Khabarpato logo

         

फिचर/स्थानीय विकास

पुल छ, बाटो छैन

खबरदाता

खबरदाता

पुल छ, बाटो छैन

धार्मिकस्थल वाल्मीकि आश्रम जाने गरी पुल निर्माण गरिए पनि बाटो निर्माण हुन सकेको छैन । गत वर्ष मात्र नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको विनयी त्रिवेणी गाउँपालिका- ६ त्रिवेणीस्थित नारायणी नदीमा झोलुङ्गे पुल निर्माण गरिएको थियो । नेपालको भूभाग हुँदै वाल्मीकि आश्रम जाने बाटो नभएपछि त्रिवेणीमा विकल्पका रुपमा पुल निर्माण गरिएको थियो । नौ वर्ष लगाएर करिब एक वर्षअघि चार सय ७९ मिटर लम्बाइको झोलुङ्गे पुल निर्माण गरिएपनि बाटो नबन्दा अहिले पनि भारतीय भूभाग हुँदै वाल्मीकि आश्रम पुग्नुपर्ने बाध्यता कायमै रहेको छ ।  

 

वाल्मीकि आश्रम चितवनको माडी नगरपालिका–१, अन्तर्गत चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्दछ । नेपालकै भूभाग हुँदै यहाँ पुग्ने बाटो छैन । नवलपुरको त्रिवेणी धामबाट भारतीय भूभाग वाल्मीकि नगरको बाटो प्रयोग गरि वाल्मीकि आश्रम पुग्न सकिन्छ । भारतीय बाटो हुँदै जाँदा समस्या भएपछि त्रिवेणीमा झोलुङ्गे पुल निर्माण गरिएको थियो । पुल निर्माण गरेपनि  पुल तरेपछिको चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा बाटो अझै बन्न सकेको छैन । 

 

वाल्मीकि आश्रम पुग्न त्रिवेणीधामबाट पुल तरेपछि चितवनतर्फ करिब १६ सय मिटर बाटो निर्माण गर्नुपर्ने अवस्था रहेको छ तर पुल निर्माण भएको एक वर्ष बित्दासमेत बाटो निर्माणको काम अघि बढ्न सकेको छैन । 

 

पुल निर्माणसँगै चितवनतर्फको भूभागमा ट्रयाक निर्माणको पहल भइरहेको त्रिवेणी गजेन्द्रमोक्षधाम क्षेत्र विकास समितिका कार्यकारी निर्देशक झपिन्दे्रश्वर भुसालले बताउनुभयो । गण्डकी प्रदेश सरकारले चालु आवमा वाल्मीकि आश्रम पुग्ने ट्र्याक खोल्नका लागि १५ लाख रुपैयाँ विनियोजन गरेको उनले बताए । 'पुल बनेर पनि भारतीय बाटोबाटै वाल्मीकि आश्रम जानुपर्ने बाध्यता कायमै रहेको छ, चितवन खण्डमा ट्र्याक खोल्ने काम नहुँदा यस्तो भएको हो',  उनले भने, 'अब ट्र्याक खोल्नेगरी बजेट सुनिश्चित भएको छ, चाँडै काम अघि बढ्छ ।'

 

ट्र्याक खोल्ने कामसँगै सुरक्षार्थ नेपाली सेनाको जाँच पोष्टसमेत निर्माण हुने जनाइएको छ । निकुञ्ज क्षेत्र पर्ने भएकाले पुलको छेउमा चेक पोष्ट निर्माण गरिने कार्यकारी निर्देशक भुसालले बताए । ट्र्याक खोलेपछि नेपालकै बाटो हुँदै सहज रूपमा वाल्मीकि आश्रम जान सकिने उनले जानकारी दिए । यसले वाल्मीकि आश्रमसहित त्रिवेणी धाम क्षेत्रमा समेत धार्मिक पर्यटकको आगमन बढ्ने कार्यकारी निर्देशक भुसालको भनाइ छ ।

 

वाल्मीकि आश्रम पुग्ने बाटो निर्माणसँगै यस क्षेत्रको विकासमा समेत काम गर्न आवश्यक रहेको उनले बताए । भूगोलले बाग्मती प्रदेशमा पर्ने र पहुँचले गण्डकी प्रदेशबाट सहज रहेको वाल्मीकि आश्रमको विकासमा बाग्मती प्रदेशले खासै चासो दिन सकेको छैन । जिल्लाको विनयी त्रिवेणी गाउँपालिकाले यसको संरक्षण गर्दै आएको छ ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

हटेन बेनी-जोमसोम सडक खण्डमा पहिरोको जोखिम

हटेन बेनी-जोमसोम सडक खण्डमा पहिरोको जोखिम

राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी-जोमसोम-कोरला सडक खण्डमा १० स्थानमा ठूल…

सिँचाइ सुविधापछि बाह्रैमास हरियाली

सिँचाइ सुविधापछि बाह्रैमास हरियाली

चितवनको भरतपुर महानगरपालिका- २९ मा भार्लाङ सिँचाइ योजना निर्माण सम्पन्न भएको छ । मह…

गोठाटार स्कुलमा कवितालेखन कार्यशाला

गोठाटार स्कुलमा कवितालेखन कार्यशाला

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा रहेको गोठाटार इंग्लिस सेकेन्डरी स्कुलले विद्…

कक्षा १० सम्मका विद्यार्थीलाई दिवा खाजा दिँदै काठमाडौं महानगर

कक्षा १० सम्मका विद्यार्थीलाई दिवा खाजा दिँदै काठमाडौं महानगर

काठमाडौं महानगरपालिकाले कक्षा ६ देखि १० सम्मकाविद्यार्थीलाई दिवा खाजाको व्यवस्था गर्ने…