Khabarpato logo

         

फिचर/स्थानीय विकास

सौर्य मिनिग्रिडले उज्यालिए १९१ घर

खबरदाता

खबरदाता

सौर्य मिनिग्रिडले उज्यालिए १९१ घर

ओखलढुङ्गामा सौर्य मिनिग्रिडबाट १९१ वटा घरमा विद्युत् उपलब्ध गराइएको छ । जिल्लाको अतिविकट मानिने सुनकोसी गाउँपालिका- ९ को ककनी गाउँमा सौर्य मिनिग्रिडबाट विद्युत् विस्तार गरिएको हो । ककनीमा ६ करोड ४२ लाख ८८ हजार ९३३ रुपैयाँको लागतमा स्थापना गरिएको सौर्य मिनिग्रिडबाट आजदेखि विद्युत् उत्पादन सुरु गरिएको छ । 

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले मिनिग्रिड उद्घाटन गर्दै यस  मन्त्रालय, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र र नेपाल विद्युत् प्राधिकरणको सहकार्यमा देशका विकट क्षेत्रमा पनि उज्यालो बनाउने अभियानमा सरकार जुटेको बताए ।

ककनी महत्त्वपूर्ण धार्मिक एवं पर्यटकीय क्षेत्र भए पनि विद्युतको समस्या रहेकाले सौर्य मिनिग्रिड आयोजना सञ्चालन गरिएको उनको भनाइ थियो । त्यस अवसरमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका सहायक निर्देशक डा. लक्ष्मणप्रसाद घिमिरेले परियोजनाको विस्तृत विवरण प्रस्तुत गरे । उनले आँकलन गरेभन्दा निकै कम ऊर्जा खपत हुने देखिएकाले विद्युत् उपभोक्तालाई ऊर्जाको उच्चतम् खपत गर्न लगाएर आर्थिकस्तर वृद्धि गर्न सुझाव दिए । ककनीमा विद्युत् उपलब्ध गराएर एउटा महत्त्वपूर्ण अभिभारा पूरा गरिएको वडाध्यक्ष हितराज कार्कीले बताए ।  

उज्यालो सुनकोसी अभियान थालेको स्थानीय सरकारले अघिल्लो कार्यकालमा रुद्र अधिकारीको नेतृत्वमा विद्युतीकरणको काम सुरु गरेको थियो । भौगोलिक विकटताका कारण केन्द्रीय विद्युत् विस्तार गर्न खर्चिलो हुने र तत्काल विद्युतीकरणको संभावना नहुने भएकाले वडा- ९ का तत्कालीन वडाध्यक्ष तथा ऊर्जा विकास उपसमितिका संयोजक झनककुमार कार्कीले सौर्य मिनिग्रिड स्थापनाको योजना बनाएर पहल गरेका थिए । 

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको ९० प्रतिशत र गाउँपालिकाको १० प्रतिशत लागत गरी कुल ६ करोड ४२ लाख ८८ हजार ९३३ रुपैयाँको लागतमा मिनिग्रिड स्थापना गरिएको हो । मिनिग्रिडबाट ककनीका १९१ वटा घरधुरीका साथै स्थानीय विद्यालय र स्वास्थ्य संस्थामा समेत विद्युत् जडान गरिएको छ । मिनिग्रिड आयोजना २०७९ मङ्सिरदेखि सुरु गरिएको थियो ।

आयोजनामा गाउँपालिकाले ६० लाख र हाउस वायरिङका लागि वडा- ९ ले २ लाख रुपैयाँ उपलब्ध गराएका थिए । मिनिग्रिडको सुविधा नपुगेका १७ वटा घरलाई भने ५० वाटका दरले सोलार वितरण गरिएको छ ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

हटेन बेनी-जोमसोम सडक खण्डमा पहिरोको जोखिम

हटेन बेनी-जोमसोम सडक खण्डमा पहिरोको जोखिम

राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी-जोमसोम-कोरला सडक खण्डमा १० स्थानमा ठूल…

सिँचाइ सुविधापछि बाह्रैमास हरियाली

सिँचाइ सुविधापछि बाह्रैमास हरियाली

चितवनको भरतपुर महानगरपालिका- २९ मा भार्लाङ सिँचाइ योजना निर्माण सम्पन्न भएको छ । मह…

गोठाटार स्कुलमा कवितालेखन कार्यशाला

गोठाटार स्कुलमा कवितालेखन कार्यशाला

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा रहेको गोठाटार इंग्लिस सेकेन्डरी स्कुलले विद्…

कक्षा १० सम्मका विद्यार्थीलाई दिवा खाजा दिँदै काठमाडौं महानगर

कक्षा १० सम्मका विद्यार्थीलाई दिवा खाजा दिँदै काठमाडौं महानगर

काठमाडौं महानगरपालिकाले कक्षा ६ देखि १० सम्मकाविद्यार्थीलाई दिवा खाजाको व्यवस्था गर्ने…