Khabarpato logo

         

खेलकुद

टी- २० विश्वकपमा आयरल्याण्ड र स्कटल्याण्ड छनोट

एजेन्सी

एजेन्सी

टी- २० विश्वकपमा आयरल्याण्ड र स्कटल्याण्ड छनोट

आयरल्याण्ड र स्कटल्याण्ड अर्को वर्ष वेष्ट इन्डिज र अमेरिकामा आयोजना हुने आईसीसी टी- २० विश्वकपमा छनोट भएका छन् । युरोपियन क्षेत्रको छनोटमा बिहीबार आफूअनुकूल नतिजा आएपछि दुवै टोलीले लिग चरणको अन्तिम खेल अगावै विश्वकपमा स्थान पक्का गरेका हुन् ।

बिहीबार जर्मनीविरुद्धको खेल वर्षाका कारण रद्द भएपछि आयरल्याण्ड विश्वकपमा छनोट हुने १३औं टिम बन्यो । बिहीबारै भएको खेलमा स्कटल्याण्डले डेनमार्कलाई ३३ रनले पराजित गर्दै विश्वकप छनोट हुने १४औं टिम बनेको हो ।

७ वटा टिम सहभागी युरोपियन छनोटमा स्कटल्याण्ड सत प्रतिशत जितसहित १० अंक जोडेर शीर्ष स्थानमा छ । अर्को अपराजित टिम आयरल्याण्ड ९ अंकसहित दोस्रो स्थानमा छ । स्कटल्याण्ड र आयरल्याण्डबीच शुक्रबार हुने खेलले युरोपियन छनोटको विजेताको टुङ्गो लाग्नेछ ।

सन् २०२४ मा हुने टी- २० विश्वकपमा कुल २० वटा टोलीले प्रतिस्पर्धा गर्नेछन् । सहभागी टोलीलाई ५ वटा टिम रहेको ४ समूहमा विभाजन गरिनेछ ।

वेष्ट इन्डिज र अमेरिका आयोजकको रूपमा सिधै छनोट हुँदा गत वर्षको टी- २० विश्वकपमा उत्कृष्ट ८ मा रहेका इंग्ल्याण्ड, पाकिस्तान, अस्ट्रेलिया, भारत, न्युजिल्याण्ड, दक्षिण अफ्रिका, श्रीलंका र नेदरल्याण्ड्स पनि सिधै छनोट भएका छन् । यस्तै, सन् २०२२ नोभेम्बरको टी- २० वरीयतामा माथि रहेका अफगानिस्तान र बंगलादेश पनि सिधै छनोट भइसकेका छन् ।

बाँकी ८ स्थानका लागि टी- २० विश्वकपमा युरोप, एसिया र अफ्रिकाबाट २/२ तथा अमेरिका र इस्ट एसिया प्यासिफिक क्षेत्रबाट १/१ टिम छनोट हुने प्रावधान छ ।

एसिया क्षेत्रको अन्तिम चरणको छनोट आगामी नोभेम्बर पहिलो साता नेपालमा हुँदै छ ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

एसिया कप आजदेखि, कस-कसबीच हुनेछ खेल?

एसिया कप आजदेखि, कस-कसबीच हुनेछ खेल?

एसिया कपको १६औँ संस्करण आज (बुधबार)देखि सुरु हुँदै छ । पाकिस्तानको मुल्तानमा अपराह्…

Taplejung Gold Cup football tournament from Thursday

Taplejung Gold Cup football tournament from Thursday

The Taplejung Gold Cup Football Tournament is to begin from August 31 (Thursday…

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

घरेलु टोली पाकिस्तानले एसिया कप २०२३ को उद्घाटन खेलमा नेपालविरुद्ध खेल्ने पहिलो रोज…

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

म्यानचेस्टर सिटीका फरवार्ड एर्लिङ हालान्डले पीएफए वर्ष खेलाडीको अवार्ड प्राप्त गरेका छन् …