाहिरबाट विद्यार्थीसमेत आउने गरेको उनले बताए । 'विद्यार्थी बारम्बार रेशम किराको खेती हेर्न आउँछन्', उनले भने, 'विद्यार्थी आउँदा कोकुन काट्ने, पानीमा राखेर धागो निकाल्नका सिक्ने अवसर पनि यहाँबाट पाएका छन् ।' बिग्रिएका कोकुन विद्यार्थीलाई सिक्नका लागि प्रयोग हुँदै आएको उनको भनाइ छ ।

उत्पादित कोकुन बिक्रीका लागि बजार भने समस्या हुँदै आएको उनले जानकारी दिए । 'हामीले उत्पादन गरे पनि समयमा बिक्री नहुँदा कोकुनको तौल घट्ने गर्छ', उनले भने, 'भनेको समयमा खपत नहुँदा कोकुनलाई धेरै पटक सुकाउनुपर्ने भएकाले तौल धेरै घट्ने भएकाले समस्या हुने गरेको छ ।'

यस पटकको उत्पादन ढिलोसम्म राख्नुपर्दा ३०-३५ किलो अनुमान गरिएको कोकुन घटेर ८ किलो मात्र भएको उनले दुःखेसो गरे । गाउँपालिकाले जग्गा भाडाका लागि निरन्तर सहयोग गर्दैै आएको जनाएको छ ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

Minister Rijal asks local levels to remove double taxation

Minister Rijal asks local levels to remove double taxation

Minister for Industry, Commerce and Supply, Ramesh Rijal, has urged the local l…

लम्पी स्किनविरुद्धको खोप अभियान गरिने

लम्पी स्किनविरुद्धको खोप अभियान गरिने

चितवनमा पशु चौपायमा देखिएको लम्पी स्किन रोग नियन्त्रणका लागि खोप अभियान सुरु गरिने …

'Province does not invest in unproductive sectors'

'Province does not invest in unproductive sectors'

Gandaki Province Chief Minister Surendra Raj Pandey has said the province gover…

चल्मलाउन थाल्यो सौराहाको पर्यटन

चल्मलाउन थाल्यो सौराहाको पर्यटन

बर्सातसँगै सडक सञ्जाल जोखिम बनिरहँदा समेत चिनियाँसहित अन्य पर्यटक आएपछि सौराहाका हो…