Khabarpato logo

         

खेलकुद

एसियन गेम्समा पदक जित्ने बक्सरलाई १० लाख, ५ लाख र २ लाख

खबरदाता

खबरदाता

एसियन गेम्समा पदक जित्ने बक्सरलाई १० लाख, ५ लाख र  २ लाख

नेपाल बक्सिङ महासंघले आगामी १९औँ एसियन गेम्समा पदक जित्ने खेलाडीहरूलाई नगद प्रदान गर्ने निर्णय गरेको छ ।

बक्सिङ महासंघको आइतबारको बैठकले १९औँ एसियन गेम्समा स्वर्ण जित्ने खेलाडीलाई १० लाख रुपैयाँ दिने निर्णय गरेको हो ।

यस्तै, रजत जित्नेलाई ५ लाख र कास्य जित्नेलाई २ लाख रुपैयाँ प्रदान गर्ने महासंघको बैठकबाट सर्वसम्मत निर्णय भएको बक्सिङ महासंघले जनाएको छ ।

यसैगरी महासचिवको संयोकत्वमा सातै प्रदेश र विभिन्न जिल्लाहरूबाट माग गरी भदौ महिनाभित्रमा संघको क्यालेन्डर प्रकाशन गर्ने र वार्षिक तालिका प्रकाशन गर्ने निर्णय गरिएको जनाइएको छ । यसका लागि ५ सदस्यीय समिति गठन गर्नका लागि महासचिवलाई जिम्मेवारी दिने निर्णय भएको छ ।

नेपाल बक्सिङ महासंघको कोष वृद्धिका लागि महासंघका पदाधिकारीहरूबाट १५ हजार र सदस्यहरूबाट १० हजार रुपैयाँ सहयोग स्वरूप संकलन गर्ने सर्वसम्मतिबाट निर्णय गरिएको छ ।

मासिक रूपमा पदाधिकारीहरूबाट ५ हजार र सहस्यहरूबाट ३ हजार रुपैयाँ संकलन गर्ने निर्णय पनि भएको छ ।

महासंघको बेवसाइट, खेलाडीहरूको डाटा र दीर्घकालीन योजनाहरूलाई कार्यपत्र प्रस्तुत गरी अपडेट गर्ने कार्यका लागि महासंघका केन्द्रीय सचिव पुष्करराज पन्तलाई जिम्मेवारी दिने निर्णय गरेको छ ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

एसिया कप आजदेखि, कस-कसबीच हुनेछ खेल?

एसिया कप आजदेखि, कस-कसबीच हुनेछ खेल?

एसिया कपको १६औँ संस्करण आज (बुधबार)देखि सुरु हुँदै छ । पाकिस्तानको मुल्तानमा अपराह्…

Taplejung Gold Cup football tournament from Thursday

Taplejung Gold Cup football tournament from Thursday

The Taplejung Gold Cup Football Tournament is to begin from August 31 (Thursday…

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

घरेलु टोली पाकिस्तानले एसिया कप २०२३ को उद्घाटन खेलमा नेपालविरुद्ध खेल्ने पहिलो रोज…

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

म्यानचेस्टर सिटीका फरवार्ड एर्लिङ हालान्डले पीएफए वर्ष खेलाडीको अवार्ड प्राप्त गरेका छन् …