Khabarpato logo

         

शिक्षा

'शिक्षाले विवेक, मानवीय मूल्य, मान्यता र दायित्वबोध गराउनुपर्छ'

खबरदाता

खबरदाता

'शिक्षाले विवेक, मानवीय मूल्य, मान्यता र दायित्वबोध गराउनुपर्छ'

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सार्थक व्यक्तित्व निर्माणका लागि शिक्षा अपरिहार्य भएको बताएका छन् ।

 

आज महोत्तरीको बर्दिवास- ३ गौरीडाँडास्थित जनता माध्यमिक विद्यालयले आयोजना गरेको ३ दिने शिक्षा सम्मेलनको उद्घाटन गर्दै उनले शिक्षाले जीविकोपार्जन मात्र नभएर मुख्यतः मानिस हुनुमा जीवनको महत्त्वबारे सुशिक्षित गराउनुपर्ने आवश्यकता औँल्याए ।

 

पछिल्लो कालमा प्राविधिक धारको व्यावसायिक शिक्षामा जोड दिइँदै आएको ठीक भए पनि हाम्रो शिक्षाले विवेक, मानवीय मूल्य, मान्यता र मान्छे हुनुको दायित्वबोध गराउनै पर्ने मन्त्री श्रेष्ठको भनाइ छ । जीविकोपार्जनमा मात्र जोड दिइयो र प्राविधिक शिक्षा पाएकाहरूले पैसाका लागि मात्र काम गर्न थाले भने मुलुकले चाहेको सुशासन फलित हुन नसक्ने उनको भनाइ थियो ।

'हाम्रो आवश्यकता मुलुकको समृद्धि हो, यसका लागि विकास र सुशासन अपरिहार्य छन्', उनले भने, 'यी कुरा अघि बढाउन इमानको मान्छे चाहिन्छ, हाम्रो शिक्षाले त्यो इमान दिनुपर्‍यो ।'

फरक प्रसङ्गमा उपप्रधानमन्त्री श्रेष्ठले मुलुकका जनतालाई सुशासनको अनुभूति दिन भ्रष्टाचारविरुद्धको अभियानलाई अझ सशक्त ढङ्गले अघि बढाइने प्रतिबद्धता जनाए ।

विद्यालयले आगामी १० वर्षे शिक्षाको प्रारूप, पठनपाठन व्यवस्थापन र व्यावसायिक शिक्षालाई प्रवर्द्धन गर्ने हेतुले ३ दिने सम्मेलन आयोजन गरिएको प्रधानाध्यापक दीपकराज बरालले जानकारी दिए । मुलुकका ख्यातिप्राप्त शिक्षाविद्हरूलाई सहभागी गराई विद्यालयको सेवा क्षेत्रका, आमा समूहका अगुवा, अभिभावक र शिक्षकलाई विभिन्न समूहमा छलफल गराई सुझाव लिने मुख्य ध्येय रहेको प्रअ बरालको भनाइ छ ।

 

सम्मेलनको उद्घाटन सत्रमा शिक्षाविद्हरू डा. बलराम तिमल्सिना, पूर्ण दवाडी र समाजशास्त्री विमल फुँयालसहितका विज्ञले ३ दिन छलफल गरिने विषयबारे जानकारी दिए । सामुदायिक विद्यालयले शैक्षिक सम्मेलन नै आयोजना गरेर असल प्रयत्न अघि बढाएको यो सकारात्मक कदम भएको शिक्षाप्रेमीहरूको टिप्पणी छ ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

गोठाटार स्कुलमा कवितालेखन कार्यशाला

गोठाटार स्कुलमा कवितालेखन कार्यशाला

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा रहेको गोठाटार इंग्लिस सेकेन्डरी स्कुलले विद्…

कक्षा १० सम्मका विद्यार्थीलाई दिवा खाजा दिँदै काठमाडौं महानगर

कक्षा १० सम्मका विद्यार्थीलाई दिवा खाजा दिँदै काठमाडौं महानगर

काठमाडौं महानगरपालिकाले कक्षा ६ देखि १० सम्मकाविद्यार्थीलाई दिवा खाजाको व्यवस्था गर्ने…

School closed in Kagbeni after disaster triggers damages to property

School closed in Kagbeni after disaster triggers damages to property

Classes at Janashakti Secondary School at Kagbeni in Baragunj Muktichhetra Rura…

स्थानीय पाठ्यक्रम तयार पार्दै नाम्खा

स्थानीय पाठ्यक्रम तयार पार्दै नाम्खा

हुम्लाको उत्तरी क्षेत्रमा रहेको नाम्खा गाउँपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गर्नका लागि…