Khabarpato logo

         

शिक्षा

फिदिमको संस्थागत विद्यालयहरूलाई निर्देशन : शिक्षक, कर्मचारीलाई सामुदायिक सरह तलब-सुविधा दिनू

खबरदाता

खबरदाता

फिदिमको  संस्थागत विद्यालयहरूलाई निर्देशन : शिक्षक, कर्मचारीलाई सामुदायिक सरह तलब-सुविधा दिनू

पाँचथरको फिदिम नगरपालिकाले संस्थागत विद्यालयका शिक्षक तथा कर्मचारीलाई सामुदायिक विद्यालय सरहको सुविधा दिन निर्देशन दिएको छ ।

संस्थागत विद्यालयमा सामुदायिक विद्यालयमा भन्दा निकै कम तलब तथा अन्य सुविधा रहेको गुनासो सुनिएको भन्दै फिदिम नगरपालिकाले नगरको शिक्षा नियमावली, २०७४ को नियम १३ को उपनियम २ बमोजिम गर्न निर्देशन दिएको हो । 

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रवीनहाङ योङहाङका अनुसार उक्त उपनियममा फिदिम नगरपालिकाभित्र सञ्चालन हुने सबै संस्थागत विद्यालयले शिक्षक तथा कर्मचारीलाई तहअनुसार सामुदायिक विद्यालय सरह सुविधा दिनुपर्ने व्यवस्था छ । उक्त उपनियमले तलब स्केल, दसैँ  खर्च, बिदा, तालिम र ज्येष्ठता भत्ता सामुदायिक विद्यालयको सरह हुनुपर्ने व्यवस्था गरेको छ ।

यस्तै, सोही नियमावलीको नियम १३ को उपनियम ३ मा शिक्षक, कर्मचारीका लागि नियमित तलबबाट निश्चित प्रतिशत रकम छुट्याई सोही बराबर रकम थप गरी सञ्चयकोषको प्रबन्ध गर्नुपर्ने, उपनियम ५ मा शिक्षक तथा कर्मचारीका २ जनासम्म बालबच्चाको मासिक पढाइ शुल्क लिन नपाउने र उपनियम ८ मा बैङ्क खातामार्फत शिक्षक कर्मचारीलाई तलब भत्ता दिनुपर्ने व्यवस्था गरिएको छ । 

प्रमुख प्रशासकीय अधिकृत योङहाङले सबै संस्थागत विद्यालयलाई पत्र लेख्दै यसबारे भइरहेको प्रगतिको विवरण यथाशीघ्र नगरपालिकामा पठाउन निर्देशन दिएका हुन् ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

गोठाटार स्कुलमा कवितालेखन कार्यशाला

गोठाटार स्कुलमा कवितालेखन कार्यशाला

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा रहेको गोठाटार इंग्लिस सेकेन्डरी स्कुलले विद्…

कक्षा १० सम्मका विद्यार्थीलाई दिवा खाजा दिँदै काठमाडौं महानगर

कक्षा १० सम्मका विद्यार्थीलाई दिवा खाजा दिँदै काठमाडौं महानगर

काठमाडौं महानगरपालिकाले कक्षा ६ देखि १० सम्मकाविद्यार्थीलाई दिवा खाजाको व्यवस्था गर्ने…

School closed in Kagbeni after disaster triggers damages to property

School closed in Kagbeni after disaster triggers damages to property

Classes at Janashakti Secondary School at Kagbeni in Baragunj Muktichhetra Rura…

स्थानीय पाठ्यक्रम तयार पार्दै नाम्खा

स्थानीय पाठ्यक्रम तयार पार्दै नाम्खा

हुम्लाको उत्तरी क्षेत्रमा रहेको नाम्खा गाउँपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गर्नका लागि…