Khabarpato logo

         

खेलकुद

स्विट्जरल्याण्ड र नर्वे महिला विश्वकपको अन्तिम १६ मा

एजेन्सी

एजेन्सी

स्विट्जरल्याण्ड र नर्वे महिला विश्वकपको अन्तिम १६ मा

स्विट्जरल्याण्ड र नर्वे महिला विश्वकप पुटबलको अन्तिम १६ मा प्रवेश गरेका छन् भने सहआयोजक न्युजिल्याण्ड समूह चरणबाटै बाहिरिएको छ ।

समूह 'ए'अन्तर्गत आइतबार भएको खेल स्विट्जरल्याण्ड र न्युजिल्याण्डले गोलरहित बराबरी खेले । यसै समूहको अर्को खेलमा नर्वेले फिलिपिन्सलाई ६-० ले हराएपछि नर्वे गोल अन्तरका आधारमा अगाडि बढ्दा न्युजिल्याण्ड अभागी बन्यो ।

स्विट्जरल्याण्ड १ जित र २ बराबरीबाट ५ अंक जोड्दै समूह 'ए'को विजेताको रूपमा नकआउट चरणमा प्रवेश गरेको हो ।

१;जित, १ बराबरी र १ हारको नतिजाबाट नर्वे र न्युजिल्याण्डको समान ४ अंक थियो । तर, धेरै गोल गरेको आधारमा नर्वे दोस्रो स्थानमा रहँदै समूह उपविजेता बन्यो ।

पहिलो खेलमै नर्वेलाई हराएर सनसनी मच्याएको न्युजिल्याण्ड दोस्रो खेलकमा फिलिपिन्ससँग पराजित भएको थियो । त्यही नतिजा नै न्युजिल्याण्डलाई अगाडि बढ्न बाधक बन्यो । नर्वेलाई अन्तिम खेलमा सानदार जित दिलाउन सोपी रोमन हाउगले ह्याट्रिक गरिन् । एडेन पार्कमा भएको उनले छैटौँ, १७औँ र खेलको इन्जुरी टाइममा गोल गरिन् ।

यस्तै, कारोलाइन हानसेनले ३१औँ र गुरो रेइटेनले ५३औँ मिनेटमा गोल गर्दा न्युजिल्याण्डकी एलिसिया बार्करले १ आत्मघाती गोल गरिन् ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

एसिया कप आजदेखि, कस-कसबीच हुनेछ खेल?

एसिया कप आजदेखि, कस-कसबीच हुनेछ खेल?

एसिया कपको १६औँ संस्करण आज (बुधबार)देखि सुरु हुँदै छ । पाकिस्तानको मुल्तानमा अपराह्…

Taplejung Gold Cup football tournament from Thursday

Taplejung Gold Cup football tournament from Thursday

The Taplejung Gold Cup Football Tournament is to begin from August 31 (Thursday…

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

घरेलु टोली पाकिस्तानले एसिया कप २०२३ को उद्घाटन खेलमा नेपालविरुद्ध खेल्ने पहिलो रोज…

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

म्यानचेस्टर सिटीका फरवार्ड एर्लिङ हालान्डले पीएफए वर्ष खेलाडीको अवार्ड प्राप्त गरेका छन् …