Khabarpato logo

         

शिक्षा

पहिरोले विद्यालयमा क्षति

खबरदाता

खबरदाता

पहिरोले विद्यालयमा क्षति

म्याग्दीको धवलागिरि गाउँपालिका- ६ मराङको बुलमा रहेको बागेश्वरी आधारभूत विद्यालयको कक्षा कोठामा पहिरोले क्षति पुर्‍याएको छ । 

पहिरोले भवन जोखिममा परेपछि कक्षा ५ सम्म अध्यापन हुने विद्यालयको पठनपाठन रोकिएकोे छ । विद्यालयका प्रधानाध्यापक नवराज उपाध्यायले ६ कोठे भवन पहिरोले भत्कने अवस्थामा पुगेको बताए ।

'भवनको गारो र भुइँ चर्किएर बस्न नमिल्ने अवस्था छ' उनले भने, 'सबैभन्दा जोखिम भएको कक्षा ४ का विद्यार्थीलाई कक्षा ५ मा सँगै राखेर पढाएका छौँ । अरू भवन पनि भत्कने अवस्थामा छन् ।"

४५ जना विद्यार्थी रहेको उक्त विद्यालयको जीर्ण भवनमा बसेर पढ्न विद्यार्थीहरू डराएका छन् । २ कोठे शौचालयकोे गारो चिरा परेर प्रयोग गर्न नमिल्ने भएको छ । विद्यालय भवनको मुनि गत हिउँदमा सडक निर्माण गरिएकाले अहिले सडकबाट पहिरो बग्न थालेको छ ।

गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगर, शिक्षा शाखाका प्रमुख ख्यामराज सुवेदी र प्राविधिकहरूको टोलीले मंगलबार पहिरोको जोखिममा रहेको विद्यालय निरीक्षण गरेको छ । उनीहरूले तत्काल थप क्षति हुन नदिन तथा पठनपाठनमा असर पर्न नदिन व्यवस्था मिलाइने र दीर्घकालीन समाधानका लागि पहल गरिने बताए ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

गोठाटार स्कुलमा कवितालेखन कार्यशाला

गोठाटार स्कुलमा कवितालेखन कार्यशाला

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा रहेको गोठाटार इंग्लिस सेकेन्डरी स्कुलले विद्…

कक्षा १० सम्मका विद्यार्थीलाई दिवा खाजा दिँदै काठमाडौं महानगर

कक्षा १० सम्मका विद्यार्थीलाई दिवा खाजा दिँदै काठमाडौं महानगर

काठमाडौं महानगरपालिकाले कक्षा ६ देखि १० सम्मकाविद्यार्थीलाई दिवा खाजाको व्यवस्था गर्ने…

School closed in Kagbeni after disaster triggers damages to property

School closed in Kagbeni after disaster triggers damages to property

Classes at Janashakti Secondary School at Kagbeni in Baragunj Muktichhetra Rura…

स्थानीय पाठ्यक्रम तयार पार्दै नाम्खा

स्थानीय पाठ्यक्रम तयार पार्दै नाम्खा

हुम्लाको उत्तरी क्षेत्रमा रहेको नाम्खा गाउँपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गर्नका लागि…